Tuesday, June 22, 2021
Home अर्थ रेलवे निर्माणमा योजना बिहीन सरकार

रेलवे निर्माणमा योजना बिहीन सरकार

,

काठमाडौं । उच्चप्राथमिकतामा रहेको रेलवे निर्माणमा पर्याप्त तयारी र योजनाहीन ढंगले सरकार अघि बढेको पाइएको छ ।

सरकारले दिर्घकालीन रणनीति विकास, जनशक्ति थप, समन्वयलगायत विषयमा कम चासो दिएको हो । लक्ष्यअनुसार रेलमार्ग निर्माणले प्रगति लिन नसकेको, आवश्यक संवाद तथा छलफलसमेत भएको पाइदैन ।

रेल विभाग प्रमुख बलराम मिश्रले जनशक्ति र बजेट अभावमा अपेक्षित परिणाम दिन नसकेको बताए । पूर्वाधार विज्ञले भने सम्बन्धित अधिकारीले ‘बजेट र जनशक्ति भएन’ भनेर पन्छिन खोजेको टिप्पणी गरेका छन् ।

प्रोफेसर राजेन्द्रप्रसाद अधिकारी राष्ट्रिय योजनामाथि नै प्रश्न उठाउँछन् । ‘बजेट छैन, मेनपावर छैन भन्ने हो भने सरकारको राष्ट्रिय योजना खै ?’ उनले प्रश्न गरे, ‘खरिद प्रक्रियामा मुख्य सचिवको भूमिका के ?’

अधिकारीले महालेखाले खरिद प्रक्रियामा जहिल्यै कमजोरी औंल्याए पनि ‘सरकारले त्यो सच्याउन कहिल्यै तत्परता नदेखाएको’ आरोप लगाए । देश विकास गर्न कृषिपछि पूर्वाधार निर्माण र खरिद प्रक्रियामै ध्यान दिनुपर्ने उनको जोड छ ।
नेपाल इन्जिनियरिङ एसोसिएनले आयोजित ‘भर्चुअल’ छलफलमा पूर्वाधारविज्ञ डा. सुर्यराज आचार्यले सरकारले रेलमार्ग विषयमा बहस तथा छलफल नगरेको बताए ।

‘हामीसँग संसारको राम्रो रेल वे प्रणाली भएर चलाउनसक्ने सम्भावना छ तर सरकारको कार्यशैलीले यो सम्भव देखिएन,’ उनले भने, ‘पूर्वपश्चिम रेलमार्ग काठमाडौं नजोड्ने हो भने अघि नबढाउँदै राम्रो हुन्छ, अहिलेको ठेक्का प्रक्रिया नै रोक्नुपर्छ ।’ रेल ‘च्यालेन्जिङ’ भए पनि जोखिम मोल्नैपर्ने जनाउँदै उनले त्यसको संस्थागत विकास हुनुपर्ने बताए ।

स्थानीय तह फोरम मोरङ संयोजक तथा बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीले केन्द्र सरकारले आफूहरूसँग कुनै छलफल र संवाद नगरेको जनाए ।

केन्द्र सरकारले रेलका लागि ‘मुआब्जा दिने कुरा चिठी आएपछि मात्र थाहा पाएको’ उनले भन्दै ‘संवाद र समन्वय नै नगरेको’मा असन्तुष्टि पोखे । उनले मुआब्जाको कुरो स्पष्ट नभएको र पुरानै मोडलमा जाने खोजिएको भन्दै आपत्तिसमेत जनाए ।

‘उत्तरतर्फको लाई पहिला प्राथमिकता’

पूर्वमुख्य सचिव तथा चीनका लागि नेपाली पूर्वराजदूत लिलामणी पौडेलले रेललाई व्यापारिक नाफाघाटाको रूपमा मात्र हेर्न नहुने भन्दै रेल ‘नेसनल इन्ट्रेस’को कुरो भएको बताए ।

‘रेल बनाएपछि त्यसबाट उठ्ने फाइनान्स कति होला ? भनेरमात्र हेर्नु हुँदैन,’ पूर्वमुख्य सचिव तथा चीनका लागि पूर्वराजदूत पौडेलले थपे, ‘यो राष्ट्रियताको विषय पनि हो ।’

उत्तरतर्फको रेलमार्ग निर्माणमा पहिलो प्राथमिकता हुनुपर्ने मागसमेत उनले गरे । उत्तरतर्फको रेललाई पहिलो प्राथमिकता दिनुपर्ने र दक्षिणतर्फको रेल वे पनि जोडिनुपर्ने उनको भनाई छ । इन्डियामा फुल्लि डिपेन्डेन्ट घटाउन उत्तरतर्फ रेल जोड्नुपर्ने तर्क गर्दै उनले आजको समय ‘फण्डिङ’ समस्या नभएको उल्लेख गरे ।

‘चिनियाँ विज्ञसँग छलफल गर्दा खर्चिलो छ तर सम्भव छ भन्नुभएको छ,’ उनले भने, ‘तर, हामी विभाजित भयौं भने चिनियाँले लगानी नगर्न सक्छन् ।’ उनले ‘पूर्वअर्थमन्त्रीजस्तो मान्छेले अनुदानमा भए हुन्छ, नत्र हुन्न भन्नु उपयुक्त तर्क नभएको’ पनि गरे ।

(Visited 115 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओलीको भ्याकेटले एमाले एकतामा अन्यौल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता थप संकटमा परेको छ । सर्वोच्च अदालतको फैसलाले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली गर्दै...

प्रतिनिधिसभा निर्वाचनमा नौ अर्ब लाग्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित खर्चको आँकडा तयार गरेको छ । आयोगले दुई चरणमा गरेर...

संशोधित राजस्वको लक्ष्य भेटाउन सरकारलाई गाह्रो

काठमाडौं । सरकारले सोमबारसम्ममा वार्षिक राजस्व लक्ष्यको ८१ दशमलव ०८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष सिद्धिन २४ दिन मात्र...

अर्जेन्टिनासँग पाराग्वे पराजित

लन्डन । कोपा अमेरिका अन्तरगत मंगलबार विहान २ वटा खेल सम्पन्न भएका छन् । दोस्रो खेलमा अर्जेन्टिनाले पाराग्वेलाइ १–० गोल अन्तरले हराएको छ ।...

स्याङ्जाका काफ्लेलाई क्यानाडाको उत्कृष्ट नागरिक सम्मान

क्यानडा । अन्टरियो प्रान्तभित्र रहेको ब्राम्टन शहरको सन २०२०/०२१ को उत्कृष्ट नागरिक छनोटमा स्याङ्जाका मित्र काफ्ले छनोट भएका छन । जुन १९ मा ब्र्याम्प्टन...

साताका लोकप्रिय समाचार

बलात्कारपछि हत्या गरेकाे आशङ्कामा सेजलका साथी पक्राउ

  दमक । दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ । पीडित परिवारको...

मेलम्ची नदीमा भिषण बाढी : कम्तीमा ५ जना बेपत्ता,स्थानीयकाे भागदौड

  मेलम्ची । अबिरल वर्षासँगै मेलम्ची नदीमा भिषण बाढी आएको छ । बाढीले नदी किनार आसपासमा रहेका घरहरु बगाएका छन् भने बाढीले कम्तीमा पनि ५...

सेयर बजार याे साता : ८१ अर्बको कारोबार

  काठमाडाैं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ८१ अर्बको सेयर कारोबार भएको छ । गत साता निकै चम्किएको सूचक र कारोबार रकम यस...

खुल्यो निषेधाज्ञामा कर उठाउने बाटो

काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञा वा बन्दाबन्दीमै कर उठाउन बाटो खुला गरिदिएको छ । यसअघि निषेधाज्ञा खुलेपछि बाटोको म्याद बाहेक ३० दिनभित्र कर नतिरे...

ट्रेन्डिङ

‘म जुन बनिदिन्छु’ मा इन्जमम र जानकीको रोमान्स

काठमाडौं । गायिका प्रविशा अधिकारी र गायक सुरेश लामाको युगल गायनमा समावेश 'म जुन बनिदिन्छु' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस...

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटकको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार करिब पाँच घण्टा समय लगाएर मिर्गौला प्रत्यारोपण...

गुल्मीको बाँझकटेरीमा प्याराग्लाइडिङ्गको सफल परिक्षण

गुल्मी । मदाने गाउँपालिकाको वडा नं २ बाँझकटेरीस्थिच कसुरे डाँडाबाट प्याराग्लाइडिङ्गको सफल परिक्षण गरिएको छ । स्काई बर्ड प्याराग्लाइडिङ्ग पोखराको टोलीले बुधबार तीन वटा...

संक्रमणको बेवास्ता गर्दै विद्यालय संचालन गर्ने ११ जना पक्राउ

सप्तरी, राजविराज । कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राख्दै विद्यालयहरु बन्द गर्ने सरकारको निर्णयको अवज्ञा गर्दै विद्यालय संचालनमा ल्याउने सप्तरीका ११ वटा निजि विद्यालयका संचालक...

मैत्रीपूर्ण फुटबल खेल : वेल्सविरुद्ध इङ्ल्याण्ड विजयी

लन्डन । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा गएराति वेल्सविरुद्ध इङ्ल्याण्ड विजयी भयो । वेम्वलीमा भएको खेलमा इङ्ल्याण्डले वेल्समाथि ३–० को सहज जीत निकालेको हो ।...

चालू खाता २ खर्ब ४७ अर्बले घाटामा

काठमाडौं । आर्थिक वर्ष २०७७-७८ को १० महिनामा कुल आन्तरिक कर्जा वढ्नुका साथै निक्षेप संकलन र कर्जा परिचालन बढेको पाइएको छ । बैंक तथा...

टौखेलका अमितको शब मकैबारीमा

काठमाडौं । ललितपुर गोदावारी–३ टौखेलका अमित शाही (३५) को गएराति हत्या भएको छ । उनका भान्जा राजकिरण शाहीले टिपाएको समाचार अनुसार अमित शाही राति...

काठमाडौंमा बर्डफ्लु, टर्की र हाँसमा भेटियो

काठमाडौँ । काठमाडौंमा टर्की र हाँसमा बर्डफ्लु देखिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड...

दलित युवकको हत्या विरोधमा कालिकोटका युवाको प्रदर्शन

कालिकोट । रुकुम पश्चिम चौरजहारी नगरपालिका-८ सोतीमा दलित युवामाथि गरिएको ज्यादती विरुद्धमा कालिकोटका युवाले विरोध प्रदर्शन गरेका छन् । लिगांंशैनी युथकलवले मंगलबार लकडाउनमा बजार...

वनमा लागेकाे डढेलो निभाउने क्रममा जलेर महिलाकाे मृत्यु

 रुकुम पश्चिम । रुकुम पश्चिम बुकीबारी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक महिलाको  जलेर मत्यु भएको छ । डढेलाेमा परेर बाँफिकोट गाउँपालिका–१० की ४५ वर्षीया...

कोरोना भाइरसविरुद्ध लड्न सार्कको नेतृत्व : मोदीको प्रस्तावमा ओलीको समर्थन

काठमाडौं । कोरोना भाइरस संक्रमणविरुद्ध लड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राखेको प्रस्तावमाथि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन गरेका छन् । नेपालका प्रधानमन्त्री केपी...

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ तरकारीचोकमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारीअनुसार उपचारका...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)