काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ९ अर्ब बढीको कारोबार भएको छ । अघिल्लो साताको तुलनामा कारोबार रकममा उल्लेख्य सुधार आएको हो । नेप्से सूचक साताभर ४७ दशमलव ७ अंकले बढेको छ ।
यस साता १सय९३ कम्पनीको ९ अर्ब ७४ करोड ३ लाख ६० हजार ९ सय ६४ रुपैयाँबराबरको २ करोड २२ लाख १३ हजार १सय४६ कित्ता सेयर कारोबार भएको छ । गत साता१सय९३ कम्पनीको ४ अर्ब ९४ करोड २६ लाख ३५ हजार रुपैयाँबराबरका १ करोड ५७ लाख ६६ हजार २ सय ५७ कित्ता सेयर खरिदबिक्री भएका थिए ।
निषेधाज्ञाबीच समेत सञ्चालनमा रहेको सेयर बजारमा सकारात्मक संकेत देखापरेका छन् । साताको पाँच दिन कारोबार खुला रहँदा साताको चार दिन बजार बढेको हो । यस साता कारोबार रकममा सोत गत साताको तुलनाका उल्लेख्य वृद्धि भएको छ ।
अहिले बैंकिङ प्रणालीमा सहज तरलताको अवस्था हुँदा ब्याजदर पनि क्रमशः घट्दो क्रममा रहेको छ । यसले सेयर बजारलाई सुस्त हिसाबले भए पनि माथि लैजान सहयोग गरेको लगानीकर्ता बताउँछन् । सूचीकृत कम्पनीको चौथो त्रैमासको वित्तीय विवरण आइसकेको अवस्था छ । कोरोना संक्रमणबीच औसतमा नाफा घटे पनि यसलाई लगानीकर्ताले सहज रूपमा लिएका छन् ।
सेयर बजारले करिब चार वर्षसम्म वियरिस प्रवृत्तिमा रहेको नेप्से समय चक्रका हिसाबले पनि माथि जाने बेला हो । तर,यसबीचमा उत्पन्न कोरोनाको विषम परिस्थितिले बजारलाई केही अलमलमा पारेको भए पनि समग्रमा बजारले यस साता सकारात्मक गति लिएको लगानीकर्ताको बुझाइ छ ।
नेप्से सूचक आइतबार १२ दशमलव ७७ अंकले बढेर १ हजार ४ सय १० दशमलव ३४ बिन्दुमा पुगेको थियो । त्यस्तै, सोमबार २१ दशमलव ११ अंकले, मंगलबार ९ दशमलव ३४ अंकले र साताको चौथो दिन बुधबार २१ दशमलव १० अंकले बढेर १ हजार ४ सय ६२ दशमलव ०३ बिन्दुमा पुगेको थियो । भने साताको अन्तिम दिन बिहीबार ४ अंकले घटेर १ हजार ४ सय ५८ दशमलव ०४ बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका मध्ये १० वटा उपसमूह बढेका छन् भने दुईवटा उपसमूह घटेका छन् । सबैभन्दा बढी जीवन बिमा समूह बढेको छ । यो ३ सय ७ दशमलव ६७ अंकले बढेको हो । त्यस्तै,निर्जीवन बिमा २ सय ३२ दशमलव ३१ अंकले, लघुवित्त ९३ दशमलव ४५ अंकले, अन्य ४७ दशमलव ७३ अंकले, उत्पादन तथा प्रशोधन १ सय ६ दशमलव १७ अंकले, बैंकिङ ३६ दशमलव ८७ अंकले, विकास बैंक २३ दशमलव ०८ अंकले, जलविद्युत् २० दशमलव ३५ अंकले, वित्त समूह २ दशमलव ९० अंकले बढ्दा म्युचुअल फन्ड शून्य दशमलव १० अंकले बढेको छ । भने व्यापार ४ दशमलव ७७ अंकले र होटेल ९ दशमलव ३८ अंकले घटेका छन् ।
यस साता तीनवटा कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको छ । भने सबैभन्दा बढी कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको १ अर्ब १५ करोड बढीको कारोबार भएको छ । त्यस्तै,नेको इन्स्योरेन्स कम्पनीको ६३ करोड बढीको सेयर कारोबार भएको छ
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक गत साताको तुलनामा ७दशमलव ५५ अंकले बढेर २ सय ९७ दशमलव १० अंकमा आइपुगेको छ ।