Thursday, June 4, 2020
Home प्रदेश कोरोना भाईरसबाट जोगिने र जोगाउने विद्यार्थीहरुको नौलो प्रयास

कोरोना भाईरसबाट जोगिने र जोगाउने विद्यार्थीहरुको नौलो प्रयास

सप्तरी । विश्वभर कोरोना भाईरसको त्रास फैलिरहेको बेला यसको प्रभाव र यसबाट जोगिने उपायबारे सचेतना फैलाउने उदेश्यले महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका विद्यार्थीहरुले नौलो कार्यक्रम संचालनमा ल्याएका छन् ।

                क्याम्पस हातामै बुधबार एक कार्यक्रमको आयोजना गरी माईक्रोबायोलोजि चौथो वर्षमा अध्यनरत १० जना विद्यार्थीले सरोकारवालाहरुलाई राखेर कोरोना भाईरसको संक्रमण तथा यसबाट सुरक्षित रहने उपायबारे रंगोली, कोरोना भाईरसको विभिन्न आकृति निर्माण तथा श्रव्यदृश्य लगायतका माध्यमले सचेतना फैलाउने कार्यको शुभारम्भ गरेका हुन ।

                क्याम्पस प्रमुख डा. सर्वेशचन्द्र मिश्रको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि राजविराज नगरपालिकाकी उप प्रमुख साधना झाले उदघाटन गरेकी हुन् । क्याम्पस प्रवेशद्वार देखि कार्यक्रम स्थलसम्म रहेको कोठा सम्म सडकमा रंगोली तथा किनारमा कोरोना भाईरसको विभिन्न आकृति समेत राखेर भयावह बन्दै, गएको कोरोना भाईरस रोगबारे सर्वसाधारणलाई सचेत गराउने प्रयास गरिएको हो ।

                माईक्रोबायोलोजि चौथो वर्षमा अध्यनरत अंजली ठाकुर, आफरिन कौशर, टिना आनन्द, किरण गुप्ता, पुजा दास, पुजा साह, हिरा कुमारी साह, प्रियंका देव, आर्दश राज, शिवचन्द्र यादव र सुस्मिता सोनी गरी १० जना विद्यार्थी मिलेर त्यस्तो सचेतना मुलक कार्यक्रम तयार पारेको क्याम्पसको माईक्रोबायोलोजि विभागका प्रमुख सियाराम भगतले जानकारी दिए ।

                उनले यस्ता कार्यक्रमले कोरोना भाइरसको त्रास धेरै हदसम्म न्युनिकरण हुने विश्वास समेत व्यक्त गरे । कार्यक्रममा श्रव्यदृश्य प्रचार सामग्री मार्फत माईक्रोबायोलोजि छात्रा अंजली ठाकुर सहित १० जना विद्यार्थीले कक्षा समेत संचालन गरी सहभागीहरुलाई कोरोना भाईरस रोग र यसबाट बच्ने उपायबारे प्रशिक्षण दिई रहेका छन् ।

                कार्यक्रममा सहभागीहरुले संसारभर त्रास फैलाएको कोरोना भाईरसको त्रास र जोखिमबारे सत्य तथ्य जानकारी दिने र यसबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔ भन्ने सन्देश सहित विद्यार्थीहरुले थालेको नौलो प्रयासको प्रसंसा गर्दै स्वाथ्य क्षेत्रमा क्रियाशिल संस्थाहरुले समेत यस्तो कार्यक्रमहरु संचालनमा ल्याउनुपर्ने सुझाव दिएका छन् ।

(Visited 185 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

मुगुमा पनि भेटिए कोरोना संक्रमित

मुगु । कर्णालीका प्रदेशको दश जिल्ला मध्ये ५ जिल्लामा कोरोना संक्रमण देखिँदा पनि कोरोनाले नछोएको मुगु जिल्लामा १ जनामा कारोना संक्रमण भएको पुष्टि भएको...

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ५४ पुग्यो

कास्की । गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान...

चक्रवात ‘निसर्ग’ को प्रभाव : देशभर बदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ । चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’...

लकडाउन खुकुलो बनाउँदै सरकार

काठमाडौं । लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत...

भर्खरै

कोरोना संकटबाट बाहिरिन नेपालले ४२ अर्ब ऋण लिने

काठमाडौं । कोभिड १९ को संकटबाट उकास्नका लागि विश्व बैंक र एसियाली विकास बैंकले ऋण सहायता प्रदान गर्ने भएको छ । विश्व बैंकले १२...

भारतमा एकैदिन ९ हजार भन्दा बढी संक्रमित, मृतकको संख्या ६ हजार नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको...

सिन्धुलीका कोरोना संक्रमित आइसोलेसनमा भर्ना, अस्पतालका सबै सेवा सुचारु

सिन्धुली । सिन्धुलीका कोरोना संक्रमितलाई सिन्धुली अस्पतालमा भर्ना गरिएको छ । जिल्लामा बुधबार एकजनामा कोरोना संक्रमण भेटिएपछि उनलाई विहिबार विहान आइसोलेसनमा भर्ना गरी उपचार...

सिन्धुलीमा एक जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुली । जिल्लामा एकजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेशले मन्त्रालयको दैनिक प्रतिवेदनमा बुधबार उक्त पुष्टि गरेको...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)