मुर्रेको पुनरागमन जित

न्युयोर्क । बेलायती नम्बर एक एन्डी मुर्रेले पुनरागमन जित निकाल्दै यूएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । ३३ वर्षीय मुर्रेले जापानी योसिहितो निसीओकासँग सुरुवाती दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै ३–२ को जित निकाल्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएका हुन् ।

न्युयोर्कस्थित आर्थर एसे स्टेडियममा मंगलबार राति भएको दर्शकबिनै जारी रहेको खेलमा मुर्रेले पहिलो र दोस्रो सेट समान ४–६ र ४–६ ले गुमाएको थियो । ५ सय ९६ दिनपछि पहिलोपटक ग्रान्डस्लाममा प्रतिस्पर्धा गरेका मुर्रेले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै तेस्रो सेट ७–६ ले जित्दै खेलमा फर्कने संकेत दिएका थिए । त्यसपछि चौथो सेट पनि समान ७–६ ले जित्दै सेटलाई २–२ को बराबरी गर्न सफल भएका थिए ।

निर्णायक सेट मुर्रेले ६–४ ले आफ्नो पक्षमा पार्दै खेल ३–२ ले आफ्नो पक्षमा पार्न सफल भयो । मुर्रेले विश्व नम्बर ४८ माथि जित निकाल्न झन्डै ५ घन्टा समय खर्चिएका थिए । मुर्रेले पछिल्लोपटक अगस्ट २०१९ मा विम्वल्डनमा प्रतिस्पर्धा गरेका थिए । त्यसयता उनी मैदानबाहिर रहेका थिए ।

यस्तै, महिलातर्फ अमेरिकी सेरेना विलियम्सले आफ्नै देशकी क्रिस्टी एनमाथि ७–५ र ६–३ को सोझो सेटमा जित निकाल्दै अर्काे चरणमा प्रवेश गरेकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी