Friday, June 18, 2021
Home बिचार राजनीतिक नदीमा सङ्लो पानी

राजनीतिक नदीमा सङ्लो पानी

,

नेपालीलाई एउटै प्रश्नले पिरोलिरहेको छ: नेपाली राजनीतिक नदीमा कहिले सङ्लो पानी बग्ला ? नेपाली राजनीतिक नदीमा जसले सङ्लो पानी बगाउँछु भनेर विगतमा लागे, अझै पनि लागिरहेका छन्, तिनीहरूले नै यो राजनीतिक नदीलाई फोहोर बनाइरहेका छन् । फोहोर नदीलाई सफा बनाउँछु भन्ने राजनीतिक पार्टीहरूले भएको नदीलाई अझ धेरै प्रतिशतले फोहोर बनाउनु यो ज्यादै विडम्बनापूर्ण र निन्दनीय छ । बरु नदीलाई केही सफा गर्छु भनी केही प्रतिशत सफा गर्नु भनेको आफ्नो इमानदारिता हो । तर, यहाँ सुशासनको नाममा कुशासन भएको छ । विकासका नाममा विनाश भएको छ । समाजवादको नाममा दलाल पुँजीवाद भएको छ । न्याय र समानाताको नाममा अन्याय र असमानता बढेको छ । त्यति मात्र होइन, लोकतन्त्रको नाममा अलोकतान्त्रिक क्रियाकलापको बढोत्तरी भएको छ । राष्ट्रवादको नाममा अराष्ट्रवाद भएको छ अर्थात् अराष्ट्रवादी तŒवहरूको हालीमुहाली भएको छ ।

राजनीति देशको सम्पूर्ण क्षेत्रको टाउको हो । सबै नीतिहरूमा उत्कृष्ट नीति नै राजनीति हो । समग्र समाजको हितका लागि काम गर्न सक्ने मूल विद्या राजनीति नै हो । राजनीति र समाज एक अर्काका परिपूरक हुन् । त्यति मात्र होइन, राजनीतिबाहेक अरू कुनै विद्याबाट पनि समाजको सम्पूर्ण परिवर्तन सम्भव छैन । पटकपटकको राजनीतिक खिचातानी, कोलाहल र अराजकताले यतिबेला समाजका रङहरू खुइलिँदै गएका छन् । के हाम्रो राजनीतिले सामाजिक मान्यता र गरिमा भत्कदै गएका छन् ? हाम्रो सामाजिक मनोविज्ञानलाई किन राजनीतिले ठीक ढंगले चिन्न सकेन ?

राजनीति एउटा कला हो । यति मात्रै होइन, यो एउटा विज्ञान पनि हो । राजनीति भनेको एउटा त्याग हो, व्यवसाय होइन । तर, अहिले राजनीति त्याग नभएर एउटा ठूलो व्यवसाय बनेको छ । हाम्रो सामाजिक मनोविज्ञान के छ भने राजनीति भनेको फोहोरी खेल हो । अर्थात् यो एउटा गरिब, निमुखा, पहँुचविहीन र सामथ्र्यविहीन माथि शोषण दमन गरेर आफ्नो दुनो सोभ्mयाउने खेल हो । राजनीति जहिल्यै पनि सिद्धान्तमा आधारित हुनुपर्छ । सिद्धान्तलाई व्यवहारमा लागू गर्न विधि, प्रक्रिया र पद्धतिको इमानदारपूर्वक अनुशरण गर्नुपर्छ । तर, नेपाली राजनीतिमा यसको अभाव छ ।

सैद्धान्तिक हिसाबले हेर्ने हो भने कम्युनिस्टले संसदीय शासन सत्ता चलाउने कुरा बिल्कुलै गलत हो

मुलुकमा कुनै पनि राजनीतिक परिवर्तन पछि जनताले समृद्धि र स्थिरता चाहना राख्ने गरेका छन् । राजनीतिक परिवर्तनपछि भएको आमनिर्वाचनबाट जनताले स्थिर सरकार गठनका लागि अभिमत प्रकट गर्दै आएका छन् । २०४७ सालको राजनीतिक परिवर्तन पछि जनचाहनाअनुसार आर्थिक विकास र समृद्धि त भएन नै, उल्टै सत्तारूढ दलभित्रको कलहले कुनै पनि सरकार पाँच वर्षसम्म टिक्न सकेनन् । दलीय विवादले पटकपटक आन्दोलनमार्फत भएका राजनीतिक परिवर्तनका उपलब्धि संस्थागत हुन नसक्दा मुलुक अस्थिरताको भुमरीमा प-यो । अस्थिरताको जग बनेको भन्दै राजतन्त्र फ्याँकिए पनि संविधानसभाले नयाँ संविधान जारी ग-यो । सरकार गठन र विधानबाट वाक्क बनेका जनताले नयाँ संविधानसँग फेरि स्थिर सरकारको चाहाना राखे । २०७४ सालमा भएको निर्वाचनबाट तत्कालीन एमाले र माओवादी (केन्द्र) बनी मिलेको नेकपालाई दुई तिहाइ बहुमत मिल्यो । संघीय सरकारमा मात्रै होइन सातवटा प्रदेशमध्ये पनि ६ वटा प्रदेशमा उनीहरूकै सरकार बन्यो । अझ स्थानीय सरकार त अधिकांश उनीहरूकै पकडमा ब-यो । तैपनि उनीहरूले शोषित, पीडित, किसान, मजदुरको पक्षमा काम गर्न सकेनन् । कारण थियो, यिनीहरूको चरित्र कम्युनिस्ट थिएन । यिनीहरू कम्युनिस्ट ब्रान्डमा चरम संसदीय अभ्यासलाई मजबुत बनाउने खेलमा उद्धत भए ।

सैद्धान्तिक हिसाबबाट हेर्ने हो भने कम्युनिस्टले संसदीय अभ्यासबाट शासनसत्ता चलाउने कुरा बिल्कुलै गलत हो । आफूलाई कम्युनिस्ट भन्नु अनि शासकीय प्रणाली फोहोरी संसदीय अभ्यासको नीति अपनाउनु झुट, बेइमान, ठगको खेती अपनाउनुजस्तै हो । आज शासनसत्तामा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रूपमा कम्युनिस्ट भए पनि सारमा दलाल संसदीय पार्टी हो । हिजो लामो समयसम्म संसदीय अंक गणितीय फोहोरी राजनीतिको निष्कर्ष निकाली माओवादीले प्रचण्ड नेतृत्वको जनयुद्ध सुरु ग¥यो । जनयुद्धको लक्ष्य थियो साम्राज्यवादलाई ध्वस्त पारी नयाँ जनवादी क्रान्ति पूरा गर्ने र त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहारा अधिनायकत्वअन्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा सांस्कृतिक क्रान्तिहरू चलाउँदै मानवजातिकै स्वर्णिम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्य थियो । तर, प्रचण्डले जितको नजिक पुग्न लागेको क्रान्तिलाई धोका दिई दलाल पुँजीवादी संसदीय व्यवस्थालाई मजबुत बनाई सत्तामा जाने र त्यसको स्वाद लिने योजना बनाए । तदअनुरूप उनी संसदीय प्रणालीको यात्रामा अघि बढे ।

मुलुकमा लोकतन्त्रको स्थापनापछि नवधनाढ्य वर्गको जन्म भएको छ । राज्य कमजोर भएको मौका छोपी यिनै वर्गले तस्करी र कालोबजारीमार्फत करोडौं कमाएका छन् । स्वंय जनयुद्ध गरेका कान्तिकारी नेतासमेत नाटकीय ढंगले काठमाडौंका सुविधासम्पन्न महल कब्जा गर्न थाले, करोडौं पर्ने चिल्ला गाडीमा सवार गर्ने भए । परन्तु जे कारणले जनयुद्ध भएको थियो वा जनआन्दोलन उठेको थियो, ती मुद्दा सडकमा छरपस्ट छन् । धनी र गरिबबीचको खाडल घट्नुको सट्टा झन्झन् बढ्दै गएको छ । लोकतन्त्रले सबै स्वतन्त्रताको चाङ लगाए पनि जनताको खाली पेट सधैंभर सुतिरहन सक्दैन । त्यसैले राजनीतिक परिवर्तनको छलाङ जति नै आकर्षित भए पनि तथा जनताको जीवनस्तर सुधार्ने माध्यमा हुन सकेन भने त्यसको खासै अर्थ र महŒव रहन सक्दैन ।

शक्तिशाली कम्युनिस्ट सरकारले सुशासनको डम्फु बजाएको झन्डै अढाइ वर्ष हुन लागेको छ । यद्यपि, सुशासन संकट झन् बढ्दो रूपमा छ । मुलुक अहिले भ्रष्टाचारबाट आक्रान्त छ । भ्रष्टाचार कहाँ छ भनेर खोज्नुभन्दा पनि भ्रष्टाचार कहाँ छैन भनेर खोज्नुपर्ने स्थिति छ । जहाँ हे¥यो, त्यही भ्रष्टाचारको जालो बुनिरहेको देखिन्छ । विश्वभरका राज्य संयन्त्र र विशेषगरी राजनीतिक नेतृत्व अहिले महामारीको संकट समाधानका लागि प्रयत्नशील छन् । भ्रष्टाचारको मुखै नहेर्ने दाबी गर्ने केपी शर्मा ओली नेतृत्वको सरकार अहिले भ्रष्टाचारको क्वारेन्टाइनमा फसेको छ । कोभिड–१९ लाई नियन्त्रण गर्ने देशको अनुभवलाई हेर्दा त्यहाँ सरकार अग्रपंक्तिमै आएर काम सम्पन्न गरेकै देखिन्छ । सरकारका सबै निकाय प्रधानमन्त्री, मन्त्रीहरू, सांसद, कर्मचारी, प्रहरी, सेना सबै क्रियाशील छन् । तर, हाम्रो सरकार महामारीमा उल्टो भयो, लकडाउन (बन्दाबन्दी)का बेला अनियमितता, भ्रष्टाचार पो मौलाएको देखियो ।

कोभिड–१९ ले दिन प्रतिदिन जनजीवन थप भयावह बनाउँदै लगेको छ । महँगीले बजार भाउ अकासिएको छ । रोजगारीका अवसरहरू क्रमशः खुम्चदै गएका छन् । कोरोना भाइरसको संक्रमणबाट संक्रमित सर्वसाधारण मानिस उपचार नपाएर छट्पटिदै मरिरहेका छन् । करिब ८० लाख बालबालिका झन्डै ६ महिनादेखि घरमै छन् । शैक्षिक सत्र खारेजी हुनेदिशा तर्फ जाँदै छ । त्यस्तो अवस्थामा पनि सरकार भ्रष्टाचारमा लिप्त छ । अनियमितता विगतमा भन्दा धेरै देखिएको छ । वर्तमान सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समेत सुशासनसहितको समाजवाद उन्मुख निर्दिष्ट गरे पनि व्यवहारमा भ्रष्टाचार उन्मुख अधिनायकवादतर्फको यात्रामा अघि बढेको छ । उसका कतिपय क्रियाकलापले यसको पुष्टि गरिसकेका छन् । कुकरको पुच्छर १२ वर्षसम्म ढुंगामा राख्दा पनि बांगाबांगै हुन्छ भन्ने उखान सत्तामा रहेर जनमतविपरीतका काम गर्ने नेतासँग मिल्न गएको छ । नेपाली जनताले कहिले राजीतिको नदीमा सङ्लो पानी बगेका देख्न पाउलान् यसै भन्न नसकिने अवस्थामा छ ।

(Visited 158 times, 1 visits today)
Loading comments...

आजको समाचार

आरआरआरमा आलियाले पाइन् अहिलेसम्मकै धेरै पारिश्रमिक

  मुम्बई । ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ आम दर्शकका लागि चासोको विषय बनेको छ । कोरोना संक्रमणले फिल्मको सुटिङमै अवरोध भएपछि फिल्म कहिले...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

साताका लोकप्रिय समाचार

निषेधाज्ञा खुकुलो भएसँगै बैंकहरूको कोटा प्रणाली हट्यो

काठमाडौं । मंगलबारदेखि लागू हुनेगरी काठमाडांै उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आगामी ७ असारसम्म जारी निषेधाज्ञा केही खुकुलो बनाएसँगै बैंकहरूको कोटा प्रणाली पनि हटेको...

अस्वभाविक सेयर मूल्य बढाउने ५१ कम्पनीलाई कार्वाही ! (सूचीसहित)

  काठमाडाैं ।  सेयर बजारमा ‘कर्नरिङ’ हुने गरेको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पुष्टि गरेको छ । बोर्डले गरेको अध्ययनले ५१ वटा कम्पनीको सेयरमा कर्नरिङ...

राष्ट्रिय आवश्यकताको पहिचान

विपन्न मात्र होइन, समृद्धशाली राष्ट्रका पनि आफ्नै समस्या हुन्छन् । विश्वमा त्यस्तो कुनै मुलुक छैन जो समस्यामुक्त छ । हाम्रोजस्तो अल्पविकसित मुलुकमा यत्रतत्र सर्वत्र...

मेलम्ची नदीमा भिषण बाढी : कम्तीमा ५ जना बेपत्ता,स्थानीयकाे भागदौड

  मेलम्ची । अबिरल वर्षासँगै मेलम्ची नदीमा भिषण बाढी आएको छ । बाढीले नदी किनार आसपासमा रहेका घरहरु बगाएका छन् भने बाढीले कम्तीमा पनि ५...

बजारमा नयनराज पाण्डेको ‘जियरा’

  काठमाडौं । लोकप्रिय लेखक नयनराज पाण्डेको नवीनतम कृति ‘जियरा’ सोमबारबाट बजारमा आएको छ । गत चैतमै पुस्तक बजारमा पठाउने तयारी गरिए पनि कोभिड सङ्क्रमितको...

ट्रेन्डिङ

मनाङको जंगलमा लागेको आगो २ महिनापछि नियन्त्रण

लमजुङ । हिमाल पारीको जिल्ला मनाङको जंगलमा लागेको आगो करिब २ महिनापछि नियन्त्रणमा आएको छ । नासों गाउँपालिका ८ ताचैं गाउँनजिकैको जंगलमा लागेको आगो...

राजभण्डारीको सहयोगमा पीडितलाई राहत

काठमाडौं । एसियाली खेलकुदको तेक्वान्दोका कीर्तिमानी रजत विजेता सविता राजभण्डारीको सहयोगमा कोरोना भाइरस (कोभिड–१९)का कारण मारमा परेका दैनिक ज्यालादारी गर्ने मजदुरलगायत पीडित परिवारलाई मंगलबार...

बार्सिलोना, चेल्सी र युभेन्टस विजयी

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबल गएराति सम्पन्न खेलमा स्पेनिस क्लब बार्सिलोना, इग्लिस क्लब चेल्सी र इटालियन क्लब युभेन्टस विजयी भएका छन् । समुह इ...

लकडाउनमा आलु प्याजको कालोबजारी गर्ने पक्राउ

जनकपुरधाम । ‘लक डाउन’को मौकाछोपी आलु र प्याजको कालोबजारी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम वडा नम्बर ४...

गाडीकाे पास छ भन्दैमा काठमाण्डाै नआउनुहाेला, नागढुंगाबाट फर्किनु पर्छ

काठमाडाै‌ । सवारी पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ ? या त अब सवारी पास बनाइएर उपत्यका जान्छु भन्ने...

तर्क वितर्क नगरौँ, चुुनावमा जाऔँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र निर्वाचनका विषयमा अनेक तर्क वितर्कमा लाग्नुुभन्दा चुुनावको तयारीमा जुुट्न सम्पूूर्ण राजनीतिक दललाई आह्वान गरेका छन्...

बाह्बिसे क्षेत्रमा तत्काल उद्धार गर्न देउवाको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रेबिसेमा उद्धार टोली खटाउन सरकारलाई आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सिन्धुपाल्चोकको बाह्रबिसे...

‘यहि जिल्लाबाट छानिएका सांसद अयोध्यापुरीमा राम मन्दिर बनाउछु भनेर किन भन्न सक्दैनन ?’

चितवन । नेपाल कम्युनिष्ट पाटी नेकपा ओली समुहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले  राष्ट्रियता र सीमा विवादबारे हिम्मतका साथ बोल्दा आफूलाई आफ्नै पार्टीबाट...

बराबरीले बार्सिलोनालाई धक्का

मड्रिड । सेभिल्लासँग निराशाजनक बराबरीमा रोकिएपछि शीर्षस्थानमा रहेको बार्सिलोनालाई स्पेनिस ला लिगाको उपाधि यात्रामा धक्का लागेको छ । क्याटलान क्लब बार्सिलोना सेभियासँग गोलरहित बराबरीमा...

पाकिस्तानमा हिन्दू मन्दिर हस्तान्तरण गरियो

बलुचिस्तान । पाकिस्तानको बलुचिस्तानको जोब जिल्लामा निकै समय अघिदेखि बन्द रहेको मन्दिर हिन्दू समुदायलाई हस्तान्तरण गरिएको छ । जोबको जिल्ला...

कोरोनाविरुद्ध गेयाको सहयोग

लन्डन । स्पेन तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइेटडका गोलरक्षक डेभिड डी गेयाले कोरोना भाइरसविरुद्ध लड्नका लागि ३ लाख युरो सहयोग गरेका छन् । स्पेनमा...

बोक्सीको आरोपमा बुहारीमाथि बञ्चरो प्रहार

रुपन्देही । कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि पौडेलले बिहीबार ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)