निषेधाज्ञा खुलेपछि कसरि सुरक्षित हुने डा. रवीन्द्र पाण्डेकाे टिप्स

काठमाडाै‌ं ।  सरकारले काठमाडौं उपत्याकामा आजदेखि लागु हुने गरि निषेधाज्ञा खुकुलो बनाएको छ | यो निर्णय आम जनताको पक्षमा छ | हामीले बुझ्नुपर्छ कि निषेधाज्ञा खुकुलो बनाएको कोरोना संक्रमण घटेर होइन | आम जनतालाई आर्थिक, सामाजिक तथा मनोबैज्ञानिक भार परेको कारण निषेधाज्ञा खुकुलो भएको हो | सरकारले बल हाम्रो हातमा दिएको छ | अब हामी सबैले निम्न कार्यहरु अबलम्बन गरौँ :

– बालबालिका, जेष्ठ नागरिक तथा दीर्घरोग भएका व्यक्तिहरु घरभित्र बस्ने | सकभर घरभित्र पनि छुट्टै कोठामा बस्ने | काम गर्न बाहिर जाने व्यक्तिसंग दुरी कायम गर्ने | कुरा गर्दा मास्क लगाउने |

– मर्निंग वाक वा इभिनिंग वाक घरमै गर्ने |

– खुल्यो भनेर बिनाकाम घरबाहिर नजाने | घरबाहिर जति छोंटो समय बितायो त्यति धेरै सुरक्षित हुने सम्भावना धेरै हुन्छ |
– घरबाहिर निस्कँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने | सम्भव भएसम्म २ मिटरको दुरी कायम गर्ने | भीडभाडमा नजाने, भीडभाड नगर्ने |

– सार्वजनिक यातायात प्रयोग गर्दा मास्क तथा पंजा लगाउने | स्यानिटाइजरले हात सफा गरिरहने | बिशेष सतर्क हुने |

– हरेक पसलले व्यक्तिगत दुरी कायम हुनेगरि काउन्टरको ब्यबस्थापन गर्ने | मास्क नलगाएका ग्राहकलाई मास्क दिने |

– सकभर हरेक पसलमा परल मुल्यमा सस्तो मास्क तथा स्यानिटाइजर बिक्रीवितरण गर्न राख्ने |

– ग्राहक ब्यबस्थापन कुशल ढंगले गर्ने | भीडभाड नगराउने |

– पसल र हरेक सामान संक्रमणरहित बनाउने |

– चियापसल, कफीसप तथा पसलमा साथीहरु संगै बस्ने, गफ गर्ने, चुरोट खाने, सुर्ती मोलेर बाँड्ने, थुक्ने जस्ता काम नगर्ने |

– कुन व्यक्ति संक्रमित छ, कुन व्यक्ति छैन भन्ने अनुहार, सम्बन्ध, शिक्षा, पद आदि हेरेर थाहा हुँदैन | हरेक व्यक्तिसंग सुरक्षित ब्यबहार गर्ने |

– सामान किन्दा धेरै छान्ने काम नगर्ने | किनमेलको लिस्ट घरमै बनाएर जाने | पसलहरुमा एकदम छोंटो समय बिताउने | जति लामो समय पसलभित्र वा बसभित्र बस्यौं, त्यति नै जोखिम हुन्छ |

– सकभर तरकारी बजारबाट तरकारी नकिन्ने | घर नजिकको पसलबाट किन्ने | बसेर छान्ने, छाम्ने काम नगर्ने |

– डिपार्टमेन्टल स्टोर तथा सपिंग मलमा पर्याप्त भेन्टिलेसन हुँदैन | तसर्थ आफुले बनाएको लिस्ट अनुसार फटाफट किनेर बाहिरिने | लामो समय नबिताउने |

– भोको, मास्क किन्न नसकेको तथा समस्यामा परेका व्यक्तिलाई सक्दो सहयोग गरेर पुन्य कमाउने | कमाउने कुरा पैसासंग मात्र जोडिएको हुँदैन | पुण्यभन्दा ठूलो कमाइ अरु केहि हुँदैन |

– बैंक, कर कार्यालय, वडा कार्यालय, यातायात कार्यालय, मालपोत, बिद्युत आदि जनसम्पर्कका कार्यालयले हरेक बैंकका हरेक शाखाबाट भुक्तानी गर्न मिल्ने ब्यबस्था मिलाउने | क्यासलेस लेनदेनलाई प्रेरित गर्ने | टाइम कार्ड लागु गरेर भीड नियन्त्रण गर्ने | फाइललाई डिजिटल बनाउने |

– रुघाखोकी, ज्वरो वा अन्य स्वास्थ्य समस्या भए घरमै आराम गर्ने | बिरामी हुँदा आफुले अरुलाई सार्ने मात्र होइन अरुको संक्रमण आफुलाई छिटो सर्ने खतरा पनि हुन्छ |

– सकभर पानी, खाजा घरबाट लिएर जाने वा सफा र झ्यालहरु धेरै भएको रेस्टुरेन्टमा सुरक्षित रुपमा खाने |

– आफ्नो पसल जति धेरै सफा गरिन्छ, जति धेरै मापदण्ड पुर्याएर संचालन गरिन्छ तथा जति धेरै आफ्ना कामदारलाई सफा बनाइन्छ, त्यति धेरै चल्छ | यो सुत्र सबैले अपनाउने |

– कामबाट घरमा आएपछि मास्क, चस्मा, झोला, बाहिरी कपडा आदिलाई छुट्टै ठाउँमा राख्ने, नुहाउने अनि मात्र परिवारसंग घुलमिल हुने |

– ग्राहकलाई सुरक्षित बनाउनु हरेक व्यवसायीको दायित्व हो |

– हामी सबैले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने संक्रमण घट्दै जान्छ | संक्रमण घटेपछि लकडाउन वा निषेधाज्ञा हुँदैन | हामी पनि सुरक्षित हुन्छौं |

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बर्दगोरिया अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी