मनसुन र प्राकृतिक विपत्ति

कोरोना भाइरस ‘कोभिड–१९’को प्रकोप विश्वव्यापी रूपमै निरन्तर बढ्दो छ । यतिखेर भारत, अमेरिका, ब्राजिललगायत मुलुक यसको सर्वाधिक चपेटामा परिरहेका छन् । संक्रमितको र मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ । विश्वमा हालसम्म झन्डै दुई करोड ७५ लाख कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये झन्डै १ करोड ९५ लाख संक्रमणमुक्त भएका छन् भने झन्डै ९ लाखको दुःखद निधन भएको छ । सर्वाधिक संक्रमित संयुक्त राज्य अमेरिकामा छन्, जहाँ झन्डै २ लाखको मृत्यु भएको छ । ब्राजिलमा १ लाख २५ हजार बढीको मृत्यु भएको छ भने भारतमा झन्डै ७० हजारको मृत्यु भइसकेको र पछिल्लो समय दैनिक ९० हजार हाराहारी संक्रमित बढ्दै छन् । यसैले त्यहाँ यसको भयावहता अकल्पनीय हुने आशंका छ ।

‘कोभिड–१९’को खोपका सम्बन्धमा विभिन्न हल्ला चर्चा चलिरहेका छन् । खोज अनुसन्धान भइरहेको र परीक्षणका चर्चा चलिरहेकै छ । तर, हालसम्म कुनै ठोस उपलब्धि हासिल भइसकेको छैन । त्यसो त चीन, रुस, अमेरिका, इजरायल, अस्ट्रेलिया आदि मुलुकले परीक्षण गरिरहेको र सकारात्मक संकेतहरू प्राप्त भएको भन्दै निकट भविष्यमै खोप आउने बताइरहेका छन् । चीनले त आफूले खोपको प्रयोग गरिसकेको र प्रभावकारी भएको बताउन थालेको छ भने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो नोभेम्बर महिनासम्म ५० वटै राज्यमा खोप पुग्ने बताएका छन् । तर, विश्व स्वास्थ्य संगठनले चाहिँ ‘कोभिड–१९’ विरुद्धको खोप निस्केपछि पनि सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुने बताएको छ । खोपको तेस्रो तहमा हुन लागेको परीक्षण यसै वर्षको अन्त्यसम्ममा पूरा हुने विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकको भनाइ छ ।

‘कोभिड–१९’ बाट हामी पनि प्रभावित छौं । नेपालमा पनि संक्रमण बढिरहेको छ । वीरगन्ज, विराटनगर नेपालगन्जजस्ता ठूला सहर र तराईका विभिन्न क्षेत्रमा भयावह रूपमा फैलिएको संक्रमण ती क्षेत्रमा क्रमशः कम हुँदै गए पनि खासगरी घना बस्ती भएको राजधानी काठमाडांै उपत्यका केन्द्रित हुँदै गएको छ । यतिखेर उपत्यका नै यसको केन्द्रमा परिणत हुँदै गइरहेको छ । समुदाय स्तरमा संक्रमण बढेको कारण यसको जोखिम झनै बढ्दो छ । कोरोनाका कारण मुलुकभरकै जनजीवन असहज भएको मात्र छैन, निरन्तर बढ्दो संक्रमण र मृत्युले सबैलाई चिन्तित तुल्याएको छ । यसका कारण उद्योगधन्दा, व्यापार–व्यवसाय सबै नै प्रभवित भएका छन् । यसबाट एकातिर कतिपय व्यवसायी पलायन हुन बाध्य भएका छन् भने अर्कोतिर कतिपयको रोजगारी गुमेको छ । यसले अर्थतन्त्रमा पारेको असर निकै ठूलो छ । यही महाव्याधिले पारेको मानसिक असर पनि कम डरलाग्दो छैन ।

सत्तारूप नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक कलह साम्य भएको छैन । नेकपाले प्रतिनिधिसभा निर्वाचनमा पराजित वामदेव गौतम राष्ट्रिय सभामा लैजाने निर्णय गरेको कुरा चर्चामा छ भने संसद् सदस्यको रूपमा दुई वर्ष र बिना सदस्यता ६ महिना गरी साढे दुई वर्ष अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछि डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । विगतमा पनि प्रतिनिधिसभा र स्थानीय तहमा पराजितहरूलाई मनोनित गरिसकिएकोमा गौतमलाई समेत माथिल्लो सदनमा मनोनयन गरिनु संविधानको भावनाविपरीत हुने र यस्तो प्रवृत्तिले सो सभाको गरिमा प्रभावित हुने संविधानका जानकारहरूको धारणा छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस महाधिवेशनको तयारीमा छ । तर, उसको घरझगडा झनै चर्किएको छ । एकातिर सभापति शेरबहादुर देउवा लम्बिएको आफ्नो कार्यकालमा आएर मात्र विभागहरूलाई पूर्णता दिनेजस्तो गैरजिम्मेवार एवं हास्यास्पद कार्य गरिरहेका छन्, अर्कोतिर संस्थापनइतर पक्ष, जसको ठूलो समूहको नेतृत्व रामचन्द्र पौडेलले गरेका छन्, त्यसैगरी कृष्ण सिटौला तथा शेखर र सशांक कोइरालालगायत पनि सभापति देउवाका कदमप्रति असन्तुष्टि जनाउँदै उनका निर्णय र कदमप्रति विरोध र असहमति जनाइरहेका छन् ।

प्रदेशमार्फत हुनुपर्ने कामका लागि संघीय मन्त्रीको दौडले खर्च बढ्ने भएकाले स्थानीय तथा प्रदेश सरकारलाई क्रियाशील र प्रभावकारी बनाउनुपर्छ

हालसम्म झन्डै दुई तिहाइ नेपाली कृषि पेसामै निर्भर रहेका छन् । अर्थतन्त्रमा यसको ठूलो योगदान छ । तर, समयमा मल, बीउ नपाउनु, उत्पादिन वस्तुको उचित मूल्य नपाउनु र नगदे बाली भनिने उखुको भुक्तानी पाउन बर्सेनि आन्दोलन गर्नुपर्ने अवस्था हामीले देखे भोगेकै यथार्थ हो । यसैगरी बिचौलिया र दलालहरूको भूमिकाका कारण कृषक र उपभोक्ता दुवै नै पीडित हुनुपरेको यथार्थ पनि जगजाहेर नै छ । कृषिका लागि सिँचाइको आवश्यकता पर्छ । पर्याप्त सिँचाइको सुविधाको अभावमा खेतीपातीको लागि अकासे वर्षामै भर पर्नुपर्ने नेपालको यथार्थ’bout पनि हामी जानकार नै छौं । यसैले नेपालमा मनसुनी वर्षाको आफ्नै महŒव छ ।

नेपालमा सामान्यतया जुन १० देखि सेप्टेम्बर २३ सम्मको अवधिलाई ‘मनसुन’ अवधि मानिन्छ । किनकि यसै अवधिमा मनसुनको प्रभाव रहन्छ । यो अवधिमा वर्षा हुन्छ र हाम्रो खासगरी प्रमुख बाली धान, जसलाई चाहिन्छ, यही अवधिमा रोपिन्छ र फल्न पनि थाल्छ । मनसुन मौसमी वायु हो, जसले हामीकहाँ वर्षा गराउँछ । बंगालको खाडीबाट पूर्वी नेपाल हु“दै प्रवेश गर्ने मनसुनले झन्डै १ सय १० दिनसम्म मुलुकमा वर्षा गराउने गर्छ । तर, जलवायु परिवर्तनजस्ता कारणले यो क्रम विस्तारै पछि धकेलिँदै गएको छ ।

यस वर्ष बाढी पहिरो र वर्षाका कारण भएका ७ सय ११ वटा घटनामा परेर २ सय ४५ जनाको ज्यान गएको तथा हजार ५ सय २२ परिवार प्रभािवत भएका छन् । भदौ महिनापछि पनि कालिकोटको नाग्म तथा बागलुङको ढोरपाटनलगायत स्थानमा ठूलो मानवीय र भौतिक क्षति हुन पुगेको छ । सिन्धुपाल्चोकको जम्बुमा असार २५ गते गएको पहिरो, जुगल गाउँपालिकाअन्तर्गत गोल्देस्थित लिदीमा गएको पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएको छ । कालिकोट जिल्लाको महावैमा गएको पहिरोले ठूलो क्षति पु¥याउँदै गर्दा अछाम जिल्लाको रामारोशन गाउँपालिका–५ सैनी बजारस्थित कैलाश खोलामा आएको बाढीले २२ घर बगाएको छ । बाजुराको बूढीनन्दा नगरपालिका र खप्तड छेडेदह गाउँपालिका तथा हुम्लाको ताजाकोट गाउँपालिकामा गएको पहिरोबाट करिब डेढसय परिवारको बिचल्ली भएको छ ।

नेपाल प्राकृतिक विपत्तिका दृष्टिले जोखिमपूर्ण अवस्थितिमा रहेको मुलुक हो । नेपालको सबैभन्दा ठूलो विपद् पहिरो हो । यसले खासगरी पहाडी र उच्च पहाडी क्षेत्रमा ठूलो जनधनको क्षति पु¥याउँछ । यसैगरी बाढीले डुबान र कटान गरेर पनि ठूलो क्षति पु¥याउँछ । पहाडमा पहिरो र भूस्खलन तथा तराईमा डुबान हामीले हरेक वर्षायाममा भोग्दै आएका समस्या हुन् । पहाडमा पहिरोको प्रमुख कारण असुरक्षित बसोबास र अव्यवस्थित खेती प्रणाली हो । वन, बुट्यानको विनाश एवं भूमिको जथाभावी उपयोगका कारण पनि भूस्खलन हुने गरेको छ । प्रकृतिमाथि अनुचित नियन्त्रण गर्न खोज्दा पनि प्रकोपको सामना गर्नुपर्ने अवस्था आउने गरेको छ ।

मनसुनको आगमन हाम्रा लागि खुसीको विषय भए पनि यसस“गै भयसमेत उत्पन्न हुन्छ । किनकि वर्षास“गै बाढी, पहिरो र भूस्खलनजस्ता प्राकृतिक विपत्ति तथा विभिन्न किसिमका रोगव्याधि र महामारीसमेत आउ“छन् । वर्षास“गै बाढी र पहिरो हामीले सधैं भोग्नुपरिरहेको पीडा र दोहोरिइरहेको घटना हो । तर, यसरी क्षति हुनुका कारक हामी नै हौं । अर्थात् यस्ता जोखिम निम्त्याउने कारक मूलतः मानवीय गतिविधि नै हुन् । विकास अनिवार्य आवश्यकता हो । भौतिक विकासका लागि पूर्वाधार निर्माण आवश्यक हुन्छ । तर, यसका लागि संरचना निर्माणका क्रममा यथेष्ट वैज्ञानिक एवं भौगर्भिक अध्ययन नगरिनुले विकासको नाममा विनाश भइरहेको छ । यसैगरी बस्तीहरू जथाभावी बस्नुले पनि बर्सेनि उस्तै खालको पीडा भोगिरहनुपरेको छ । सडक, विद्युत् र अन्य विभिन्न पूर्वाधारको विकास गर्ने नाममा अवैज्ञानिक रूपमा वन फडानी गरिँदा र पर्याप्त अध्ययन नगरी जमिन खल्बल्याइँदा वा जमिनको दोहन गरिँदा पनि वर्षा याममा बाढी पहिरोले जमिन बगाउने, भत्काउने र बस्ती नै सखाप पार्ने क्रम दोहोरिइरहेको हो ।

हामीसँग ऐन, कानुन वा नीति, नियम र नियमावली नभएका होइनन्, जसले विभिन्न संयन्त्रको व्यवस्था गरेको होस् । तर, तिनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । विभिन्न क्षेत्रका लागि बनेका मापदण्डहरूको पालना हुन सकेको छैन । बाढीपहिरोबाट सुरक्षित हुनका लागि वृक्षरोपण र वनजंगलको संरक्षण सहयोगी हुने भए पनि त्यसतर्फ वाञ्छित चासो पुगेको छैन, बरु पहुँचको बलमा अनुचित लाभ उठाउ“दै प्राकृतिक सम्पदाको दोहन तथा अतिक्रमण गर्ने क्रम जारी नै छ । यसैको परिणाम वनजंगलले पनि अनावश्यक चाप र दबाब भोग्नुपरिरहेको छ । यसर्थ एकातिर वनजंगलको विनाश रोक्ने, वृक्षरोपण गर्ने, अव्यवस्थित बसोबास र अनियन्त्रित बसाइँसराइ नियन्त्रण गर्ने, जथाभावी हुने निर्माण कार्यमा रोक लगाउनेजस्ता कुरामा सरकार र सम्बन्धित सबैको विशेष सक्रियता आवश्यक छ भने अर्कोतिर उद्धार, राहत, अस्थायी बसोबासको व्यवस्था र आवश्यकता पूर्ति गर्ने कुरा त छँदै छ, जोखिमपूर्ण स्थानका वस्तीहरू सुरक्षित स्थानमा स्थानान्तरण गर्नेतर्फ सक्रियता आवश्यक छ ।

अन्त्यमा, प्राकृतिक विपत्तिका घटनामा प्रायः स्थानीय तहदेखि प्रदेश सरकारसम्मै र संघअन्तर्गत रहेका प्रमुख जिल्ला अधिकारी नेतृत्वमा जिल्ला विपद् व्यवस्थापन समिति सक्रिय हुन्छन् । घटनाको गाम्भीर्य हेरेर कहिलेकाहीँ केन्द्रबाट अनुगमन टोली जानु वा अनुगमन हुनुलाई अन्यथा ठान्न सकिँदैन । तर, जहाँसुकै केन्द्रबाट र गृहमन्त्री नै पुग्नुपर्ने आवश्यकता अब छैन । हामीले संघीय प्रणाली अपनाएका छौं । प्रदेशमा मुख्यमन्त्री र सम्बन्धित मन्त्रीहरू भएपछि प्रदेशमार्फत हुनुपर्ने कामका लागि पनि संघीय मन्त्री नै दौडले खर्च मात्र बढ्ने भएकाले स्थानीय तह र प्रदेशलाई जिम्मेवारी र अधिकार दिने तथा तिनको सक्रियता बढाउन सकेमा यसको प्रभावकारिता बढ्न सक्छ, समयमा राहत र उद्धार हुन सक्छ । यसैले पुरानो मानसिकतामा परिवर्तन गर्नु र नागरिकप्रतिको जिम्मेवारीबोधका साथै चर्चामा आउने मात्र होइन परिणाममुखी सोच अनिवार्य र अपरिहार्य छ ।

तपाइको प्रतिक्रिया
(Visited 142 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा ५ मात्र महिला वडाध्यक्ष