फुटबलर एरिक कोरोनामुक्त

काठमाडौं । पहिलोपटक सिनियर राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्पमा परेको युवा मिडफिल्डर एरिक विष्ट कोरोनामुक्त भएका छन् । एन्फा एकेडेमीको उत्पादन तथा ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी)का २० वर्षीय मिडफिल्डर एरिकले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै आफू १९ दिनपछि कोरोनाबाट मुक्त भएको जानकारी गराएका हुन् ।

साउन अन्तिम साता अखिल नेपाल फुटबल संघ (एन्फा)ले कतार विश्वकप र एसियन कपको छनोट खेलका लागि प्रशिक्षण सुरु गर्नुअघि खेलाडी र अफिसियलहरुको पीसीआर परीक्षण गरेको थियो । पीसीआर परीक्षण गरेको दोस्रो दिन एरिकलाई कोरोना संक्रमण देखिएको थियो । पहिलो रिर्पाेट पोजिटिभ आएपछि उनको पुनः दोस्रोपटक परीक्षण गरिएको थियो । उनको दोस्रोपटकको रिपोर्ट पनि पोजिटिभ देखिएको थियो ।

कोरोना पोजेटिभ देखिएपछि एरिक होम क्वारेन्टिनमै बसेका थिए । उनले क्वारेन्टिनमा बस्नु कठिन भएको र आफूलाई कोरोना संक्रमण देखिएपछि आएको विभिन्न प्रतिक्रियाले भने नराम्रो लागेको लेखेका छन् । उनले आफ्नो अनुभवपछि कोरोना संक्रमण हुनेहरूलाई सपोर्ट गर्नुपर्नेसमेत उल्लेख गरेका छन् । यस्तै, उनले यो अवधिमा आफूले अझ बलियो हुन सिकेको लेखेका छन् । एरिकले ललित स्मृति कपमा आर्मी क्लबबाट दुईपटक उपाधि हात पारे । उमेर समूहको राष्ट्रिय टिम यू–१९ बाट भुटानमा भएको साफ च्याम्पियनसिपको उपाधि नेपाललाई दिलाए । यस्तै, नेपालको प्रतिनिधित्व गर्दै यू–२३ एएफसी छनोट कतारमा पुगेर समेत खेलेका थिए ।

पछिल्लो खेलकुद क्षेत्रमा पनि कोरोना संक्रमण देखिन थालेको छ । निको हुनेक्रम पनि सुरु भएको छ । यसअघि स्क्वास प्रशिक्षक हिरा थापा पनि कोरोनामुक्त भएका थिए । विभागीय नेपाल एपीएफ क्लबका करिब ४० जना खेलाडी, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठसँगै अन्य दुई कर्मचारी र मंगलबार मात्रै नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक जिताएका एथ्लेटिक्सका ओलम्पियन जितबहादुर केसीलाई पनि कोरोना संक्रमण देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 273 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
माधव नेपाल भन्छन् 'हाम्रो पार्टीका ३५ जना निर्विरोध भैसके'