पाँचथरमा एक हप्ता थपियो लकडाउन

पाँचथर । जिल्लामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण थप फैलिन नदिन १२ भदौदेखि १८ भदौ मध्यरातीसम्म लगाइएको लकडाउन थप एक हप्ता लम्ब्याइएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले संक्रमण फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै लकडाउन २५ भदौसम्म थप गर्ने निर्णय गरेको हो । अत्यावस्यक बाहेक दुई पाङ्ग्रे सहितका सवारी साधन र बजार, पसल २५ भदौ मध्यरातीसम्म बन्द गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेले जानकारी दिए ।

जिल्लामा हाल सक्रिय कोरोना संक्रमितको संख्या सात रहेको छ । कूल १५ संक्रमितमध्ये आठ जना भने उपचारपछि निको भएर घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 238 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एक उपमेयरसहित ७ जनाको मनोनयन खारेज