काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार तीन सय ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा चार सय ६४ महिला र ८ सय ९५ जना पुरुष गरी कुल एक हजार ३ सय ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।
आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार नाघेको छ । आजसम्म ४४ हजार दुई सय ३६ जनामा संक्रमण पुष्टि भएको छ ।