व्यसायिक खेतीका लागि लगाइएको गाँजा सशस्त्रद्वारा फडानी

बारा । व्यसायीक खेती गर्न लगाइएको गाँजा खेती सशस्त्र प्रहरीद्वारा फडानी गरिएको छ । बाराको निजगढ नगरपालिका वडा नम्वर १३ डम्मरपुर स्थित जंगल क्षेत्रमा लगाईएको गाँजा आईतवार सशस्त्र प्रहरीले फडानी गरेको हो ।

जिल्लाको उत्तरी भेग मकवानपुर र डम्मरपुरस्थित शक्ति डाँडाको भित्रि जंगलमा करिब ५ कठ्ठा जमिनमा व्यवसायीक खेती गरिएको सुचनाको आधारमा सुरक्षा बेश रतनपुरी टोलीको प्रहरी नायव निरिक्षकको टोलीले गाँजा फडानी गरेको सशस्त्र प्रहरी उपरिक्षक रबिनराज कर्णजितले जानकारी दिएका छन् ।

स्थानियको सुचना पाउने बित्तिकै सशस्त्र प्रहरी निरिक्षक र नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी रतनपुरीबाट खटेको प्रहरी हवल्दारको सयुक्त प्रयासमा जंगल भित्र अवैध रुपमा लुकाई छिपाई लगाएको गाँजा फडानी गर्न सफल भएको सशस्त्र प्रहरी उपरिक्षक कर्णजितले बताए । जिल्लाको उत्तरी भेग मकवानपुरको सीमानामा सदरमुकामबाट टाढा पर्ने जंगलको बिच भागतिर लुकाई छिपाई गाँजा खेती हुने गरेको सुचनाको आधारमा कारबाही थालनि गरेको उनले बताए ।

बिगतमा समेत उक्त भेगमा गाँजा खेति हुने गरेको र सुरक्षा निकायबाट फँडानी हुँदै आइरहेको थियो । फँडानी गरिएको गाँजाको बिरुवा हेर्दा अन्दाजी दुई हप्ता पहिला लगाएको हुन सक्ने सशस्त्र प्रहरीले जानकारी गराएको छ । जंगलको बिच अवैध रुपमा गाँजा खेती लगाउने ब्यक्तिको वा समुहको खोजी कार्य समेत भइरहेको छ । यस्ता अवैध गतिविधि गर्ने जोसुकैको सुचना दिए तुरुन्तै कारवाही थाल्ने सशस्त्र प्रहरी उपरिक्षकले प्रतिवद्धता जाहेर गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 341 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्याङ्जामा २८ मध्ये २० वडामा कांग्रेस विजयी