पर्साको कोरोना अस्पतालमा फेरि एक संक्रमितको मृत्यु

sdr

वीरगन्ज । पर्साको कोभिड अस्पताल गण्डकमा फेरि एक संक्रमितको मृत्यु भएको छ । मृतक ९७ बर्षीय पुरुष हुन् । बाराको सिम्रौनगढका उनी मुटुका पुराना रोगि पनि भएको कोभिड अस्पताल गण्डकले जनाएको छ ।

गएको भदौ १२ गते शारिरिक समस्या भएर वीरगन्जको तराई अस्पतालमा उपचार गराउन ल्याइपु-याएका ती पुरुषको त्यहि स्वाव संकलन भएको थियो । उनको स्वाव परिक्षण गराउँदा संक्रमित पुष्टि भएपछि गएको भदौ १४ गते आइतबार कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको नारायणी अस्पतालका बरिष्ठ फिजिसियन डा निरज कुमार सिंहले बताए । ‘गण्डक अस्पताल नारायणी अस्पतालको अस्थायी बिशेष कोभिड अस्पताल हो । उपचारका क्रममा बुधबार बिहान १ बजे उनको त्यहि मृत्यु भयो’, डा सिंहले भने ।

मृतक बाराको सिम्रौनगढका स्थायी बासिन्दा हुन् । मुटुका पुराना रोगी समेत रहेका मृतकमा सोडियमको मात्र पनि बढि थियो । निमोनिया र कोरोना समेत भएपछि उनलाई चिकित्सकको प्रयासले बचाउन नसकिएको डा सिंहको भनाइ छ । यो सहित कोरोनाका कारण बारामा १५ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य मत्रालयले भने यो पुष्टि गर्न बाँकी रहेको नारायणी अस्पतालले जनाएको छ ।

वीरगन्ज क्षेत्रमा फेरि थपिए ६४ संक्रमित
नारायणी अस्पतालको स्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो २४ घण्टाको स्वास्थ्य परिक्षणमा पर्सा बारामा फेरि ६४ नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितहरुमा यो पटक पर्साका भन्दा बाराका बढि छन् ।

कुल ४ सय ९० जनाको स्वाव परीक्षण गरिएकोमा बाराका ५० र पर्साका १३ गरी कुल ६४ नयाँ संक्रमित थपिएको नारायणी अस्पतालका सूचना अधिकारी डा. अतुलेश कुमार चौरसियाले बताए । थपिएका नयाँ संक्रमितमा एकजना गण्डक अस्पतालका स्वास्थ्यकर्मी पनि रहेका छन् । ३६ पुरुष र २८ महिला नयाँ संक्रमितहरुमा ५ बर्षदेखि ७० बर्ष उमेर समूहका रहेको उनको भनाइ छ ।

पर्साका कति संक्रमित ?
पर्सामा थपिएका नयाँ संक्रमितहरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर ४ का २ जना, वडा नम्बर १२ का १ र वडा नम्बर १८ का १ जना रहेका छन् । त्यसै गरी बहुदरमाई नगरपालिकाको वडा नम्बर ४ का ५ जना, वडा नम्बर ५ का १ जना र वडा नम्बर ६ का २ जना रहेको सूचना अधिकारी डा चौरसियाले बताए ।

बाराको कलैयाका धेरै
उता बाराका भने कलैया नगरपालिकाका सबैभन्दा बढि भेटिएको नारायणी अस्पतालको स्वास्थ्य प्रयोगशालाले जनाएको छ । प्रयोगशलाको पछिल्लो रिपोर्ट अनुसार कलैया नगरपालिकाको वडा नम्बर १ का ५ जना, २ का ६ जना, ३ का एक जना, ४ का ६ जना, ५ का ७ जना, ६ का एक जना, ७ का ५ जना, ८ का एक जना रहेका छन् । त्यसै गरी ९ का एक जना, २० का ४ जना, २१ का एक जना र २३ का ३ जना रहेको अस्पतालका सूचना अधिकारी डा चौरसियाले बताए । संक्रमित मध्ये बाराका तीन जनाको भने स्थानीइ ( वडा ) ठेगाना नखुलाइएको पाइएको नारायणी अस्पतालले जनाएको छ ।

संक्रामक बढि भएका १३ जना
नयाँ थपिएका संक्रमितहरुमा साइकल थ्रेसहोल्ड ( सिटी भ्यालु) १८ देखि ३२ सम्म रहेको पाइएको छ । जसमा सिटी भ्यालु २४ भन्दा बढि भएका १३ जना र कम भएका ५१ जना रहेका छन् । सिटी भ्यालु २४ भन्दा बढि भएका भनिएको बढि संक्रमणको जोखिममा पर्न सक्ने भन्न खोजिएको डा चौरसियाको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जसपा नेपाल निर्वाचनमा एक्लै लड्ने

कुरी-कुरी