वडाध्यक्ष कोरोनामुक्त भएको खुशीयालीमा र्‍याली निकाल्दा दोहोरो झडप, ७ घाइते

रौतहट । रौतहटको एक वडा अध्यक्ष कोरोना संक्रमण मुक्त भएर आइसुलेसनबाट घर र्फकने क्रममा गुजरा नगरपालिकाको खतबैया गाउमा मंगलबार राती दोहोरो झडप भएको छ ।

रौतहटको गुजरा नगरपालिका वाड नं ६ का वडाध्यक्ष सकिल अन्सारी कोरोना संक्रमण मुक्त भएपछि स्वागत गर्न गएको वडा अध्यक्ष पक्षधर र स्थानिय बिच दोहोरो झडप भएको हो । वडा अध्यक्ष अंसारी कोरोना संक्रमणबाट निको भइपछि उनलाइ लिन १५ वटा मोटरसाइकल स्वागतको लागि आइसुलेसन गएको थियो । झडपमा ७ जना घाइते भएको गुजरा नगरपालिकाका नगर प्रमुख शन्तलाल चौधरीले जानकारी दिएका छन् । घाइतेको उपचार बिरगंजमा भएको छ ।

सोही झडपमा संलग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिएका छन् । पुरानो रिसिबीको कारण दुई पक्षबिच झगडा भएको उनले जानकारी दिए । दुबै पक्षलाई राखेर छलफल अगाडी बढाइएको समेत डिएसपी शाहीले बताए ।

प्रहरीका अनुसार झडपमा वडाध्यक्ष पक्षका खतवैया गाउँका सदिक अन्सारी, शारदा देवी, प्रमिला चौधरी, वकिल अन्सारी, मोजमिल अन्सारी घाइते भएका छन् भने स्थाानीयतर्फ जयदा खातुन, शेष नसिब घाइते भएका छन् । चन्द्रपुर नगरपालिकाको वडा नं. २ स्थित शहिदख स्मृती पार्कको आइसुलेसनमा बसेका वडा अध्यक्ष अंसारीको कोरोना संक्रमणको रिपोर्ट मंगलबार आएको थियो ।

वडा अध्यक्ष अन्सारीलाई गत भदौ ९ गते चाँदीपार्क आइसोलेसन कक्षमा राखिएको थियो । एक सातापछि उनको रिपोर्ट नेगेटिभ आएको थियो । वडाध्यक्ष अन्सारीले निषेधाज्ञाको उल्लंघन गर्दै ठूलो जमातमा ¥याली गर्न नहुने नगर प्रमुख चौधरीले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 160 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

२५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीको छत्रकोट र सत्यवतीमा एमाले विजयी