Monday, May 17, 2021
Home Breaking News कोरोना महामारीले प्रधानन्यायाधीश मातहतका काम प्रभावित

कोरोना महामारीले प्रधानन्यायाधीश मातहतका काम प्रभावित

,

काठमाडौं । कोरोना महामारीका कारण प्रधानन्यायाधीश मातहतमा रहेका योजनाको काम प्रभावित बनेको छ । प्रधानन्यायाधीशको अध्यक्षमा गठित न्यायमा पहुँचका कामअन्तर्गत उत्पीडित र विपन्न वर्गका लागि न्यायमा पहुँच अभिवृद्धिको काम चैतयता ठप्प भएको छ ।

कोरोना भारइसको महामारीका कारण चैतयता लकडाउनका कारण न्यायमा पहुँचअन्तर्गत गर्ने पर्ने काम प्रभावित बनेको हो । महामारीसँगै सर्वोच्चसहित मुलुकभरका अदालतको न्यायिक कामसमेत प्रभावित बन्न पुगेको छ । समयावधि तोकेरसमेत काम गर्न सक्ने अवस्था रहेन ।

अदालतमा दैनिक तोकिने मुद्दाको पेसीसमेत पछिल्लो समय प्रभावित बनेको छ । कोरोनाका कारण बन्दी प्रत्यक्षीकरण, थुनछेक बहसबाहेक अन्य सबै काम प्रभावित भएका बेला प्रधान्यायाधीश मातहत रहने आयोगको कामसमेत प्रभावित हुन पुगेको हो ।

कोरोनाका कारण बालबालिका, ज्येष्ठ नागरिक, असहाय तथा आर्थिक विपन्नताका कारण न्यायको पहुँचबाट बाहिर रहेकाहरूलाई समेट्ने गरी न्यायमा पहुँच पु-याउने उद्देश्यले स्थापना भएका आयोगले काम गर्न सकेको छैन । कोरोना प्रभावले जेठ मसान्तभित्र सम्पन्न गर्नुपर्ने काम हुन सकेको छैन ।

कोरोना महामारीका कारण देशभरका अदालतका कर्मचारीलाई दिइने प्रशिक्षणसम्बन्धी निर्देशिका तय गर्ने र अदालतबाट छिटो सेवाप्रवाह कसरी दिन सकिन्छ भन्ने विषयको काम अलपत्र बने

न्यायमा पहुँच लक्षित योजनाको कामका लागि लक्षित वर्गसम्म पुग्न सक्ने अवस्था छैन । मानव संशोधन विकास तथा प्रशासन महाशाखाले कार्यान्वयन गर्ने गरी न्यायको पहुँचमा देखिएको समस्याहरू आँैल्याउन प्रतिवेदन तयार गर्न वैशाखसम्म समय तोकिए पनि भदौ मसान्तसम्म आइपुग्दा काम हुन सकेको छैन । लक्षित वर्गको न्यायिक उपचारको विषयमा स्थानीय पदाधिकारी, शिक्षक, विद्यार्थी र सामाजिक परिचालकसम्मै पुग्ने योजना प्रभावित हुन पुग्यो ।

चैत मसान्तसम्ममा पूरा गरिसक्नुपर्ने यो काम रोकिएको छ । कार्यक्रम सम्पन्न गर्न राष्ट्रिय न्यायिक प्रतिष्ठानमार्फत प्रशिक्षण चलाउन भनिएको थियो । कारोबारमा रहेका कैदीबन्दीमा देखिएको समस्याका विषयमा अध्ययन र अनुगमन गर्ने, बाल सुधार गृहमा रहेका बालबालिकाको अवस्थाको विषयमा बुझेर प्रतिवेदन बनाउन समयसीमा जेठसम्म तोकिएको थियो । सो कार्यका लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र बाल न्याय समन्वय समितिसँग समन्वय गर्ने भनिएको थियो ।

तर, कार्ययोजनाअनुसार काम हुन सकेन । लक्षित वर्गका व्यक्तिहरूको हक स्थापित गर्न स्थानीय तहसँग समन्वय गरेर देशभरको सबै स्थानीय तहमा गर्न लागिएको कार्यक्रम वैशाखमै सक्नुपर्ने थियो । कोरोना महामारीले काम अगाडि बढ्न सकेन ।

कोरोना महामारीका कारण देशभरका अदालतका कर्मचारीलाई दिइने प्रशिक्षणसम्बन्धी निर्देशिका तय गर्ने र अदालतबाट छिटो सेवाप्रवाह कसरी दिन सकिन्छ भन्ने विषयको काम अलपत्र बने । अदालतको कामको प्रभावकारिता बढाउन गर्नुपर्ने कामका लागि दिइने प्रशिक्षणसम्बन्धी विषय प्रभावित बन्न पुग्यो । समयतालिका तोकेर मन्त्रालयसँगको समन्वयमा देशव्यापी रूपमा न्यायमा पहुँच कार्यक्रम सम्पन्न गर्ने योजना तय भएको थियो ।

जेठ मसान्तभित्र अदालतमा सांकेतिक भाषाको प्रयोगसम्बन्धी अध्ययन प्रतिवेदनका आधारमा विज्ञको सूची तयार गर्ने काम रोकिन पुग्यो । सर्वोच्च महाशाखाको समन्वयमा सो योजना हुन लागेको थियो । महाशाखाले जेठमै विज्ञहरूको सूची रोस्टरमा राख्नुपर्ने गरी काम दिइएको थियो ।

(Visited 253 times, 1 visits today)
Loading comments...

आजको समाचार

राष्ट्रिय सभा उपनिर्वाचनः संक्रमित मतदाताले पनि भोट हाल्न पाउने

७२ घण्टाको पीसीआर रिपोर्ट अनिवार्य काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि भोट हाल्न मिल्ने व्यवस्था मिलाएको छ । उपनिर्वाचनका...

साताका लोकप्रिय समाचार

बारामा अक्सिजन हाहाकार

बारा । बारामा अक्सिजनको कृत्रिम अभाव सिर्जना भएको छ । कृतिम अभाव भएपछि कोरोना संक्रमितका लागि अति आवश्यक पर्ने अक्सिजन हाहाकार भएको हो । जिल्लामा...

चालु खाता रु.२ खर्ब ७ अर्ब ४१ करोडले घाटामा

काठमाडौं । गत चैतसम्ममा सरकारको चालु खाता रु.२ खर्ब ७ अर्ब ४१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष आव २०७६-७७ को सोही अवधिमा...

सिलिन्डरका लागि बिरामीका आफन्तको हानथाप

  धनगढी । सुदूरपश्चिम प्रदेशका अस्पतालमा बिरामीका आफन्त एक थान अक्सिजन सिलिन्डरका लागि तड्पिनुपर्ने अवस्था छ । उनीहरुका लागि एक थान सिलिन्डर हात पार्नु युद्ध...

विवाह भोजमा जाँदा एकै घरका तीन जनाको गयो ज्यान

बलेवा । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई...

सकियो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

काठमाडौं । अनलाइनमार्फत नै आयोजना गरिएको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण समापन भएको छ । ‘विश्वका कथाको उत्सव’भन्ने नाराका साथ यो महोत्सव...

ट्रेन्डिङ

अनुचित कार्य, भ्रष्टाचार र अम्बुड्सम्यान

सरकारका तीन अंगमध्ये कार्यपालिकाको अधिकार तुलनात्मक रूपमा बढी हुने र यसैबाट अधिकारको दुरुपयोग हुने भएकाले त्यसलाई नियन्त्रण गर्नका लागि राज्य संयन्त्र अत्यावश्यक हुन्छ ।...

सेयर बजारमा उत्साह, ९२ अंकले बढ्याे नेप्से

काठमाडौं । लगातार दुइ दिन घटेकाे शेयर बजारमा फेरी उत्साह थपिएकाे छ । मंगलबार नेप्से सूचक ९२.४६ अंकले बढेर २५९९९.०७ विन्दुमा आइपुगेको छ । बजार...

देखिएन रक्षाबन्धनको रौनक

सप्तरी, राजविराज । प्रत्येक दिदीबहिनीमा रक्षाबन्धन पर्वको पर्खाई र उत्साह बेग्लै हुन्छ । तर यस पल्ट कोरोनाको त्रास र निषेधाज्ञाका कारण वर्ष दिनको पर्व...

विवादबीच जसपा कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक कात्तिक पहिलो हप्ता बस्ने भएको छ । विवादबीच बस्न लागेको कार्यकारिणी समितिको बैठकले महŒवपूर्ण...

रुपन्देहीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु

रुपन्देही । यहाँ कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रोहिणी गाउँपालिका–४ छिपागढमा लु२च ६७५६ नं को कार दुर्घटना हुँदा रुपन्देही ओमसतिया गाउँपालिकाका–४ का...

नयाँ सरकारबारे कांग्रेसमा दुई धार

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनको निर्णयलाई बदर गरेसँगै बनेको पछिल्लो राजनीतिक अवस्थामा नयाँ सरकार गठनको विषय लिएर नेपाली कांग्रेसभित्र दुई धार देखिएको छ...

विश्वव्यापीरुपमा विप्रेषण आप्रवाह २० प्रतिशतले घट्ने

कोभिड–१९ का कारण विश्वव्यापीरुपमा नै विप्रेषण आप्रवाहमा ठूलो गिरावट आउने विश्व बैंकको एक अध्ययनले देखाएको छ । कोरोना भाइरसको सङ्क्रमण हुने डरका कारण लकडाउन...

जबरजस्ती करणी गर्ने दुई जना पक्राउ

इटहरी । जबरजस्ती करणी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी ५ मा एक महिलालाई जबरजस्ती करणी गरी रकम समेत लुटपाट गरेको...

कालोबजारी रोक्न सूक्ष्म अनुसन्धान टोली , १ वर्ष कैद र १० लाखसम्म जरिमाना

काठमाडौं । कोरोना भाइरस संक्रमणको त्राससँगै बजारमा मौलाउँदै गएको कालोबजारीप्रति लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कालोबजारी गर्नेको पहिचान गर्न सूक्ष्म अनुसन्धान टोली बनाएको...

नदी कटान रोक्न आवश्यक काम भइरहेको छ : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेकाले डर मान्नुपर्ने अवस्था नरहेको बताएका...

मेरो माया करोड

काठमाडौं । गायक सुगम पोखरेल र सोना अमात्यको स्वरमा नयाँ गीत ‘मेरो माया करोड’ सार्वजनिक भएको छ। गीतमा दीपक शर्माको शब्द र सङ्गीत रहेको...

कडा प्रतिस्पर्धाबीच भोलि अमेरिकी राष्ट्रपतीय निर्वाचन, को बन्ला नयाँ राष्ट्रपति ?

वाशिङ्गटन डिसी । अमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचन मङ्गलबार हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने भएको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)