मंगलसेन र साँफेबगरमा भदौ २३ गते सम्म निषेधाज्ञा

अछाम । अछामको मंगलसेन र साँफेबगर नगरपालिकामा भदौ २३ गते सम्म निषेधाज्ञा जारि रहने भएको छ । मंगलसेन र साँफेबगर नगरपालिकामा गरीएिको निषेधाज्ञा १ हप्ता थपिएसंगै २३ गते सम्म निषेधाज्ञा जारि रहने भएको हो ।

पछिल्लो समय समुदायस्तरमा कोरोना संक्रमण फैलिने खतरा कायमै रहेको भन्दै बढ्दो आवागमन र बजार चहलपहलले थप जोखिम बढ्ने देखिएकाले निषेद्याज्ञा थप भएको मंगलसेन नगरपालीकाले जनाएको छ । सम्भाबित संक्रमणको जोखिम रोकथाम एवम् नियन्त्रणका लागि जिल्ला कोभिड संकट ब्यावस्थापन केन्द्र अछामको निर्णयलाई कार्यान्वयन गर्दै मंगलसेन नगरपालिकाले थप एक हप्ता अर्थात भदौ २३ गते राति १२ बजे सम्मका लागि नगरका १४ वटै वडा सिल गरेको हो । सम्भावित जोखिमबाट बँच्न आफुहरुले २३ गते सम्माका लागि निषेधाज्ञा जारि गरेको मंगलसे नगपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारिले जानकारी दिए ।

यस्तै साँफेबगर नगरपालिकाले समेत भदौ २३ गते सम्मका लागि निषेधाज्ञा जारि राख्ने निर्णय गरेको छ । नगरपालिका अन्तर्गतको प्रकोप व्यवस्थापन केन्द्रको आयोजनामा बसेको सर्वपक्षिय वैठकले भाद्र २३ गते राति १२ बजे सम्म नगरका १४ वटै वडालाई शिल गर्ने निर्णय गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 128 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार