विगतमा कमजोरी भएका भए सच्याएर अघि बढन सकिन्छ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणको काम काम थप प्रभवकारी बनाउने विषयमा विभिन्न संस्थाका प्रतिनिधिसँग छलफल गरेका छन् । मन्त्री ढकालले शुक्रबार मन्त्रालयमै चिकित्सक संघ, नेपाल स्काउट, उच्च माध्यामिक विद्ययालय संघ (हिसान), नर्सिङ एसोसियसन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, स्वास्थ्य प्राविधिक संघ, स्वास्थ्य प्रयोगशालाकर्मी संघ लगायतका संस्थाका प्रतनिधिसँग संवाद गरे ।

छलफलमा स्वास्थ्यमन्त्री ढकालले कोरोना संक्रमण नियन्त्रण अभियान प्रभावकारी बनाउन सकैको साथ आवश्यक रहेको बताए । उनले विभिन्न संस्थाका प्रतिनिधिहरुबाट महत्वपूर्ण सुझावहरु प्राप्त भएको भन्दै यसले कोरोना महामारीको चुनौति सामाना गर्न थप सहज हुने धारणा राखे ।

काम गर्नेक्रममा बिगतमा कमजोरीहरु भएका भए पनि त्यसलाई सुधार गरेर अघि बढ्न सकिने बताए । ‘कतिपय अवस्था बनिसकेको कार्यबिधि वा निर्देशिकाहरुमा पनि त्रुटी रहेको छ भने त्यस्तो विषय सच्चाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय तयार रहेको छ ।’ मन्त्री ढकालले भने ।

चिकित्स, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैको मनोबल उच्च बनाउनका लागि आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने उनको भनाई थियो । स्वास्थ्यकर्मीले पाउने भत्ता सुविधाका विषय केही गुनासोका आवाजहरु सुनिएको भन्दै सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र बीमामा विभेद नगर्ने जानकारी दिए ।

मन्त्रिपरिषद्ले जोखिमको अवस्था हेरी एक सय प्रतिशत, पचहत्तर प्रतिशत र पचास प्रतिशत भत्ता र २५ लाख रुपैयाँको बीमाको व्यवस्था गरिसकेको बताउँदै असार सकिएका कारण नयाँ आर्थिक वर्षमा पहिल्यको जस्तो व्यवस्था हुँदैन कि भनेर चिन्ता नगर्न अनुरोध गरे ।

छलफलमा चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले चिकित्सक र स्वास्थ्यकर्मीको मनस्थिति कमजोर भयो भने महामारीविरुद्धको लडाइँ कठिन हुने बताए । उनले स्वास्थ्यकर्मी र चिकित्सकको मनोबल उच्च बनाउनका लागि गर्नुपर्ने कुनै पनि काममा कन्जुस्याइँ गर्न नहुने धारणा राखे ।

अध्यक्ष कार्कीले कोभिड १९ पोजेटिभ भएर आइशोलेसनामा रहेका चिकित्सक स्वास्थ्यकर्मीको स्वास्थ्यको विषयमा मन्त्रालयको उच्च नेतृत्वले चासो लिइदिनुपर्ने बताए । कार्कीले ग्रोसरी सपहरु दिनभर खोल्नुपर्ने बताउँदै परिस्थिति थप जडिल बने चिकित्सक संघले सरकारका लागि स्वयंसेवक उपलब्ध गराउनका लागि काम गरिरहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडाैंमा यसरी हुँदैछ मतदान स्थल तयारी (फाेटाेफिचर)