Saturday, September 25, 2021
Your Ads Here
Homeभर्खरैपाँच जनाभन्दा बढी व्यक्ति भेला हुन निषेध

पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन निषेध

,
sharethis

ललितपुर । रातो मच्छिद्रन्नाथको रथ भएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन जिल्ला प्रशासन कार्यालय, ललितपुरले निषेध गरेको छ ।

बिहीबार रथ तान्ने क्रममा स्थानीयवासी र प्रहरीबीच झडप भएपछि प्रशासन शुक्रबार कफ्र्यु आदेश जारी गरेको थियो । मच्छिन्द्रनाथको रथका सवालमा सम्भावित हुनसक्ने घटनालाई मध्यनजर गर्दै शनिबारदेखि निश्चित क्षेत्रमा बिहान ५ बजेदेखि बेलुकी १० बजेसम्म लागू हुने गरी पाँच जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरेको छ ।

पाँच जनाभन्दा कम मात्र हिंड्न अनुरोध गरिएको छ । पाँच जनाभन्दा बढी रथ आसपास हिंडडुल गर्न निषेध गरिएको छ, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने, ‘पूर्वमा मदन स्मृति स्कुल अगाडिको चोक, पश्चिममा महानगरपालिकाको कार्यालय, दक्षिणमा सेन्ट जेभियर्स स्कुल अगाडिको चोक र उत्तरमा बल्खुडोलमा भेला हुन निषेध गरिएको छ । त्यस्तै, मिननाथको रथ रहेको क्षेत्र आसपास पनि पाँच जनाभन्दा बढी भेला हुन निषेध गरिएको छ ।

शुक्रबार प्रशासनको सहमतिबिना निषेधाज्ञाको समयमा रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न खोज्दा यो झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेका थिए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्कमा

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राई र गुठी संस्थानका अधिकारी र १९ ओटा जातीय संगठनको बैठकले ‘संक्षिप्त रथयात्रा’ गर्ने निर्णय गरेअनुसार शुक्रबार क्षमा पूजा गरिएको हो ।

बैठकले संक्षिप्त विधिबाट मच्छिन्द्रनाथलाई बुंमती लैजाने सहमति भएको बैठकमा सहभागी गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले जानकारी दिए । बैठकले सबै सरोकारवालाको सहमतिमा रातो मच्छिन्द्रनाथ जात्राका सबै विधि हाल रथ भएकै स्थानमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।

उनका अनुसार भदौ २१ गते सोह्र खुट्टेपाटीसम्म रथ तान्ने र छ्वयलाबु गर्ने निर्णय भएको छ ।

यस्तै २२ गते ज्योतिषले साइत हेरेपछि निक्लिएको शुभसाइतमा मच्छिन्द्रनाथलाई सिधै बुंममती पु¥याउने सहमति भएको छ । सम्भवतः भदौ २६ गतेको साइत जुर्न सक्ने कार्यदलको अनुमान छ । यसैबीच, जातीय खलः पुचःले रातो मच्छिद्रनाथको रथयात्राका अवसरमा नखःत्या नबोलाउन अपील गरेका छन् ।

तपाइको प्रतिक्रिया

(Visited 686 times, 1 visits today)

आजको समाचार

ढल निकास सुव्यवस्थित गर

राजधानी काठमाडौंमा नै ढल व्यवस्थापन अस्तव्यस्त हुँदा कपनस्थित ढलमा खसेर एक बालक बेपत्ता भएको घटना सामान्य होइन । राजधानीको केन्द्र भागमा नै यस्तो घटना...

म्युजिक भिडियोमा देखिँदै साम्राज्ञी (फाेटाेफिचर)

  काठमाडाैं । म्युजिक भिडियोमा खासै नदेखिने अभिनेत्रीमा पर्छिन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । उनै अभिनेत्री शाहलाई दर्शकले अब नयाँ एक गीतको भिडियोमा देख्न पाउने भएका...

करिश्मादेखी शान्ता चाैधरी समेतले होम सेन्टरमै दिए कक्षा १२ को परीक्षा

काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट सम्पन्न भएको छ ।...

कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा

  काठमाडाैं ।  नेपाली कांग्रेस काठमाडौँको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको...

बाजुरामा अनन्ते मेला सकियो, देउडा सकिएन

  बाजुरा । बाजुराबासीको मौलिक साँस्कृतिक पर्व अनन्ते मेला यहाँका स्थानीयले बडो महत्वका साथ मनाउने गरेका छन् । अनन्तेलाई दशै तिहार जस्तै उत्साह र उमंगका...

साताका लोकप्रिय समाचार

ढल निकास सुव्यवस्थित गर

राजधानी काठमाडौंमा नै ढल व्यवस्थापन अस्तव्यस्त हुँदा कपनस्थित ढलमा खसेर एक बालक बेपत्ता भएको घटना सामान्य होइन । राजधानीको केन्द्र भागमा नै यस्तो घटना...

संखुवासभा सामूहिक हत्या प्रकरण: प्रमुख योजनाकार नै अर्कै, दुई परिवारका पाँच जना संलग्न

धनकुटा । गत २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५७ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या अभियोगमा प्रहरीले उनीहरूकै आफन्त २६ वर्षीय...

जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल

  काठमाडाैं ।  सत्ता गठबन्धनको बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको गठबन्धनको बैठकमा जतिसक्दो चाँडो मन्त्रिपरिषद्...

लागूऔषध चरेस कारोबारको नयाँ शैली

काठमाडौं । लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस...

नेपालको चुनौती समाप्त

काठमाडौं । हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको एएफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । जित निकाल्नै पर्ने खेलमा हङकङको महिला राष्ट्रिय...

ट्रेन्डिङ

नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि...

आमिरले लद्दाखमा छायांकन गर्न मानेनन्

मुम्बई । अभिनेता आमिर खानले अहिलेको अवस्था लद्दाखमा आफूले छायांकन गर्न नसक्ने बताएका छन् । निर्माण पक्षले लद्दाकमा राखेको आफ्नो फिल्म ‘लाल सिंह चड्डा’को...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)