sharethis
Monday, October 18, 2021
Your Ads Here

रातो मच्छिन्द्रनाथको रथ आज तानिने

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ आज तानिंदै छ । रथलाई हाल रहेको स्थान पुल्चोकबाट करिब २० मिटर टाढा रहेको सोह्रखुट्टे पाटीसम्म पुर्याइने छ ।

जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै आइतबार दिउसो तीन बजे रथ तानिने तयारी भएको बताए ।

यस्तै अजै हाल गाःबहालमा रहेको मीननाथको रथलाई पनि तानेर सोह्रखुट्टे पाटीसम्म पुर्याइने तयारी गरिएको छ । अहिले रातो मच्छिन्द्रनाथको रथ मर्मतको काम भइरहेको महर्जनले जानकारी दिए ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सुरक्षा मापदण्ड पालना गरेर रथ तान्ने तयारी भइरहेको र १ सय ६० जनाले रथ तान्ने जानकारी दिए । उनका अनुसार तीन-तीन फिट वा छ फिटको दूरीमा हरेक मानिसलाई राखेर रथ तान्ने तयारी छ ।

दुबै रथ सोह्रखुट्टे पाटीसम्म पुर्याइएपछि ललितपुरवासीले आजै ‘छ्वयलाभू’ र सोमबार (भोलि) ‘भुज्या’ मनाउनेछन् । त्यसपछि २६ भदौमा रातो मच्छिन्द्र नाथलाई बुंगमति प्रस्थान गराइने तयारी छ ।

यससँगै वर्षा र सहकालका देवता मानेर पुजिने रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ । विगतका वर्षहरुमा मच्छिन्द्रनाथलाई पुल्चोकमा तयार पारिएको रथमा राखिएको चार दिनमा पुल्चोकबाट तानेर गाःबहाल, मंगलबजार, सुन्धारा, लगनखेल र जावलाखेल पुर्याइन्थ्यो ।

तर यस वर्ष भने कोरोना संक्रमणको जोखिमका कारण भोटो देखाउने जात्रा नहुने भएको हो । रथ जावलाखेल पुर्याएको दिन भोटो देखाउने जात्रा गर्ने गरिएको थियो । भोटो देखाउँदा राष्ट्राध्यक्षसमेत सहभागी हुने परम्परा छ ।

मच्छिन्द्रनाथको रथ गत साउन १० गते पुल्चोकमा ठड्याए पनि कोरोना संक्रमणको जोखिमका कारण तानिएको थिएन । यसअघि गत बिहिबार रथ तान्ने क्रममा पुल्चोकमा प्रहरी र स्थनीय बिच झडप भएको थियो ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

सक्षम मौद्रिक नीतिको खोजी
केभीएस क्वार्टरमा
प्रहरीले सोध्न थाल्यो ‘तपाईको मास्क खै ?’
अंश छोडेर सम्बन्ध विच्छेद
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी
रोनाल्डो अर्का कीर्तिमानतर्फ

आजको समाचार

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
गाेहल चाैधरी : दसैंप्रति उत्साह छैन
मिडियाकाे दवावपछि कांग्रेस मलाई मन्त्री बनाउन वाध्य भयाे : डोबाटे विश्वकर्मा

साताका लोकप्रिय समाचार

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
गाेहल चाैधरी : दसैंप्रति उत्साह छैन
चाडबाड नजिकिँदा आउँछ परदेशी सन्तानको याद
धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, चार जना घाइते

भर्खरै

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
Dhruba Lamsal || 12 October 2021
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ । १८ जना घाइते भएका...

कुरी-कुरी