मोटरसाइकल चोरी गर्ने गिरोह २४ घण्टामा पक्राउ

बारा । मोटरसाइकल चोरी गर्ने गिरोहलाई २४ घण्टा भित्र नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको छ । चोरी भएको मोटरसाइकल धनीले दिएको सुचनाको अधारमा २४ घण्टा नबित्दै मोटरसाइकल चोरी गर्ने २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्वर ४ घरबाट मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ । देवताल गाउँ पालिका वडा नम्वर ३ बस्ने राजु कुमार कुशवाहाको नाममा रहेको बा ७६ प १६९४ नम्वरको पल्सर र मोवाईल एक थान चोरी भएको थियो ।

चोरीको उजुरी परेसँगै जिल्लाको मातहत रहेको प्रहरीको सवै युनिटहरुमा खवर गरेको प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी गराए । खवर गरेसँगै सिम्रौनगढ मातहत रहेको प्रहरी कार्यलयको युनिटले चोरी भएको मोटरसाईकलसहित दुई जनालाई पक्राउ गरेको प्रहरी उपरिक्षक पंगेनीले बताए ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्वर ३ बस्ने वर्ष १९ को सरफराज मिया र वर्ष २२ का जफिर आलम रहेको उनले जानकारी गराए । निजहरुले चोरी गरेको मोटरसाइकलसहित भाग्दै गर्दा सिम्रौनगढ नगरपालिका वडा नम्वर ९ स्थित रौतहटको सिमानासँग जोडिएको अडुवा खोलाको पुलमा दुवैलाई पक्राउ गरिएको हो । बरामद गरिएको मोटरसाईकल र मोवाईल सवारी धनीलाई बोलाई जिम्मा लगाइएको प्रहरीले जानकारी गराएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 280 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयर उम्मेदवारको चुनावी प्रतिबद्धता : युवाकेन्द्रित कार्यक्रम ल्याउँछौं