चितवनमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

चितवन । भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाटा आज मृत्यु भएको छ । अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो

भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई सास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उनको आज बिहान ७ः२० मा मृत्यु भएको पौडेलले जानकारी दिए ।

योसँगै कोरोनाका कारण चितवनमा १३ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा चितवनका छ जना रहेका छन् । तीमध्ये एक जनाको घरमै मृत्यु भएको हो भने अन्यको अस्पतालमा मृत्यु भएको थियो । यस्तै मकवानपुरका तीन, कैलाली, गोरखा, बारा र सुस्ता पूर्व नवलपरासीका एक÷एक जना रहेका छन् ।रासस

तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
केशव स्थापितलाई निर्वाचन आयोगले फेरि सोध्यो २४ घण्टे स्पष्टीकरण