आमा- बुबाको अनुहार हेर्ने, पिउलीको सपना अधुरै

बझाङ । साईपाल गाँउपालिका वडा नम्बर ४, की पिउली कुमारी रोकाया अहिले १४ बर्ष लागिन् । उनी एक बर्षको हुँदा आँखा देख्थिन् । दुई बर्ष पुरा हुन केही दिनमात्र बाँकी हुँदा उनी झाडापखालले थला परिन । नजीकै स्वास्थ्य चौकी समेत नभएको र घरको आर्थिक अवस्था समेत निकै नाजुक भएका कारण उनका अभिभावकले उनको उपचार गर्न सकेनन् ।


करिब २ महिना सम्म उनी थला परिन् । उनका उभिभावकहरुले छोरी बाँच्दैन भन्दै आश समेत मारि सकेका थिए । धन्न जेनतेन बाँचिन् । उनलाई राम्रो भयो । पछि गएर आँखा देख्न नसक्ने भईन् । छोरी आँखा देख्न नसक्ने भएपछि कसैले रतन्धो लागेको र कसैले देवि देउता लागेर यस्तो भएको भन्दै कुराहरु काट्न थाले ।


उनका परिवारका सदस्य पनि धामीझाँक्री तर्फ नै बढी लागे । त्यो उनको परिवारको बाध्यता थियो । घर छोडेर बाहिर निस्कन र छोरीको उपचार गराउनका लागि आर्थिक अवस्था समेत थिएन । गाँउले तथा छिमेकीको घरमा काम गरेर छोराछोरी र आफ्नो परिवारको पेट पाल्नु पर्ने बाध्यता उनको परिवारको थियो । जसका कारणले उनको उपचार गर्न असम्भव भएन र अहिले सम्म अन्धकारमय जीवन विताउँदै आएकी छिन् ।


गाँउका दाजु भाई दीदी बहीनी र छिमेकी संगै गाउँ बाहिरबाट जाने जतिपनि यक्तीहरु छन् उनीहरुले छोरीको आँखाको उपचार गराए राम्रो हुने र छोरी देख्न सक्ने भन्दै सल्लाह दिदै आएकाछन् । गाउँपालिका भै सकेपछि गाउँपालिकाले सहयोग गर्ने भन्दै गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले आश्वसन दिएपछि उनका बुबा गंगराम रोकायाले छोरीको आँखाको उपचार गराउन कैलालीको गेटा आँखा अस्पतालमा लगे ।


गाँउपालिकाले २५ हजार सहयोग समेत गरेको रोकायाले बताए । उनले भने पिउलीको दुबै आँखाको सल्यक्रिया २०७५ पौष महिनामा गरिएको थियो । एक महिनापछि डाक्टरले फेरी चेकजाँच गर्न गेटा आँखा अस्पताल कैलालीमा अनिवार्य आउनु भनेको थियो । गाउँमा माघ महिनामा बाक्लो हिउँपात भयो । आफुसँग टिकट काट्न समेत पैसा नभएका कारण छोरीलाई लिएर उपचार गर्न जान नसकेको उनले बताए ।

अहिले गाउँकै युवाहरु मिलेर सदरमुकाम चैनपुरमा चन्दा संकलन गर्दै आएका छन् । रोकायाले त्यही चन्दा संकलन गरेको रकममा आश गर्दै सोही रकम लिएर छोरीको उपचार गराउन जाने सोच बनाएको बताए । छोरीले बुबा म आँखा देख्छु होला नि है ? कस्तो छ बुबा बाहिरको संसार , अनि आमा,बुबा, दाजुभाई दीदीबहीनीको अनुहार कस्तो छ ? भनेर सोधेको सोधेकै छ । त्यसको जबाफ मसंग छैन र म केही पनि बोल्न सक्दिन । उनले आफ्नो पाखो जमिन भएका कारण विक्री गर्न समेत नमिल्ने बताए ।

१२ महिना काम गरेर उक्त खेतबारीबाट दुई महिना समेत राम्रोसंग खान नपुग्ने बताउँदै छोरीको आँखाको उपचारका लागि भन्दै कसैले २ सय कसैले एक हजार कसैले ५ सय गर्दै ६० हजार जम्मा भएको चन्दा संकलन गर्न लागेका छिमेकी राम बहादुर बोहराले बताए । सबैभन्दा बढी गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले ब्यक्तीगत दश हजार सहयोग गरेको छ । संकलन भएको रकम पनि अभाव हुने भएका कारण छोरीको उपचारमा बाधा पुग्ने भन्दै उनले सम्पुर्ण देश विदेशमा रहेका नेपालीहरु मझ सहयोगको अपिल समेत गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तहको निर्वाचनमा दलको चुनावी घोषणापत्र