काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मृत्यु हुनेमा १० पुरुष तथा ४ महिला रहेको जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार मोरङ, सुनसरी, महोत्तरी, रौतहट,बारा, पर्सा, चितवन, काठमाडौँ, भक्तपुर, ललितपुर, नवलपरासी र रुपन्देहीका गरी १४ जनाको कोरोनाबाट मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको संख्या २२१ पुगेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)