न्यु स्टार नेशनल युवा क्लबको आयोजनामा आकस्मिक रक्तदान

बारा । बाराको प्रसौनी गाउपालिकामा आकस्मिक रक्तदान गरिएका छ । वडा नम्वर ४ खुटवाजब्दीमा कोभिड– १९ महामारीको कारण ब्लड बैंकमा रगतको चरम अभावले गर्दा आकास्मिक खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

‘रक्तदान गरि गरौ जीवन दान’ भन्ने मूल नाराका साथ न्यु स्टार नेशनल युवा क्लब खटुवाजब्दीको आयोजनामा तथा जनता समाजवादी पार्टी नेपाल प्रसौनीको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा १२ महिला सहित १ सय ५७ जनाले रक्तदान गरेका थिए ।

बिश्वभर फैलिएको कोरोना महामारीको कारणले मानव जातिमा प्रभाव पार्ने भएकोले रक्त संचार केन्द्रमा रक्तको अभाव हुन् नदिनको लागि स्वास्थ्य मापदण्ड अनुसार सतर्कता अपनाई ग्रामिण भेगमा रक्तदान कार्यक्रम गरिएको रक्त संचार केन्द्रका सौरभ राजले जानकारी गराएका छन् ।

न्यु स्टार नेशनल युवा क्लब खटुवाजब्दीको अध्यक्ष सुभाव गुप्ताको अध्यक्षतामा र प्रसौनी गाउपालिका अध्यक्ष भोला प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि गाउपालिका उपाध्यक्ष गिता साह वडाध्यक्ष सुरेश गुप्ता, सनहि साह, बृजकिशोर साह लगायतको सहभागिता रहेको थियो ।

ग्रामिण भेगमा भएको रक्तदानमा युवाहरुको उल्लेखनिय सहभागिता रहेको गाउपालिका अध्यक्ष भोला गुप्ताले जानकारी गराएका छन् ।

प्राय गाउघरका मानिस रगत हेरेर डराउने भएपनि यस्तो महामारीमा मानवताको नाताले पनि सहयोग गर्नु पर्ने भनि विगत हप्ता देखि गाउँ टोलमा रक्तदान ’bout प्रचारप्रसार गरेको वडाध्यक्ष आन्नद कुमार गुप्ता बताउछन । रक्तदान कार्यक्रममा विरगञ्ज रक्त संचार केन्द्रले प्रविधिक सहयोग गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 165 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरमा २६ हजार मत गन्दा मेयरका १९ जना उम्मेदवारले एक मत पनि पाएनन्