जसको क्यामरामा देश कैद छ

भक्तपुर । घुमन्ते फोटो पत्रकार भरतबन्धु थापा क्यामरासँग पौठेजोरी गरिरहन मन पराउनेमध्ये हुन् । लकडाउन वा कोरोना संक्रमण नभइदिएको भए अहिले उनलाई भक्तपुरको घरमा भेट्न मुश्किलै हुन्थ्यो । प्रकृतिको आकृति क्यामरामा कैद गर्न हरपल लालायित भरतले चारवटा त किताबै निकालिसकेका छन् । पूरै देश नै क्यामेरामा कैद गर्न डुल्ने उनै भरत कुनै समय भक्तपुर बासु उच्चमाविमा गणित शिक्षक थिए ।

‘हरेक कुनाकाप्चा पुग्दा देश छाम्ने मौका पाएको छु,’ उनी भन्छन्, ‘जहाँ–जहाँ पुगें, त्यहाँ आफन्त कमाएँ ।’ आँखाका दुई नानी र जीवनरानीसँग हर क्षण रमाइरहेका फोटा सामाजिक सञ्जालमा ‘पोस्ट’ गरिरहने भरत पूर्वी कुना ताप्लेजुङदेखि पश्चिम खप्तड, बडिमालिकासम्म पुगिसके । अति दुर्गम माथिल्लो डोल्पोदेखि तराईको लुम्बिनी र रामजानकी उनको क्यामरामा कैद छन् ।

नेपाली जनजीवन, प्राकृतिक सुन्दरता, सम्भावना अनि वास्तविक चित्र भरतले क्यामेरामा कैद गरेका छन् । राराको निर्मल गहिराईसँग मात्र होइन, कञ्चनपुरको झोलुंगेपुलमा घन्टौं झुले उनले । कालापत्थरको मोहिनी दृश्यसँग उनले पटकपटक लुकामारी खेलेका छन् ।


भरत त्यस्ता फोटोपत्रकारमध्ये हुन्, जसले आफूले मात्र देश दर्शन गरेनन्, त्यहाँ पुग्न असमर्थ हुनेका लागि दृष्टि नै बनेका छन् । जहाँजहाँ पुगे, फोटा खिचे । अनि, त्यसलाई पुस्तकको आकार दिएका छन् । तस्बिरप्रतिको लगावकै कारण ७७ मध्ये ७२ जिल्ला डुलिसके । ती जिल्ला टेकेनन्मात्र, त्यहाँको जीवन, कला, संस्कृति, इतिहास, दृश्य, प्राकृतिक सुन्दरता, वाइल्डलाइफ लेन्समार्फत क्यामरामा सजाए । डुलुवा भरत अहिले पश्चिम नेपाल चिनाउने अभियानमा सक्रिय छन् ।

पहिलो पुस्तक ‘वाइल्ड वेस्ट नेपाल’ सन् २०१३ मा प्रकाशन गरेका थिए, उनले । जसमा तत्कालीन सुदूर र मध्यपश्चिमका क्षेत्रको जीवन, जगत, संस्कार, संस्कृति र प्रकृति कैद छन् ।

‘वाइल्ड वेस्ट नेपाल’मा उनले शैपाल, अपी, कञ्चनजंघा हिमाल, दूधकुण्डली, गुरिल्ला ट्रेल, यार्सागुम्बा टे«ल, डोल्पो, हुम्ला, खप्तड, शुक्लाफाँटा, दैलेखको अखण्ड ज्वाला, रारा, स्वर्गद्वारीलगायतका तस्बिर छन् । ‘देश डुल्नेक्रममा धेरै भोगें, त्यसलाई संग्रहित नगरी मनले मानेन,’ भरत सुनाउँछन्, ‘पहिलो पुस्तक प्रकाशनपछि सबै साथीभाइको माया र सद्भाव पाएँ । त्यसैले पनि अर्को पुस्तक निकाल्ने प्रेरणा पाएँ ।’

देश दर्शनक्रममा भरत कैयौंपटक बर्दिया पुगे । जहाँ उनले विडम्बना देखे । बर्दिया राष्ट्रिय निकुञ्जको वाइल्डलाइफ अवलोकन गर्न ३० वर्षदेखि विदेशी पर्यटक आइरहे पनि पर्यटकीय नक्सा बनेको रहेनछ । उनकै सक्रियतामा बर्दियाको पर्यटकीय नक्सा तयार भयो । ‘नक्सासँगै मैले मध्यपश्चिमका १५ जिल्लाकै मुख्य पर्यटकीय गन्तव्य’bout परिचय पनि लेखें,’ भरत उत्साहित देखिए, ‘अहिले त्यही नक्साकै कारण त्यस क्षेत्र जाने पर्यटकलाई सहज भएको छ ।’

त्यसो त, भरतको जन्म दैलेखमा भएको हो । दुर्गम क्षेत्रमा तस्बिर खिचाउनु नै ठूलो हुन्थ्यो । क्यामेरा समाउने त फोटो स्टुडियोकर्ताकै लागि सहज थियो । सानैदेखि तस्बिरप्रति मोहित उनलाई पिता प्रेमबहादुर थापा सरकारी जागिरे भएकाले सहज पनि भयो ।

‘बुबालाई मेरो तस्बिरप्रतिको रुचि भन्न असहज लागेपछि आमामार्फत भन्न लगाएँ,’ थापा भन्छन्, ‘आमाले बुबालाई मनाएपछि करिब दुई दशकअघि नै क्यामेरा हात प¥यो ।’ आमा चन्द्रादेवीकै कारण उनले २०५४ सालमै क्यामेरा समाउन पाए फोटोप्रति बिछट्टै मोह पलाएका भरतलाई क्यामेरा हात परेपछि संसार नै पोल्टा परेजस्तै भयो । त्यसपछि शिक्षण पेशै त्यागिदिए ।

तपाइको प्रतिक्रिया
(Visited 455 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सबै सेवासुविधामा जनताको हितमा लगाउने छु : कृष्णबहादुर थापा