डा. निरजलाई गजल प्रतिभा पुरस्कार

पोखरा । यस वर्षको गजल प्रतिभा पुरस्कार डा. निरज भट्टराईलाई प्रदान गरिने भएको छ । गजल सन्ध्या, पोखराद्वारा गण्डकी प्रदेशका एक गजलकारलाई हरेक वर्ष प्रदान गरिँदै आएको सो पुरस्कार यस वर्ष तनहुँका गजलकार भट्टराईले नेपाली गजलमा पु¥याएका योगदानको कदर गर्दै प्रदान गरिन लागेको संस्थाका अध्यक्ष मोहन भण्डारीले जानकारी दिए ।

पुरस्कार राशि १५ हजार ५ सय ५५ र सम्मानपत्र छ । संस्थाका सल्लाहकार तथा पूर्वअध्यक्ष दीपक समीपको संयोजकत्वमा संस्थापक अध्यक्ष दिलीप दोषी र पूर्वअध्यक्ष बिर्सना बस्नेत सदस्य तथा अध्यक्ष मोहन भण्डारी र सचिव त्रुपक पदेन सदस्य रहेको प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेको हो ।

एनआरएन यूकेका युवा संयोजक लालबहादुर गुरुङद्वारा आफ्ना पिताको स्मृतिमा स्थापित १ लाखको अक्षयकोषबाट बर्सेनि सो पुरस्कार प्रदान गरिँदै आएको छ । डा. भट्टराईका ‘मेरो भन्नु केही छैन’ र ‘तलास’ गजलसङ्ग्रह तथा ‘धुवाँको धागो’ नामक कवितासङ्ग्रह प्रकाशित भएको छ ।

यसअघि मोतीराम भट्ट तन्नेरी गजल पुरस्कार र राष्ट्रिय शान्ति गीत पुरस्कारबाट पुरस्कृत प्रतिभा भट्टराईको ‘पल्लव’ नामक गीत–गजलको एल्बम पनि बजारमा आएको छ ।

उनी हाल मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पतालमा कार्डियो थोरासिक एन्ड भास्कुलर सर्जन तथा जनस्वास्थ्यविद् रूपमा कार्यरत छन् ।

सो पुरस्कार यसअघि रूपक वनवासी, इन्द्रकुमार विकल्प, गाविन्दराज विनोदी, कमल पौडेल ‘अथक’, दीपक समीप, आरके अदीप्त गिरी, कपिल शर्मा, जनार्दन दाहाल, जीवनपानी र बाबु त्रिपाठीलाई प्रदान गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सभापति देउवाले दिए संस्थापन समूह एकजुट छ भन्ने सन्देश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थापितको घरदैलोमा मतदाताको शुभेच्छा