अख्तियार प्रमुख घिमिरेले जिते कोरोना

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले कोरोनालाई जितेका छन् । घिमिरेको कोरोना रिपोर्ट नेगेटिभ आएसँगै उनी कोरोनासंक्रमणबाट मुक्त भएका छन् । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले प्रमुख आयुक्त घिमिरेको मंगलबार साँझ रिपोर्ट नेगेटिभ आएपछि उनी कोरोना संक्रमणमुक्त हुनुभएको जानकारी दिए ।

प्रमुख आयुक्त घिमिरेलाई गत २६ साउनमा कोरोना संक्रमण देखिएको थियो । संक्रमण भएको २४ दिनपछि उनी संक्रमण मुक्त भएका हुन् । संक्रमणमुक्त भएपछि क्वाटरमै आराम गरेर बसिरहेका घिमिरे केहि दिनमा नै कार्यालयको नियमित काममा फर्कने अख्तियारका प्रवक्ता अधिकारीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओलीको दाबी पेस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा ९९ हजार मतगणना हुँदा रेणु दाहाल ८७५६ मतले अगाडि