पीसीआर रिपोर्ट तुरन्त देऊ

कोरोना भाइरस संक्रमणका बिरामीलाई समयमै रिपोर्ट उपलब्ध नगराउँदा बिरामीका आफन्तलाई सकस पर्न गएको छ । यसले समाजमा नराम्रो र भयाक्रान्त वातावरण सिर्जना पनि गरेको देखिन्छ । आरटी–पीसीआर प्रविधिबाट गरिने परीक्षणको रिपोर्ट समयमा नआउँदा कतिपय मृतकका आफन्तले सामाजिक संस्कारअनुसार मलामी खेरिएर लास जलाउने गरेका छन् । दाहसंस्कारपछि मात्र कोरोना पोजिटिभको रिपार्ट दिने गर्नाले कोरोना संक्रमितको दाहसंस्कारका बेला हावामार्फत गाउँमा महामारी फैलिएर भयावह लिन सक्ने भनी त्यसो नगर्न स्वास्थ्यविद्ले चेतावनी नै दिएका छन् । उता रिपोर्ट नआउँदा मृतकका आफन्त हप्तौं कुर्न निकै समस्या पर्ने बताइरहेका छन् । त्यसो त निको हुने र निको भई घर फर्कने क्रममा रहेका कोरोना संक्रमित बिरामीको समयमै रिपोर्ट नआउँदा अस्पातलका आइसोलेसनमा संक्रमितको चाप बढिरहेको छ । कोरोना समुदायमा पसिसकेपछि यसले भयावह रूप लिने भनी सशंकित रहेका बेला पीसीआर परीक्षणलाई आम बनाउन सरकारमाथि दबाब बढिरहेको छ । तर, सरकारले यस’boutमा मुख खोलेको छैन । मात्र दैनिक ११ हजारको हाराहारीमा शंकास्पदको परीक्षण लिने नीति अख्तियार गरेको छ । यो आफंैमा अपर्याप्त छ ।

कोरोना संक्रमित बिरामीको चाप बढ्दै गएपछि सरकारले अस्पतलहरूलाई छिटो रिपोर्ट दिन र नयाँ संक्रमितका लागि आइसोलेसन वार्ड खाली गराउन भनिरहेको छ । तर, अहिले कुनै पनि अस्पताल यो अवस्थामा छैनन् । देशकै ठूला र अन्तिम विकल्पका रूपमा रहेका त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र वीरमा समेत उक्त अवस्था सिर्जना भएको देखिँदैन । दैनिक ११ हजारको हाराहारीमा कोरोना परीक्षण गर्दा पनि परीक्षण रिपोर्ट समयमै आउन सकिरहेको छैन । तर, सरकारसँग पीसीआर मेसिन रहेको र तिनलाई काममा नल्याइएको स्वास्थ्यकर्मीको गुनासो छ । मेसिन अभावका कारण अस्पतालहरूले लक्षण देखिएका बिरामीको कोरोना परीक्षणलाई द्रुतता दिन नसकेको उनीहरूको स्वीकारोक्ति छ । आकस्मिक रिपोर्टका लागि स्वाब नमुना आएको १२ घण्टाभित्र दिइने भनिएकाले अन्य रिपोर्ट जहिले दिए पनि हुने भन्ने मानसिकताले पनि काम गरेको देखिन्छ । तर, सबै रिपोर्ट होल्डिङको अवस्थामा देखिन्छन् ।

कोरोना संक्रमण आम भएर गइरहेकाले त्यसको परीक्षण प्रक्रियालाई हालसम्म व्यापक र तीव्र बनाउनुपर्छ । सरकारले यसका लागि शीघ्र आवश्यक कदम चाल्नु जरुरी छ । देशभर क्वारेन्टिनमा रहनेको संख्या ८ हजार ९ सय ३९ पुगिसकेकाले अबका दिनमा यसले गुणात्मक गति लिने देखिन्छ । यसका लागि संक्रमित, उनका पछाडि ट्रेसिङमा रहेका र तीसँग पनि सहकार्यमा आएकाको संख्यात्मक हिसाब गर्दा यसको प्रभावमा गुणात्मक असर देखिन आउँछ । यसका लागि समयमै तयारी गरी आइपर्ने समस्या समाधानका लागि बेलैमा होसियार हुन जरुरी छ । संक्रमण रोक्नका लागि रिपोर्ट यथासमयमा उपलब्ध गराउने र आमजनतामा मनोवैज्ञानिक ढाडस दिनु जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 155 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?