Monday, October 19, 2020
Home Exclusive नेताले नै तिरेनन् सेनाको विमान चार्टरको रकम, उल्टै मिनाहाको ताकेता

नेताले नै तिरेनन् सेनाको विमान चार्टरको रकम, उल्टै मिनाहाको ताकेता

काठमाडौं । नेपाली सेनाको विमान चार्टर गरेबापत राजनीतिक व्यक्ति र संस्थाले गरी सेनालाई तिर्नुपर्ने रकम विगत ३५ वर्षदेखि बाँकी रहेको पाइएको छ । सेनाको विमान उधारोमै भाडामा लिएर भाडाबापतको रकम नतिर्नेमा उच्च राजनीतिक व्यक्तिदेखि विभिन्न संस्थासम्म छन् । उच्च राजनीतिक व्यक्तिले प्राकृतिक प्रकोपका घटनाको भ्रमणमा पटक पटक विमान लगेका छन् भने संघ संस्थाले सामान ओसारपसारका लागि विमान प्रयोग गरेका छन् ।

सैनिक स्रोतका अनुसार राजनीतिक तहका व्यक्ति र संस्थाबाट गरी सेनाले चार्टर उडानबापतको १ करोड २७ लाख १ हजार रुपैयाँ उठाउन बाँकी छ । सेनाले ती व्यक्ति र संस्थाको नाम भने खुलाउन चाहँदैन ।

‘सबैभन्दा बढी त राजनीतिक व्यक्तिबाटै चार्टर उडानको रकम बक्यौता छ, केही संस्थाले समेत विमान चार्टर गरेबापतको रकम बाँकी राखेका छन्,’ सैनिक स्रोतले राजधानीसँग भन्यो ।

– ३५ वर्ष अघिदेखिको भाडा बक्यौता
– उल्टै मिनाहाको ताकेता

सेनाले हवाई उडान २०२२ सालदेखि सुरु गरेको हो । चार्टर उडान भने २०३४ देखि सुरु गरिएको जंगीअड्डा बताउँछ । सैनिक स्रोतका अनुसार विभिन्न व्यक्ति र निकायको चार्टर उडानबापतको २०४२/०४३ देखि २०७४ सम्म ५१ लाख ८३ हजार रुपैयाँ रकम बक्यौता छ । यो रकम विभिन्न १८ वटा निकाय र संस्थाको हो । यसैगरी, आर्थिक वर्ष २०७४/०७५ मा भएको भिभिआइपी उडानको मात्रै ७५ लाख १८ हजार रुपैयाँ भुक्तानी बाँकी छ ।

सेनाको विमान प्रयोगबारे निर्णय गर्ने अधिकार सेना आफैंसँग छ । सेनाले विभिन्न प्राथमिकता छुट्याएर विमान चार्टर गर्दै आएको छ । जसमा पहिलो प्राथमिकता उद्धारलाई मानिएको छ । उद्धारका लागि युद्धकार्य महानिर्देशनालयले नै विमान पठाउँदै आएको छ ।

यसैगरी, अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको भ्रमणका लागि प्रधान सेनापति कार्यालयले चार्टर विमानबारे निर्णय गर्छ । यस्तै अन्य कार्यअन्तर्गत खाद्यान्न ढुवानी, औषधि मतपेटिकालगायतको ढुवानीका लागि बलाधिकृतको कार्यालयले निर्णय गर्ने गर्छ ।

यसैगरी, विभिन्न विकास कार्यका लागि प्रधान सेनापति कार्यालयले नै चार्टर विमानबारे निर्णय दिन्छ भने बाँकी अन्य सबै प्रयोजनका लागि समेत प्रधान सेनापति कार्यालयले नै निर्णय गर्ने गर्छ ।

यसैगरी, वार्षिक रूपमा हुने आयव्यय, बक्यौता, छुटको निर्णय, विमान मर्मत तथा मर्मतका लागि आवश्यक पर्ने सामान खरिदको निर्णय रक्षामन्त्री नेतृत्वमा रहेको सैनिक विमान चार्टर उड्डयन कोषले गर्छ ।

यो पनि पढ्नुहोस   सांसद प्रभु साहले गरे दशैंको भत्ता फिर्ता

सो समितिमा प्रधानसेनापति सदस्य हुन्छन् भने अर्थ मन्त्रालय, गृह मन्त्रालय, महालेखा परीक्षकको कार्यालयका प्रतिनिधि र रक्षा सचिव सदस्य रहन्छन् । यसैगरी सो समितिमा सैनिक हवाई महानिर्देशनालयका प्रमुख सदस्य सचिव रहने व्यवस्था छ । सो समितिले चार्टर उडानको दररेटसमेत अद्यावधिक गर्ने गर्छ ।

समितिको हालैको निर्णयअनुसार स्काइ ट्रक चार्टर गर्दा प्रतिघण्टा २ लाख ८६ हजार ३ सय ७२ रुपैयाँ तिर्नुपर्छ । यस्तै एमआई १७ को चार्टर दर प्रतिघण्टा ७ लाख ४४ हजार २ सय ७९ रुपैयाँ छ । यो दर रेट १ साउनबाट लागू गरिएको हो ।

सेनाले विमान चार्टर गर्दा पहिले नै विमान चार्टरबापतको रकम डिपोजिट गर्नुपर्ने वा डिपोजिट गर्ने निकाय साक्षी बसेपछि मात्रै विमान चार्टर हुने बताउँछ । तर, यो नियम गृह मन्त्रालय र महिला बालबालिका मन्त्रालयका हकमा भने लागू हुँदैन । गृह मन्त्रालयले विभिन्न किसिमका विपद्को अवस्था तथा उद्धारका लगि सेनाको विमान प्रयोग गर्ने गरेको छ । सेनाले सम्बन्धित मन्त्रालयले गर्ने सिफारिसका आधारमा मन्त्रालयहरूलाई चार्टर विमान उपलब्ध गराउँछ ।

सैनिक हवाई निर्देशनालयका एक अधिकृतले उच्च राजनीतिक नेतृत्वबाट भएका चार्टर उडानको रकम धेरै समय देखि बाँकी रहेको जानकारी दिए ।

‘विभिन्न समयमा राजनीतिक व्यक्तिहरूबाट लगिएको चार्टर उडानको भाडा लामो समयदेखि बाँकी छ, भाडा तिर्न ताकेता नभएको पनि होइन, उल्टै मिनाहाको माग आउँछ,’ ती अधिकारी भन्छन् ।

उनका अनुसार चार्टर उडानको भाडाका लागि ताकेता गर्दा कतिपय व्यक्तिले छुट वा मिनाहाको कुरा उठाउने गरेका छन् । प्रायःजसो विपद्का समयमा गरिएको भ्रमण र विभिन्न संघ संस्थाले सामाजिक कार्यका लागि समान ओसारपसार गर्दाको बाँकी रकम छुट वा मिनाहा गर्न माग गर्ने गर्छन् ।

जंगीअड्डा भने चार्टर उडानबापतको रकममध्ये ५० प्रतिशत रकम राजस्वबाापत तिर्नुपर्ने र बाँकी ५० प्रतिशत कोषको खातामा रहने बताउँछ । कोषको खातामा रहेको ५० प्रतिशत रकमबाट समेत २५ प्रतिशत तालिम शीर्षकमा र ७५ प्रतिशत रकम स्पेयर्स पार्टस् खरिद तथा विमान मर्मतका लागि खर्च हुने बताउँछ । यी रकमसमेत समितिको निर्णयपछि मात्रै खर्च गर्न पाइन्छ ।

(Visited 163 times, 1 visits today)
Loading comments...

आजको समाचार

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

ए झ्याउरी एलिना !

विराटनगर । एलिना चौहान र रमेश बानियाको स्वरमा रहेको ‘ए झ्याउरी’ बोलको गीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक तथा संगीतकार...

काँग्रेसका सबै सांसदहरुले दशैँ भत्ता फिर्ता गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् । काँग्रेसको...

आईपीएल: नाटकीय खेलमा कोलकता र पञ्जाव विजयी

दुबई । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति सम्पन्न दुई खेलमा कोलकता र पञ्जावले नाटकीय जीत निकालेका छन् । कोलकताले सनराइजर हैदरावादविरुद्ध र पञ्जावले...

कोरोना बिमामा पाँच महिनामै ८७ करोडभन्दा बढी संकलन

काठमाडौं । कोरोना बिमा गर्नेहरूले पाँच महिनाको अवधिमा ८७ करोड रुपैयाँभन्दा बढी प्रिमियम रकम बुझाएका छन् । नेपालमा गत ७ वैशाखदेखि सुरु गरिएको कोरोना...

साताका लोकप्रिय समाचार

प्रम कार्यालयमा उपप्रधानमन्त्रीलाई सुनौलो अवसर !

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई अझै सशक्त र प्रभावकारी बनाउने उद्देश्यले नै उपप्रधानमन्त्री इश्वर पोखरेलाई प्रधानमन्त्री कार्यालयमा ल्याएका छन् । विकसित...

कोरोना बिमामा पाँच महिनामै ८७ करोडभन्दा बढी संकलन

काठमाडौं । कोरोना बिमा गर्नेहरूले पाँच महिनाको अवधिमा ८७ करोड रुपैयाँभन्दा बढी प्रिमियम रकम बुझाएका छन् । नेपालमा गत ७ वैशाखदेखि सुरु गरिएको कोरोना...

५१ व्यापारिक फर्मलाई कारबाही

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन महिनामा ५१ वटा व्यापारिक फर्मलाई कारबाही गरेको छ । विभागले ‘उपभोक्ता संरक्षण ऐन २०७५’ बमोजिम...

‘तिम्रो प्यारमा छु’

काठमाडौं । दर्जनौ चर्चित गीतहरुका गायक जगदीश समाल र नेपाल आइडल फेम्ड गायिका अस्मिता अधिकारीको युगल स्वरमा रहेको गीत ‘तिम्रो प्यारमा छु’ को म्युजिक...

घुस लिएको अभियोगमा वन उपभोक्ता समितिका अध्यक्ष पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ८० हजार घुस लिएको अभियोगमा सीताराम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरेको छ ।...

ट्रेन्डिङ

न्याय मर्न नदेऊ

सर्वोच्च अदालतले पत्नी हत्याको अभियोग प्रमाणित भएर सर्वस्वसहित जन्मकैदको सजाय बेहोरिरहेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई बाँकी सजाय छुट हुनेगरी फैसला गरेपछि त्यसको सर्वत्र...

सिन्धुपाल्चोकको ‘कर्णाली’ मा पिच रोड

सिन्धुपाल्चोक । कालोपत्रे सडक त धेरै टाढा,धुले सडकसम्म देख्न नपाएका जुगलबासीले अबको केही वर्षपछि सफा र फराकिलो मात्रै होइन कालोपत्रे सडकमा यात्रा गर्न पाउँने...

सातामा १४ अर्ब बढीको कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १४ अर्ब बढीको कारोबार भएको छ । वित्तीय प्रणालीमा पर्याप्त तरलता हुँदा यस साताको सेयर बजारमा...

यस्तो छ ल्याण्डमार्क होटलको दशै, तिहार प्याकेज

काठमाडौं । दशैं, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्षित गर्दै ल्याण्डमार्क होटलले ४ रात ५ दिनको ‘फेष्टिभ प्याकेज’ सार्वजनिक गरेको छ । प्याकेज अन्तर्गत ग्राहकहरुले...

कोरोना संक्रमितलाई स्नेह दिऊँ

कोरोना भाइरस संक्रमण बढ्दै जान थालेपछि नेपाली समाजमा संक्रमित, निको भएर घर फर्किएका र उनका परिवारलाई छिमेकीहरूबाट हेयपूर्ण व्यवहार हुने गरेको कुरा छ्याप्छ्याप्ती आइरहेका...

डायलासीस गराउने मृगाैलाका ६ जना बिरामीसहित थप १६ मा कोरोना संक्रमण

सप्तरी । गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा नियमित डायलाइसिस गराउँदै आएका ६ जना मृगाैलाका बिरामी  सहित सप्तरीमा सोमबार थप १६ जनामा कोरोना संक्रमण फेला...

काठमाडौं र भक्तपुरमा सशस्त्रका ३६ जना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा कार्यरत ३६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंको कीर्तिपुरस्थित नीलबाराही गणमा कार्यरत १६ र भक्तपुर दुवाकोटस्थित...

बन्दाबन्दीमा घर फर्कन नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात

खोटाङ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको समयमा घर फर्कनका लागि खोटाङका स्थानीय बासिन्दाले नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

भर्खरै

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

धेरै पढिएका

किशोरीलाई दुर्व्यवहार गर्नेले धम्कि दिएपछि कार्वाहीको माग गर्दै धर्ना

 
यो पनि पढ्नुहोस   काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित
सप्तरी, राजबिराज । आफनो सुमदायकी एक किशोरी माथि एक समुहले हातपात तथा दुव्यर्वहार गरेको भन्दै दोषीलाई कार्यवाही माग्दै शुक्रवार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना...

फुर फुर पुतलीमा सलोन र रियाशाको डान्स

काठमाडौं । कार्तिक ७ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘लक्ष्मी पूजा’को डान्सिङ नम्बरको गीत ‘फुर फुर पुतली’ सार्वजनिक भएको छ । माण्डवी त्रिपाठी...

आईपीएल : जीतसँगै मुम्बाइ शीर्ष स्थानमा

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बइ इन्डियन विजयी भयो । उसले कोलकता नाइटराइडरलाई ८ विकेटले पराजित गरेको हो ।...

थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 80 times, 1 visits today)