Sunday, May 9, 2021
Home Editor-Picks टिकटकले गर्दा नेपालमा इन्टरनेट ‘स्लो’

टिकटकले गर्दा नेपालमा इन्टरनेट ‘स्लो’

,

काठमाडौं । सेवा प्रदायकले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एपलगायतमा आउने समस्याका कारण इन्टरनेटको स्पीड स्लो हुनसक्ने बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ)नेपालले गरेको भर्चुअल अन्तरक्रियामा उनीहरुले इन्टरनेट स्लो हुनुमा आफुहरुको मात्रै कमजोरी नभएको पनि प्रष्ट पारेका छन् ।

सुबिसु केवल नेट प्रालीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनयमोहन साउदले भारतका टाटा, एअरटेललगायतका कम्पनीमा समस्या आउँदा, कुनै सेवा क्षमता भन्दाधेरै प्रयोग हुँदा र उपभोक्ताले प्रयोग गर्ने डिभाइसको गुणस्तर आदि कारणले पनि इन्टरनेट स्लो हुन सक्ने बताए ।

‘ग्राहकको गुनासो जायज नै हो, इन्टरनेट सेवा प्रदायकले चर्को प्रतिष्पर्धाका कारण आफूसँग भएको क्षमताभन्दा धेरै एमबीपीएस दिन्छु भनेका पनि हुन सक्छन्, तर धेरै समस्या हाम्रो कारणले मात्रै आएका हुँदैनन्, हामी त उपभोक्ता र सर्भर वा एपबीचको पुल मात्रै हौं, तीन पक्षमध्ये एउटामा समस्या आयो भने इन्टरनेट स्लो हुन्छ’ उनले भने ।

सिइओ साउदले ग्राहकको गुनासो सम्बोधनका लागि सबै सेवा प्रदायकले काम गरिरहेका र यसमा आफूहरुको पहलले मात्रै पूर्ण समाधान नआउने धारणा राखे । उनले कुनै बेला फेसबुक, युटुब, टिकटकलगायतका प्लेटफर्ममै समस्या आएको अवस्थामा पनि उपभोक्ताले इन्टरनेट सेवा प्रदायकलाई दोषी ठान्ने गरेको गुनासो गरे ।

यस्तै भायनेट कम्युनिकेसन प्रालिका प्रबन्ध निर्देशक विनय बोहोराले इन्टरनेट स्लो हुने उपभोक्ताको गुनासो कहिल्यै पनि अन्त्य नहुने धारणा राखे ‘अहिले टिकटकका कारण नै इन्टरनेट स्लो भएको छ, भोलि यस्तै अर्को एप आउला, धेरै इन्टरनेट खपत गर्ने साइट आउला, त्यो बेला पनि इन्टरनेट केही स्लो हुन सक्छ, त्यसैले यसको गुनासो पूर्णरुपमा समाधान हुन सक्दैन, हामीले कम गर्दै लैजाने हो ।’

अहिले ८० प्रतिशत इन्टरनेट खपत भिडियोेमै रहेको र यो बढ्दो क्रममा रहेकाले आउँदा दिनमा कसरी गुणस्तरीय इन्टरनेट दिने भन्ने विषय चुनौतीपूर्ण रहेको बोहोराको भनाइ छ । उनका अनुसार अहिले नेपालमा इन्टरनेटको खपत धेरै बढे पनि त्यसलाई व्यवस्थापन गर्ने पूर्वाधार र उपकरण छैनन्, व्यान्डविथ पनि विदेशबाट ल्याउनुपर्ने बाध्यता छ, ठूला प्लेटफर्मका सर्भर र एक्सचेञ्ज नेपालमा राख्न सकेमा इन्टरनेट सेवा प्रदायकलाई गरिने आलोचना केही कम हुनेछ ।

कोरोनाका कारण समस्या झनै बढ्दो

कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणले देशभर लागू गरिएको बन्दाबन्दी र निषेधाज्ञाका कारण सर्वसाधारण घरभित्रै बस्नुपर्दा इन्टरनेटको स्पीडमा थप समस्या भएको छ । विशेषगरी टिकटक, फेसबुक र युटुबका प्रयोगकर्ताको सङ्ख्या र चलाउने समय पनि बढेकाले इन्टरनेट पु-या्माहम्मे परेको सुबिसु केवल नेट प्रालीका सीईओ साउदको भनाइ छ ।

लकडाउनपछि सुबिसु केवल नेटको मात्रै २२ देखि २५ जीबीपीएस व्यान्डविथको माग बढेको उनले जानकारी दिए । ‘लकडाउनअघि एउटा ग्राहकले महिनाभरमा झण्डै तीन सय जीबीपीएस इन्टरनेट खपत हुन्थ्यो, अहिले पाँचदेखि छ सय जीबीपीएस खपत भइरहेको छ, प्रायःजसो प्रयोगकर्ताकै कारणले पनि इटरनेट केही स्लो भएको हुन सक्छ, यो कुरा उहाँहरुले पनि बुझिदिँदा राम्रो हुन्छ’ सीईओ साउदले भने ।
उनका अनुसार कोरोनापछि गूगल ३७ प्रतिशत, फेसबुक ७२ प्रतिशत र टिकटकको प्रयोग ७५ प्रतिशतभन्दा धेरैले बढेको छ । मनोरञ्जनका लागि चलाइने एप या सर्भरले एचडी तथा उच्च क्षमतामा चलाउँदा इन्टरनेट स्लो हुने भएकाले सकभर त्यसो नगरिदिन आग्रह गरिएको छ ।

सेवाप्रदायक मात्रै दोषि हैनन् : दूरसञ्चार विज्ञ आनन्दराज खनाल

अन्तरक्रियामा सहभागी दूरसञ्चार विज्ञ आनन्दराज खनालले देशमा भइरहेको अनेक अभावबीच इन्टरनेट सेवा प्रदायक (आईएसपी)ले दिएको सेवामा सन्तुष्ट हुनुपर्ने बताए । महामारीको बेलामा इन्टरनेटको गुणस्तर सुधारका लागि विकसित देशले व्यान्डविथ बढाउनेदेखि अन्य धेरै पहल गरेको भए पनि नेपालले त्यसका लागि खासै पहल नगरेको धारणा राखे ।

आईएसपीले विदेशमा व्यान्डविथको पैसा भुक्तानी गर्न कयौं दिनयता र उता धाउनुपर्ने बाध्यता रहेको भन्दै खनालले सरकारले गुणस्तर सुधारका लागि नीतिगत र व्यवहारिक काममा ध्यान दिनुपर्नेमा जोड दिए । रासस

(Visited 816 times, 1 visits today)
Loading comments...

आजको समाचार

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

कोरोना सङ्क्रमणबाट शिक्षण अस्पतालमा नौ जनाको मृत्यु

 माेरङ । कोरोना सङ्क्रमणबाट यहाँका दुई शिक्षण अस्पतालमा आज बिहान चार र गएको १२ घण्टाको अवधिमा पाँच गरी नौजनाको मृत्यु भएको छ । सुनसरीको इटहरी...

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख...

साताका लोकप्रिय समाचार

दाजुको कुटाइबाट भाइको ज्यान गयो

उदयपुर । उदयपुरमा दाजुको कुटाईबाट भाइको ज्यान गएको छ । सामान्य घरासयी बिवादमा दाजु पुलकित चौधरीको कुटाईबाट त्रियुगा नगरपालिका– ९ चौकीबारीका खुसीलाल चौधरीको ज्यान...

सुदूरपश्चिममा मृत्युदर भयावहः मृत्यु हुनेमा युवाको संख्या बढी

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबर ३० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो । सामान्य ज्वरोपछि साताअघि उनी अस्पताल भर्ना भएकी थिइन्...

बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

बुर्किना फासो । मानव तस्करले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु-याउँछन् । हरेक रात...

बजेट तर्जुमा र कार्यान्वयनको रन्को

अर्थ मन्त्रालयले सबै मन्त्रालयलाई आर्थिक वर्ष २०७८-७९ को बजेट बनाउँदा नयाँ परियोजना राखेर बजेट नबनाउन अनुरोध गरेको छ । बर्सेनि परियोजना थप्दै जाँदा बजेटको...

रेम्डेसिभिरमा कालोबजारीः एक भाइलकै ४० हजार

काठमाडौं । कोराना संक्रमित उपचारमा प्रभावकारी मानिएको ‘रेम्डिसिभिर’मा कालोबजारी पाइएको छ । बिरामीका आफन्तका अनुसार एक भाइल रेम्डेसिभिरको ४० हजारमा किन्नुपर्ने बाध्यता छ ।...

ट्रेन्डिङ

वडाध्यक्षलाई धुलाई

बैतडी । पुर्चौडी नगरपालिका वडा नं ७ का वडाध्यक्ष रामबहादुर ऐरमाथि कुटपिट भएको छ । उनीमाथि सोही वडाका ३७ बर्षीय धर्मानन्द बडुले मदिरा...

‘अविलम्ब बैठक बसी विवाद समाधान गर’

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेको बेला अनुशासन आयोगले अविलम्ब बैठक राखी विवाद समाधान गर्न सुझाव दिएको छ ।...

साम्यवादसम्म नपुग्दा पार्टीभित्र विवाद र वहस भइरहन्छन् : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साम्यवादसम्म नपुग्दा पार्टीभित्र विवाद र वहस भइरहने बताउनुभएको छ...

ओली समूह देशभर प्रशिक्षणमा खट्यो

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले बुधबार सात वटै प्रदेशमा प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य,...

गए अब गाेरुका दिन

सुनकोशी गाउँपालिका–२ ठोकर्पाकी लक्ष्मी खत्रीको परिवारलाई वर्षा लाग्न साथ एउटा चिन्ताले सताउने गरेको थियो,त्यो हो रोपाँइ गर्नुपर्ने तर गाउँमा गोरु नभएपछि कसरी रोपाँई गर्ने...

कैलालीका युवा पनि कोरोना जितेर घर फर्किए

धनगढी । कैलालीका कोरोना संक्रमित एक जना युवक आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका ९, प्रतापपुरका २१ वर्षीय राज विकको...

लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

चौंथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले जितका लागि ६३ रनको लक्ष्य पाएको छ । सुदूरपश्चिम प्रदेशले पहिला ब्याटिङ गर्दै ६२...

दाङमा गुडिरहको बसबाट खसेर महिलाको मृत्यु

तुलसीपुर । गुडिरहेको बसबाट खसेर तुलसीपुर १४ भोजपुरमा एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर उपमहानगरपालिका–१४ भोजपुर निबासी ५८ बर्षकी सुशिला वली...

ओपो ए ५३ को फिचर यस्तो छ

काठमाडौं । ओपोले नेपालमा आफ्नो ए सिरिजका फोन्सअन्तर्गत ओपो ए५३ सार्वजनिक गर्ने तयारी गरेको छ । तीव्र र सहज कार्य प्रदर्शनीका लागि विशेष डिजाइन...

कोरोनाको महामारी र मितव्ययिता

विनाशकारी भूकम्प र नाकाबन्दीले नेपालको अर्थतन्त्रमा झन्डै २० खर्ब मूल्य बराबरको क्षति पु¥याएर नेपाली अर्थतन्त्र तंग्रिन नपाउँदै विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणले...

निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्छ : सभापति देउवा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको वर्तमान परिस्थितिलाई निकास दिन निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्ने बताएका छन् । नेपाल निजामती कर्मचारी...

कोरोना संक्रमण समुदायमा फैलिएकाबारे अध्ययन, तेस्रो चरणमा प्रवेशको खतरा

काठमाडौँ । सरकारले कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने भएको छ । कोभिड–१९ को सङ्क्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)