आत्महत्या रोक्न बनाइयो सर्ट फिल्म ‘ढोका’

काठमाडौं । नेपालमा कोरोना संक्रमणसँगै मनासिक तनाव र आत्महत्या बढ्न थालेपछि यसलाई म्युजिक भिडियो र लघु चलचित्रमा उतार्न थालिएको छ । आत्महत्या नै समस्याको समाधान हैन भन्ने सन्देश पछिल्लो समय म्युजिक भिडियो र लघु चलचित्रबाट दिने गरिएको छ ।

यस्तै सन्देशसहित नयाँ सर्ट फिल्म ‘ढोका’ तयार गरिएको छ । यो लघु चलचित्रमा कोरोनाका कारण आफ्नो बुबा गुमाएको र आफूलाई पनि कोरोना संक्रमणको आशंकामा आत्महत्या गर्न लागेको एक युवकको कथा उठान गरिएको छ ।

एकातर्फ कोरोनाबाट बुबालाई गुमाउनु, कोरोनाबाट मृत्यु भएकै कारण बुबाको दाहसंस्कार आफूले गर्न नपाउनु र अरूले लगेर गर्नुले ती युवा ठूलो छटपटीमा हुन्छन् । सोहीक्रममा कोरोनाको आशंकामा स्वास्थ्यकर्मीले घरमै आएर स्वाब संकलन गर्नु, जसका कारण घरबेटीले घरमा बस्न नदिनु र बेरोजगारीका कारण महिनौंदेखि घरभाडा तिर्न नसक्नुले ती युवा अति तनावमा हुन्छन् ।

कोरोनाले आफ्नो ज्यान जाने त्रासका कारण अत्महत्याको तयारीमा रहेका उनमा फेरि बाँच्ने आत्मविश्वास पलाउँछ । अन्त्यमा उनी हरेक संघर्ष झेल्दै बाँचेर अघि बढ्ने निष्कर्षमा पुग्छन् । अनि आत्महत्याको बाटो त्यागेर जीवनलाई अघि बढ्न थाल्छन् ।

यस्तो कथा प्रस्तुत गरिएको यो सर्ट फिल्ममा ‘बरु वनको बाघले खाओस्, मनको बाघले नखाओस्’ भन्ने सन्देश दिइएको छ । विश्वमै महामारीको रूपमा फैलिएको कारोना भाइरस (कोभिड–१९) का कारण मानिसमा परेको मनोसामाजिक समस्यालाई ढोकामा उठान गरिएको छ ।

वन्डेड लायन प्रोडक्सन र डीएआर मुभिज एन्ड फिल्मसको संयुक्त प्रस्तुति रहेको यो सर्ट फिल्मलाई अभिनेता दिवस धितालले लेखन निर्देशन गरेका हुन् । अभिनेता धिताल पछिल्लो समयमा निर्देशनमा पनि लागेका छन् ।

फिल्ममा कलाकारहरू आकाश शर्मा, विशाल बस्याल, नवराज अर्याल, अमृत बस्याल र नवराज भण्डारीको अभिनय रहेको छ । यो सर्ट फिल्मको छायांकन तथा सम्पादन वरुण कोइरालाले गरेका हुन् । ढोकालाई निर्माता राजाराम गौतमले निर्माण गरेका हुन् । यो सर्ट फिल्म वन्डेड लायन प्रोडक्सनको अफिसियल युटुव च्यानलबाट रिलिज गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महोत्तरीको बल्वा नगरपालिकामा हवाई फायर