Tuesday, September 22, 2020
Home Not-to-be-missed पोर्चुगलको प्रभावशाली जित

पोर्चुगलको प्रभावशाली जित

लिस्वन । कप्तान क्रिस्टियानो रोनाल्डो चोटका कारण अनुपस्थित रहे पनि पोर्चुगलले यूईएफए नेसन्स लिगको पहिलो खेलमा क्रोएसियामाथि ४–१ को जित दर्ता गरेको छ । झन्डै १० महिनापछि मैदानमा फर्किएको प्रतियोगिताको साबिक विजेता पोर्चुगलले एकपक्षीय प्रदर्शन गर्दै विश्वकपको उपविजेता क्रोएसियालाई पराजित गरेको हो । खेलको पहिलो हाफमा नै आधा दर्जन अवसर खेर फालेको पोर्चुगलले अग्रता लिन ४१औं मिनेट कुर्नुपरेको थियो । जोआओ क्यान्सेलोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा नै तीनपटक क्रसबारमा प्रहार गरेको पोर्चुगलले दोस्रो हाफमा तीन गोल थप्यो । वल्भ्सबाट व्यावसायिक फुटबल खेल्दै आएका डिओगो जोटाले ५८औं मिनेटमा अग्रता दोब्बर पारे । उनले राफेल गुरेरोको पासलाई सदुपयोग गरेका थिए । ७०औं मिनेटमा एटलेटिको म्याड्रिडका युवा फरवार्ड जोआओ फेलिक्सले गोल गरे । म्यानचेस्टर सिटीका बर्नार्डो सिल्भाको पासमा फेलिक्सले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गरेका थिए । खेलको ९०औं मिनेटमा आन्द्रे सिल्भाले पेपेको पासमा गोल गर्दै फराकिलो जित पक्का गरे ।

कप्तान क्रिस्टियानो रोनाल्डोले बुढीऔंलामा सामान्य चोट लागेका कारण यो खेल गुमाएका थिए । यता क्रोएसियाका लागि लुका मोड्रिच र इभान राकिटिचलाई यस चरणका लागि विश्राम दिइएको थियो । यस्तै, युवा स्टार फरवार्ड केलियन एमबाप्पेको गोलमा विश्वविजेता फ्रान्सले युईएफए नेसन्स लिगमा सुखद सुरुवात गरेको छ । फ्रान्सले नेसन्स लिगको पहिलो खेलमा स्विडेनलाई १–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । फ्रेन्ड्स एरिना सोल्नमा शनिबार राति भएको खेलमा पाहुना टोलीको फ्रान्सको जितमा एमबाप्पेले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । अन्तिम समयमा फ्रान्सले पेनाल्टी पाए पनि एन्टोइन ग्रिजमनले सदुपयोग गर्न सकेनन् ।

खेलको सुरुवातमा घरेलु टोली स्विडेनले दबाबमा राखे पनि फ्रान्सको रक्षापंक्ति तोड्न सकेन । १४औं मिनेटमा इमिली फोर्सवर्गको फितलो क्रस एनगोलो कान्टेलाई डिफ्लेक्ट हँुदै बाहिरिएको थियो । लगत्तै प्राप्त कर्नरमा पाएरे विंसटनले प्रयास गरे पनि पोस्टबाट थोरै बाहिँरिदा स्विडेन अग्रता लिनबाट चुक्यो । ३८औं मिनेटमा फ्रान्सका कप्तान तथा गोलरक्षक ह्युगो लोरिसले मार्कुस वर्गको क्लोज रेन्जको प्रहारलाई बचाए । रिवाउन्डमा फोर्सवर्गको प्रहारले पोस्टको दिशा लिन सकेन । ४१औं मिनेटमा फ्रान्सले एमबाप्पेको गोलबाट खेलमा १–० को अग्रता लिन सफल भयो । फ्रान्सले खेलमा पाएो पहिलो अवसरलाई नै गोलमा परिणत गर्न सफल भएको हो । एमबाप्पले पेनाल्टी बक्समा बललाई उत्कृष्ट नियन्त्रणमा लिँदै दुई डिफेन्डर र गोलरक्षकलाई बिट गर्दै क्लोज रेन्जबाट उत्कृष्ट फिनिस गरेका थिए ।

यो पनि पढ्नुहोस   सञ्जय दत्तले पृथ्वीराजको पनि सुटिङ सक्ने

६३औं मिनेटमा एमबाप्पेको क्रसमा एन्टोइन ग्रिजमनले अवसर पाए पनि उनले भेट्न नसक्दा स्विडिस डिफेन्डरले क्लियर गरिदिए । ६६औं मिनेटमा सेवास्टियन लार्सनको प्रहारमा लोरिस नै बाधक बन्दा फ्रान्सले अग्रता जोगाइराख्न सफल भयो । ७६औं मिनेटमा ग्रिजमनले अवसर पाए पनि उनको प्रहार अकासियो । ८९औं मिनेटमा फोर्सवर्गले खेललाई बराबरी गर्ने सुवर्ण अवसर खेर फाल्यो ।

उनको उत्कृष्ट प्रहारलाई लोरिसले उत्तिकै राम्रो बचाउ गरेका थिए । त्यसपछि स्विडनले लगातार दुई आक्रमण बुने पनि गोल गर्न नसक्दा पराजित हुन बाध्य बन्यो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मार्कुस वर्गले प्रहारलाई राफयल भरानले क्लियर गरिदिए । त्यसपछि जोन गुइडेट्टीको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो । इन्ज्युरी समयमा फ्रान्सले पेनाल्टी पाएपनि ग्रिजमनले सदुपयोग गर्न सकेन । भिक्टर निल्सन लिन्डेलफले एन्थोनी मार्सियललाई पेनाल्टी बक्समा फल गरेपछि प्राप्त पेनाल्टीमा ग्रिजमनको प्रहार क्रसबारमा लागेर बाहिरियो ।

अन्य खेल
नर्थ म्यासेडोनियाविरुद्ध अर्मेनिया (२–१)
इस्टोनियाविरुद्ध जर्जिया (०–१)
जिब्राल्टारविरुद्ध सान मारिनो (१–०)
आइसल्यान्डविरुद्ध इंग्ल्यान्ड (०–१)
डेनमार्कविरुद्ध बेल्जियम (०–२)
अजरवैजानविरुद्ध लक्जेमवर्ग (१–२)
साइप्रसपिरुद्ध मोन्टेनेग्रो (०–२)

(Visited 18 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

प्रदेश १ मा थपिए १६६ जना कोरोना संक्रमित

मोरङ । प्रदेश १ मा मंगलबार १ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा ३, तेह्रथुममा...

काभ्रेमा एकैदिन ७० जनामा कोरोना संक्रमण

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । मंगलबार जिल्लामा एकैदिन ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला...

इटहरीमा १८ घण्टा लोडसेडिङ : सर्वसाधारण भन्छन्, ‘सडकमा आगो बल्ने दिन नआओस्’

इटहरी । इटहरी २० कि दिलकुमारी राई मंगलबार बिहान आक्रोशित मुद्रामा थिइन् । इटहरीमा केही दिनयता देखि हुन थालेको लोडसेडिङका कारण उनी आक्रोशित भएकी...

थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि, ८२३ जना डिस्चार्ज

काठमाडौँ । विगत २४ घण्टामा देशभर एक हजार ३५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको...

भर्खरै

सप्तरीको सुरक्षा निकायमा पनि संक्रमणको दर बढ्दो

सप्तरी, राजविराज । कोरोना महामारी रोकथाम तथा नियन्त्रण, अपराध अनुसन्धान, नियमित शान्ति सुरक्षा व्यवस्थापन लगायतमा खटिएका सुरक्षाकर्मीमा संक्रमणको दर बढ्न थालेको छ । नागरिकसँग प्रत्यक्ष...

काेराेना संक्रमणबाट अफ्रिकामा एक नेपाली युवाको मृत्यु

कोरोना संक्रमणबाट अफ्रिकामा एक नेपाली युवाको मृत्यु भएको छ । अफ्रिकाको युगाण्डामा कार्यरत पर्वतका यजेन्द्र (अर्जुन) प्रताप सेन ठकुरीको मृत्यु भएको हाे । विगत १४...

प्रदेश १ मा थपिए १६६ जना कोरोना संक्रमित

मोरङ । प्रदेश १ मा मंगलबार १ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा ३, तेह्रथुममा...

बलिउडमा ड्रग्स : दिपिकादेखी दिया मिर्जासम्म

मुम्बई । अभिनेता सुशान्त सिंह राजपुतको निधन भएपछि बलिउडमा कलाकार– ड्रग्स कनेक्सनका बारेमा नयाँ रहस्य खुल्न थालेको छ । ड्रग्स कनेक्सनमा जाँच गर्दै आएको प्रहरीले...

धेरै पढिएका

लालना लिभरपुलमा बस्ने

लन्डन । इंग्लिस मिडफिल्डर एडाम लालनाले इंग्लिस क्लब लिभरपुलसँग छोटो समयका लागि सम्झौता नवीकरण गरेका छन् । लालनाले यो सिजनको अन्त्यसम्मका लागि लिभरपुलसँग सम्झौता...

कोरोनामा प्रयोग भएको रेम्डेसिभिर औषधि के हो ?

कोरोना भाइरस संक्रमण पुष्टि भएका सबै बिरामीमा लक्षण देखिँदैन । जसमा लक्षण देखिन्छ, उपचारका लागि जाने भनेको फिजिसियनकहाँ हो । कोरोनाले श्वासप्रश्वासमा अलि धेरै...

कोरोना विशेष अस्पतालबाट निको भएर फर्किए दश संक्रमित

बुटवल ।  बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराएका दश जना कोरोना संक्रमित आज निको भएर घर फर्किएका छन् । दुई हप्ता अगाडि कोरोना संक्रमण...

आईसोलेसन कक्ष नहुँदा दुई दिनदेखी कोरोना संक्रमित क्वारेन्टाइनमा

दैलेख । दैलेखमा पछिल्लो समय कोरोनाक भाइरस (कोभिड –१९) को संक्रमण ‘पोजेटिभ’ देखिने क्रममा बृद्धि भईरहेको छ । कोरोना भाईरसको संक्रमण पुष्टि हुन थालेपछि...

ई-पेपर

(Visited 63 times, 1 visits today)