सेती अस्पतालले २५ सयमा पीसीआर परीक्षण गर्ने

धनगढी । धनगढीस्थित सेती प्रादेशीक अस्पतालले २ हजार पाँचसय रुपैयाँमा पीसीआर परीक्षण गर्ने भएको छ । सेती अस्पतालले स्वैच्छाले कोरोना संक्रमण भए नभएको थाहा पाउन पीसीआर परीक्षण गर्न चाहने व्यक्तिका लागि सो शुल्क निर्धारण गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सामाजिक विकास मन्त्रालयको निर्देशन तथा अस्पताल व्यवस्थापन समितिको निर्णय अनुसार स्वैच्छाले कोरोना पीसीआर परीक्षण गर्न चाहने व्यक्तिका लागि शुल्क निर्धारण गरेको सेती प्रादेशिक अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद जोशीले बताए ।

स्वैच्छाले कोरोना परीक्षण गर्न चाहने व्यक्तिले अब कोरोना परीक्षण गर्दा २ हजार ५०० शुल्क तिरेर पीसीआर परीक्षणको ब्यवस्था मिलाएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

संघीय सरकारले ४ हजार ४०० रुपैँया लिन सक्ने बताए पनि सेती अस्पतालले त्यसको झण्डै आधा शुल्क तोकेको अध्यक्ष जोशीको भनाई छ ।

उनका अनुसार कोरोना भाइरसको लक्षण भएका व्यक्ति, संक्रमितको सम्पर्कमा आएका व्यक्ति, परिवारका सदस्यसंगै सरकारले निर्देशिकामा तोकेका व्यक्तिको भने निशुल्क कोरोना परीक्षण हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 114 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जसपा नेपाल निर्वाचनमा एक्लै लड्ने

कुरी-कुरी