राप्ती प्रादेशिक अस्पतालका २ डाक्टरसहित ९ जनामा कोरोना पुष्टि, अस्पताल सिल

तुलसीपुर । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा २ जना डाक्टर सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती प्रतिष्ठान घोराहीमा गरिएको पीसीआर परीक्षणमा २ जना डाक्टर, २ जना नर्स, ३ जना स्वास्थ्यकर्मी र २ जना कार्यालय सहयोगीमा कोरोना पोजेटिभ देखिएको तुलसीपुर उपमहानगरपालिका कोभिड–१९ फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

गएको बिहीबार ५० जनाको स्वाब संकल गरिएको थियो । ठूलो संख्यामा अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पताललाई नै सिल गरेर कन्ट्रयाक ट्रेसिङ गर्ने तयारी गरेको अस्पतालका निमित्त प्रमुख डाक्टर पदमराज अधिकारीले जानकारी दिए । कोरोना संक्रमण देखिएपछि अपचाररत सुत्केरी, भर्ना भएका बिरामी, इमरजेन्सी वार्डमा रहेका बिरामी तथा अन्य चिकित्सक र स्वास्थ्यकर्मीमा देखिएको हुनसक्न अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 357 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बर्दगोरिया अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी