Friday, April 23, 2021
Home अर्थ उद्योगी व्यवसायीका मालसामान बाटोमै अलपत्र

उद्योगी व्यवसायीका मालसामान बाटोमै अलपत्र

सरकारको दोधारे नीतिले व्यवसायी मारमा

,

काठमाडौं । राजस्व संकलनका लागि भान्सार नाकाबाट उद्योग व्यवसायीलाई तत्काल सामान छुटाउन ताकेता गर्ने सरकारले बाटोमा निषेधाज्ञाको कारण देखाइ रोक्ने गरेका कारण उद्यमी व्यवसायी आजित भएका छन् ।

कर उठाउनका लागि भन्सार खोल्ने र बीच बाटोमा पुगेपछि ट्रकलाई रोकेर अलपत्र पार्ने सरकारी प्रवृतिका कारण व्यवसायी आजित भएका हुन् ।

‘एकातिर सरकारले उद्योग कलकारखानाको कच्चा पदार्थ आयातमा नरोक्ने भन्छ अर्कोतिर रोकेर अलपत्र पार्छ,’ एक व्यवसायीले भने । भारत लगायत तेस्रो मुलुकबाट आयात गरिएका उद्योग कलकारखानाका लागि आवश्यक कच्चा पदार्थदेखि तयारी वस्तु निषेधाज्ञाका कारण गन्तव्यमा पु-याउन नसक्दा लामो समयदेखि बाटोमै अलपत्र परेको र ढुवानी भाडा दिन प्रतिदिन बेहोर्न बाध्य भएको पनि उनले बताए ।

नेपाल चेम्बर अफ कमर्स भन्सार समितिका सभापति निरज राईले भने, ‘लकडाउनको अवधिमा भन्सार नाकाबाट छुटेका २ सयभन्दा बढी ट्रक काठमाडौं छिर्ने मुख्य नाका नागढुंगादेखि उता बाटोमा त्यसै राखिराख्नु परेको छ ।

उनले दुःखेसो पोख्दै भने, ‘भन्सार विभागले भन्सार बिन्दुमा सामान आइपुग्नेबित्तिकै छुटाउन ताकेका गर्छ तर नेपाल भित्रका विभिन्न नाका नाकामा प्रहरीले निषेधाज्ञा भन्दै रोकिदिन्छ । ’ उनले सरकारी निकायबीच आन्तरिक कोर्डिनेसन नहुँदा पछिल्लो समय उद्योग व्यवसायीले मालसामान आयात गर्दा दुःख पाइरहेको समेत जानकारी दिए । भन्सार प्रशासनले उद्योग कलकारखानामा पु-याउनका लागि भन्सार बिन्दुबाट छुटाइदिएको मालसामानलाई सहज रूपमा गन्तव्यमा पुग्न दिनुपर्नेसमेत उनको भनाइ छ ।

‘यदि भन्सार प्रशासनले लकडाउन वा निषेधाज्ञामा कुनै पनि मालसामान आयात गर्न नमिल्ने भनिदिएको भए उद्योगी व्यवसायीले ठूलो रकम खर्च गरेर एलसी वा टीटी लगाउने थिएनन्,’ उनले भने, ‘राज्यको एउटा निकायले आयात गर्न दिने तर अर्को निकायले सो गन्तव्यमा पुग्न नदिई बाटोमै रोकिदिँदा उद्योगी व्यवसायीको मालसामान बिग्रनुका साथै सोहीअनुरूप डिटेन्सन चार्जसमेत बढेको छ ।’

उनी भन्छन्, ‘उद्योगी व्यवसायीको मालसामान बाटोमा रोक्नुभन्दा भन्सार बिन्दुबाटै अहिलेको अवस्थामा कुनकुन सामान आयात गर्न पाउने कुन नपाउने भनेर तोकिदिनुपर्छ ।’

राज्यले अहिलेको अवस्थामा कुन सामान उद्योगी व्यवसायीले आयात गरेर सहज रूपमा आफ्नो उद्योग कलकारखानासम्म पु-याउन पाउँछन् कुनकुन पाउँदैनन् भनेर तोकिदिएमा व्यवसायीको ठूलो रकम अनावश्यक रूपमा खर्च हुनबाट जोगिने थियो,’ उनले भने, ‘राजस्व आउँछ भनेर भन्सार बिन्दुबाट छुटाइदिने तर बीच बाटोमा रोकिदिँदा व्यवसायीले ठूलो घाटा बेहोर्नुपरेको छ ।’

वर्षातको समयमा बीच बाटोमा मालसामान बोकेको ट्रक रोकिँदा पहिरोको पनि उत्तिकै डर भएको सम्बद्ध व्यवसायी बताउँछन् । लाखौं मूल्यबराबरका सामान प्रहरीले गन्तव्यमा पु-याउन नदिई बाटोमै राकिदिँदा उद्योगी व्यवसायीलाई थप पीडा भएको एक व्यवसायीले जानकारी दिए । लामो समयसम्म मालसामान बोकेका ट्रकका चालक तथा सहचालक बाटोमै रोकिनुपर्दा उनीहरूमा कोरोना संक्रमणको जोखिमसमेत बढेको सम्बद्ध व्यवसायी बताउँछन् । ‘अहिले विभिन्न नाकामा गरेर ३ सयभन्दा बढी मालसामान बोकेका ट्रक रोकिँदा चालक र सहचालक गरी ६ सयभन्दा बढी व्यक्ति बाटोमै अलपत्र छन्,’ एक व्यवसायीले भने, ‘उनीहरू निषेधाज्ञाका कारण एकातर्फ भोकभोकै बस्नुपरेको छ भने अर्कोतर्फ धेरै मानिस एकै ठाउँमा रोकिँदा कोरोना संक्रमणको त्रास पनि उत्तिकै छ ।’

(Visited 48 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

कस्तुपको सिलौटोमा कुलेन्द्र, रामजी, ज्योति र प्रीति

काठमाडौं । कलेन्द्र बिक, रामजी खाँड, ज्योति मगर र प्रीति आले आफैंमा गायक गायिका हुन् । तर, यतिबेला लोकदोहोरीका यी चार हस्ती एउटा लोकदोहोरी...

साताका लोकप्रिय समाचार

कतै जलाशय किनार, कतै घरकै छतमा चैती छठ मनाइदै

सप्तरी, राजविराज । कोरोनाको त्रासका बीच आइतबार ब्रतालु र श्रद्धालु नजिकैको जलाशयमा पुगि चैती छठ पर्वमा सहभागि भएका छन् । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट...

कर्मचारीमा पनि कोरोना, सेवाग्राहीमा पनि सन्त्रास

सप्तरी, राजविराज । भारतबाट घर फर्केका एक कर्मचारीमा कोरोना संत्रमण पुष्टी भएको छ । यहाँ स्थित गजेन्द्र नारायण सिह अस्पतालमा गरिएको पिसिआर परिक्षणको विहीवार...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

विवाहमा २५ जना भन्दा बढी जन्ती जान नपाइने, पार्टी प्यालेसका लागि प्रशासनकाे अनुमति चाहिने

काठमाडाैं ।  सरकारले विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विवाह, ब्रतबन्ध जस्ता चाडपर्वमा २५...

बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहा जिल्ला अस्पताल सिल

 लाहान । उपचाररत एक महिलामा कोरोना सङ्क्रमण देखिएपछि सिरहा जिल्ला अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा उपचारका लागि गत आइतबार भर्ना...

ट्रेन्डिङ

पीएसजीका थप तीन खेलाडीमा कोरोना संक्रमण

पेरिस । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)का थप तीन जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि ब्राजिली स्टार नेयमारसहित थप...

सोची हेरन

काठमाडौँ । हालै रेडियो नेपालको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता २०७७ मा उत्कृष्ट संगीतकारको पुरस्कार विजेता शंकर थापा ‘स्माइल’को संगीतमा रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो...

सहाराको रोमाञ्चक जित

पोखरा । आयोजक सहारा क्लब पोखरा ‘ए’ डिभिजन टोली ब्रिगेड ब्वाइज क्लब (बीबीसी) माथि रोमाञ्चक जित निकाल्दै बिहीबारदेखि सुरु भएको १८औं आहा रारा गोल्डकप...

उपत्यकामा लकडाउन उल्लंघन गर्ने ४०७ सवारी नियन्त्रणमा

काठमाडौं । विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नफैलियोस् भनेर सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) उल्लंघनका घटना पछिल्ला दिनमा वृद्धि भएको...

पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले...

प्रमाद, प्रहसन र तमासा

दार्शनिक फ्रेडरिक नित्सेले भनेका छन्, ‘जबजब म माथिमाथि चढ्दै जान्छु, तबतब अहंकार नामको कुकुर मेरो पछि लाग्दछ ।’ नेपाल अहिले इतिहासको यस्तो घडीमा उभिएको...

चीनमा खुल्न थाले फिल्म हल, बिकेन टिकट

बेजिङ । चीनमा कोरोना भाइरस संक्रमणको स्थितिमा सुधार आएपछि आइतबारबाट फिल्म हल खुल्न थालेका छन् । त्रासका कारण दर्शकको उपस्थिति भने न्यून रहेको समाचार...

दाङमा सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना, नवजात शिशुसहित ११ जना घाइते

तुलसीपुर । सुत्केरी बोकेको एम्बुलेन्स पश्चिम दाङमा दुर्घटना हुँदा एक दिनको नवजात शिशु सहित ११ जना घाइते भएका छन् । सुत्केरी लिएर नेपालगंजबाट पश्चिम...

अकमललाई तीन वर्ष प्रतिबन्ध

लाहोर । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले राष्ट्रिय टिमका सदस्य उमार अकमललाई क्रिकेट खेल्न तीन वर्षको प्रतिबन्ध लगाएको छ । पीसीबीले सोमबार अकमललाई म्याच फिक्सिङको...

प्रतिनिधिसभा विघटन विरूद्धकाे प्रदर्शनमा सहभागी हुन देउवाकाे अपिल

काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध यही पुस १३ गते कांग्रेसले आयोजना गरेको...

सरकारको अनुमति कुर्दै सिरी ‘ए’

रोम । इटालियन फुटबल फेडेरेसन (एफआईजीसी) ले यो सिजनको इटालीको शीर्ष तीन फुटबल लिग सिरी ‘ए’, सिरी ‘बी’ र सिरी ‘सी’ २० अगस्टसम्ममा सक्ने...

समूहमा संक्रमण तीव्र, भदौमा मृत्यु चार गुना बढी

काठमाडौं । कोरोना भाइरस संक्रमण साउनभन्दा भदौमा चर गुनाले बढी फैलिएको छ । केही दिनयता संक्रमण समूह समूहमा समेत प्रवेश गर्न थालेको पाइएको छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)