जोकोभिच ‘अयोग्य’

न्युयोर्क । उपाधिको दाबेदार तथा शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिच ‘अयोग्य’ ठहरिँदै यूएस ओपनको प्रि–क्वार्टरफाइनलबाट बाहिरिएका छन् । २०औं वरीयताका स्पेनिस खेलाडी पाब्लो कार्रेनो बुस्टासँग पछि परेपछि निराश मुद्रामा रहेका ३३ वर्षे जोकोभिचले एक जना लाइन जजलाई बलले हानेका कारण यूएस ओपन टेनिस प्रतियोगिताका लागि अयोग्य घोषित हँुदै बाहिरिएका हुन् ।

सुरुवातदेखि नै अग्रता लिइरहेका बुस्टासँग ६–५ ले पछाडि परेपछि निराश देखिएका जोकोभिचले अर्काे सेटका लागि तयारी भइरहँदा खल्तीबाट बल निकाल्दै टेनिस -याकेटले गरेको प्रहार लाइन जजलाई लाग्न पुगेको थियो ।

उक्त घट्नापछि प्रतियोगिताका अधिकारीहरूको बहसपछि जोकोभिचलाई अयोग्य घोषित गरेका हुन् । युनाइटेड स्टेट्स टेनिस एसोसिएसनले विज्ञप्ति जारी गर्दै ग्रान्डस्लामको नियम पुस्तिकाअनुसार उनलाई जानीजानी कसैलाई बलले हानेका कारण तथा कोर्टभित्र लापर्बाहीपूर्वक खेल्नुको परिणामलाई गम्भीरतापूर्वक नलिएका कारण यूएस ओपनका रेफ्रीले यस प्रतियोगिताका लागि अयोग्य घोषित गरिएको उल्लेख गरेको छ ।

आफूले हानेको बलले लागेपछि जोकोभिच प्रतियोगिताका मुख्य रेफ्रीसँगै रेफ्री सोरेन फ्रिमेललाई कस्तो छ भनेर सोध्न पुगेका थिए । प्रतियोगिताबाट बाहिरिनुअघि उनले फ्रिमेलसँग केहीबेर कुराकानी पनि गरेका थिए । घटनापछि जोकोभिचले सामाजिक सञ्जालमार्फत आफूले जानीजानी रेफ्रीलाई बलले नहानेको प्रतिक्रिया दिएका छन् । ‘पूरै परिस्थितिका कारण म एकदमै दुःखी भएको छु ।

मैले लाइन जजलाई कस्तो छ भनेर सोधें । प्रतियोगिताका अधिकारीहरूका अनुसार उनलाई ठीकै छ । मेरो कारणले उनलाई यस्तो तनाव हुन गएकोमा म माफी माग्न चाहन्छु । यो मैले जानजान गरेको होइन ।’ जोकोभिचका प्रतिद्वन्द्वी कार्रेनो बुस्टाले नोभाकविरुद्ध खेल्दा मैले यस्तो घटनाको कहिल्यै अपेक्षा नगरेको र यस घटनाबाट आफू ‘स्तब्ध’ भएको बताएका छन् । यूएस टेनिस संघका अनुसार अब जोकोभिचको प्रतियोगिताबाट प्राप्त गरेको वरीयता अंक र पुरस्कारमार्फत प्राप्त रकम पनि कटौती गरिनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 119 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा दुई स्थानीय तहमा मात्रै प्रमुख पदमा महिला उम्मेदवार