लकडाउनमा नाका सुनसान : तस्करीको सामान धमाधम बरामद हुँदै

बारा । कोभिड १९ ले गर्दा देशको भारतसँग जोडिएका सम्पुर्ण नाकाहरु पुर्ण रुपमा बन्द गरिएको छ । दुई देशमा आवतजावत पुर्ण रुपमा बन्द भएपछि सिमा नाकाहरु पुर्ण रुपमा सुनसान देखिएको छ ।

नाकाहरु सिल भएपनि तस्करहरु तस्करी कार्य गरिरहेको भेटिएको छ । विगत एक महिनामा जिल्लाका विभिन्न नाकाबाट लाखौ रुपैयाँको किराना समान, मोटरसाइकलको पार्टसदेखि नक्कली रुपैयाँ समेतको तस्करी हुने गरेको प्रहरीको तथ्याङ्कले देखाउछ । जिल्लामा लगाइएको लकडाउनमा लताकपडा, कस्मेटिक समान, केराउदेखि लागुऔषध गाँजा समेत तस्करी हुने गरेको छ ।

खुल्ला बोर्डर भएको कारणले गर्दा नियन्त्रणमा कठिनाई भएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित बताउँछन् । सुरक्षाको निम्ति नेपाल प्रहरीदेखि सशस्त्र प्रहरी रातदिन चोरी पैठारी नियन्त्रण गर्न नाकाहरुमा सक्रिय रुपमा लगेको बताए ।

बेला बखतमा आफु स्वयम् आफनै नेतृत्वमा नाकाको अनुगमन गरि मालसमान नियन्त्रणमा लिएको उनले बताए । खुल्ला बोर्डर भएको कारणले खेतमा काम गर्न आउने जाने बाहानमा पनि तस्करी गरेको पाइएको प्रमुख जिल्ला अधिकारी पण्डित बताउँछन् ।

प्रहरीले भदौ ६ गते महागढीमाई नगरपालिका वडा नम्बर–७ बेनौलीस्थित सडकबाट स्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद गरेको छ । प्रहरीले झोलाबाट नेपाली १ हजार दरको ७ सय ६२ थान र ५ सय दरको १ हजार ६ सय ७६ थान गरी जम्मा नेपाली रूपैयाँ १६ लाख फेला पारेको थियो ।

भदौ ९ गते बारा प्रहरीले अबैध लागुऔषध साँढे चार केजी गाँजासहित २ जनालाई जीतपुरसिमरा उपमहानगरपालिका–८ का ६० वर्षीय सत्यनारायण राम र सोही नगरपालिका–ं.१० का ४४ वर्षका राजनाथ दासलाई पक्राउ गरेको छ ।

फेटा गाउँपालिका वडा नम्वर १ रजवटिया चौकबाट ना ६ त ४८१८ नं.को ट्रेक्टरमा ११ क्विन्टल केराउ भारत लैजाने क्रममा ट्रेक्टर सहित नियन्त्रणमा लिएको हो । साथै विभिन्न मितिमा २५ किलो चाँदी लताकपडा, १६ वटा चौपाया पक्राउ गरिएको छ ।

नाकाहरुमा आफनो मातहतको युनिटहरुलाई कडा निर्देशन दिएको प्रहरी उपरिक्षक कृष्ण पंगेनी दाबी गछर्न । कडाई गर्न साथ दुई देशका नागरिकबाट झडप हुने अवस्था पनि सृजना भएको गुनासो गर्छन । भारतका केहि व्यतिmको नेपालमा र नेपालका केहि व्यतिmेका भारतमा पर्ने गरी खेतवारी भएकोले हेर्न जाउ भनि रोक्दा पनि विवाद सृजना हुने गरेको छ । कतिपय त यस्तैको आड लिएर तस्करी गर्ने गरेको अनुमान समेत लगाएको उनी बताउँछन् ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले नाकामा कडाई गरेपनि तस्करहरुले निर्वाध रुपमा गर्दै आएको तस्करीले शान्ति सुरक्षा व्यवस्थामा प्रश्न चिन्ह खडा नागरिक अगुवाहरुको तर्क रहेको छ । भारतबाट कोचर्वा, सिम्रौनगढ, बेल्दारी, कवहिगोठ, मटिअर्वा, विश्रामपुर गाउपालिका बाट नेपाल प्रवेश गर्ने नाकाहरु रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान