कुलतबाट युवालाई जोगाऔं

देशका युवा अहिले लागूऔषध प्रयोगको कुलतबाट निकै गहिरो मारमा परिरहेका छन् । यो स्वास्थ्य संकट कोरोना महामारीजस्तो अहिले मात्र एक्कासि देखापरेको भने होइन । यसलाई नियन्त्रण गर्न राज्य र सरकार निकै पहिलेदेखि लागिपरिरहेका पनि हुन् । यसका लागि सुधार केन्द्र तथा पुनःसामाजीकरण एवं पुनस्र्थापना केन्द्रहरू पनि निर्माण र सञ्चालन गरिएका छन् । तथापि, पछिल्लो चरणमा गृह मन्त्रालयले गरेको सर्वेक्षणमा लागूऔषध प्रयोगकर्ताको संख्या देशभर दिनदिनै बढ्दै गएको देखिएको छ । गृहमन्त्रालयले केन्द्रीय तथ्यांक विभागसँग सहकार्यमा गरेको सर्वेक्षणले यस्तो परिणाम देखाएपछि यसले सबैलाई चिन्तित तुल्याएको छ । आश्चर्यको विषय त के छ भने यस्ता दुव्र्यसनीको संख्या दैनिक १५ जनाका दरले थपिँदै गएका छन् । यो बढ्दै गएको संख्यामा अधिकांश १५ वर्षे किशोरदेखि २९ वर्षका युवाहरू रहेका छन् । ज्ञान आर्जन गरी गृहस्थाश्रममा प्रवेश गर्दै गरेका यो उमेरमा स्वयं स्वास्थ्यघात गर्ने र कुलतमा फस्ने÷फसाउने आचरण र संस्कारको निर्माण नेपालको भविष्यका लागि ठूलो चिन्ताको विषय बनेको छ ।

एकातिर देश र समाज शिक्षित र सुसंस्कृत हुँदै गएको भनी देशमा साक्षरता दिवस मनाइरहेका छौं भने अर्कोतिर हाम्रा युवा कुलतमा फस्दै गएकाले हाम्रो भविष्यमाथि बादल मडारिँदै गइरहेको छ । यसलाई बेरोजगारी, अविश्वास, भ्रष्टाचार, अनैतिकता, दलाली, चाकरी, आफन्तवादी सोच, दुव्र्यवहार, कालाबजारी, आग्रह तथा पूर्वाग्रहको वातावरणले निकै मलजल गरिरहेको छ । साथै, विज्ञान तथा प्रविधिको विकास र विस्तारले पनि यस्ता कुरा सिक्ने सिकाउनेतिर नकारात्मक सहजीकरण गराइरहेको छ । यसका लागि सहपाठी साथी, सहकर्मी, आफन्तजन तथा घरपरिवार र समाजले ती कुलतमा फसेका आफन्तजनलाई सही बाटोतिर फर्काउने प्रयत्न गर्नुपर्छ । अहिले कोरोना महामारी बढ्दै जाँदा र सिंगो समाज अगतिविधिको अवस्थामा रहेका बेला यो कुलतको महामारी झन् फैलने सम्भावना हुन्छ । यसलाई मध्यनजर गरी समाज र घरमा सिर्जनात्मक कार्यहरू गर्नु÷गरिनु जरुरी हुन जान्छ । अध्ययनअनुसार लागूऔषधको सबैभन्दा बढी प्रयोग धुँवाजन्य पदार्थको प्रयोगबाट भएको देखिन्छ । त्यसैगरी, चपाएर वा मुखमा भिजाएर त्यत्तिकै मात्रामा प्रयोग भएको पाइएको छ । पछिल्लो चरणमा सुई लगाएर पनि यसको प्रयोग हुने गरेको छ । यसका अन्य तरिकामध्ये सुँघेर लागूऔषध प्रयोग गर्ने गरिएको छ ।

लागूऔषध प्रयोगको यस्ताखाले विविधीकरणलाई ख्याल गरी यसको नियन्त्रणमा सिंगो समाजलाई लगाइनु जरुरी छ । घरपरिवार पनि बेइज्जत हुन्छ भन्ने डरले आफन्तको यस्ता कमीकमजोरी लुकाउने र भन्न नचाहने भएकाले पनि यो स्वास्थ्य संकट बढ्दै गएको देखिएको छ । यसको रोकथामका लागि अब सम्बन्धित सबैलाई एक बृहत् सहकार्यमा गोलबद्ध गर्नुपर्छ । लागूऔषध प्रयोगको विशिष्टता हेरी घरपरिवारको आफ्नै खाले भूमिका दिइनुपर्छ । साथीसंगीका लागि भिन्नै खालका उपचारका उपाय सुझाइनुपर्छ । गाउँ, छिमेक र समाजका लागि पनि त्यत्तिकै प्रभावकारी विधि र तरिका दिइनुपर्छ । यो रोग भनेको मनोविज्ञानसँग जोडिएको कुरा पनि हो । त्यसैले सुयोग्य मनोवैज्ञानिक टिम पनि खडा गरिनुपर्छ । उनीहरूलाई घेर्ने यस्तो खालको वातावरण सिर्जना गर्न सकेमा मात्र युवालाई कुलतबाट जोगाउन सम्भव छ ।

तपाइको प्रतिक्रिया
(Visited 350 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा नेमकिपाको 'क्लिन स्विप' , प्रतिस्पर्धीकाे जमानत जफत