प्रधानमन्त्री ज्यू, तपाईंका ‘दुश्मन’ बढेका कि सबैलाई ‘दुश्मन’ देख्नु भएको ?

सिमित ठेकदार पोस्ने, प्राप्त केही रकम पार्टीका नाममा खोलिएका संस्थामा लगानी गर्ने अनि दायाँ बायाँ, छेउकुनामा उभिएका सारथीहरुलाई पोस्ने र विकास सुरु भएको तमासा देखाउनका लागि सुरु गर्न खोजिएको विवादास्पद पूर्वपश्चिम रेल मार्गको ठेक्का अन्तत तत्कालका लागि रद्द भएको छ ।

विना अध्ययन राज्यको १० अर्ब भन्दा बढी रकम तत्काल दोहान गर्ने नियतले सुरु गरिएको ठेक्का प्रकरण रद्द भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नियतमाथि प्रश्न उठेको छ । किनकी नेपालमा रेल उनको सपना थियो । नेपालमा रेल कुदेको सपना देख्ने ब्यक्तिले पहिलो झमटमै रेल शीर्षकमा यस्तो हर्कत गर्लान् भनेर सोच्नेहरु थिएनन् । अहिले जसरी रेलमार्गमा ठेक्का लगाउने प्रपञ्च रचिएको छ । यही गतिमा अगाडी बढ्यो भने रेलमार्ग नेपालीका लागि ‘लाईफलाइन’ होइन पुरानो साझा यातायात र ट्रली बसको हालतमा नजाला भन्न सकिन्न ।

‘रेल’ शीर्षकमा ठेक्का लगाउने शैली ठिक भएन भन्दै अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो । अख्तियारले थाहै नपाए जस्तो ग-यो भने अदालतले मिलाएर अघि बढ्नु टाइपको आदेश दियो । (हाम्रा अदालतका केही न्यायाधीश बेला मौकामा काइते आदेश दिन खप्पिस छन्)

अदालतको त्यही काइते आदेशको आधारमा टेण्डरमा सहभागी ठेकेदार, नेकपाकै केही शीर्ष नेता, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस (जुन पार्टीमा आबद्ध केही ठेकेदार पनि सहभागी थिए) जसरी हुन्छ ठेक्का लगाएरै छाड्ने योजनामा थिए तर, केही मिडिया र नागरिक समाजको खबरदारी सरकारका लागि यति महंगो सावित भयो । अन्तत ठेक्का प्रकरण रद्द गर्न बाध्य भयो तत्कालका लागि ।

वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभामा किन ? भनेर प्रश्न गर्नेहरुलाई तपाईंका हनुमानहरुले जवाफ दिने गरेका छन् ‘१५ सालमा पनि त चुनाब हारेका कृष्णप्रसाद भट्टराईलाई सभामुख बनाइएको थियो ।’ १५ सालकै वा १७ सालकै जस्तै शासन व्यवस्थाका लागि हो त नेपाली जनताले तपाईंलाई दुई तिहाई मत दिएका ?

तर, सरकारमा बस्नेहरु विधि विपरित ठेक्का लगाउन लागेको वा जनस्तरबाट चर्को विरोध भएपछि रद्द गरिएको स्वीकार्न तयार छैन । जसले ठेक्का प्रकरणका बेथिती बिरुद्ध कुरा उठाए, बेथितीका फेहरिस्ती छरपष्ट पारे तिनलाई ठेगान लगाउने मनस्थितीमा छ र अर्कोे कुरा ठेक्का रद्द भएपछि ठेक्का पाउने सूचीमा रहेका ठेकेदारको समुह पुनः अदालत जाने तयारीमा छन् । मान्छे मारेकालाई सजिलै उन्मुक्ति दिने अदालतले ठेकेदारका लागि बाटो खोलिदियो भने आश्चर्य हुने छैन । यदि अदालतले ठेकेदारका पक्षमा बोलेन भने केही समय यो प्रकृया रोकिने छ ।

पहिलो पटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्री ओलीले घर घरमा ग्यास, पानी जहाज र रेलको कुरा गरेर वाह वाही बटुलेका थिए । जब उनी दुई तिहाइ समर्थन प्राप्त सरकारको ‘पावरफूल’ प्रधानमन्त्री भए । रेलको लिक बनाउने ठेक्का त लाए तर, साइटै क्लियर नगरी । साँच्चै नेपालमा रेल कुदाउने भन्दा पनि रेल शीर्षकमा केही व्यक्तिका आर्थिक उन्नती गरिदिने नियत प्रष्ट देखियो ।

तपाईले मान्नै पर्छ भन्ने छैन । प्रधानमन्त्री ज्यु तपाईं नेतृत्वका सरकारले गरेका बद्मासीका ’boutमा बोल्ने र लेख्नेहरु तपाईंका दुश्मन होइनन् । दुश्मन ती हुन्, जो तपाईंका सरकारले गरेका बद्मासी थाहा पाएर पनि तपाईंलाई खुसी पार्ने नियतले भन्छन् ‘वाहा प्रधानमन्त्री ज्यु क्या कमाल गर्नु भो ।’

ठेक्का क्यान्सिल गर्न परेकोमा प्रधानमन्त्री ओलीको पक्कै चित्त दुखेको हुनुपर्छ । सम्भव त प्रधानमन्त्री ओली अबको केही दिनमै ऋषी धमला वा अन्य कुनै ‘पावरफूल’ टेलिभिजन कार्यक्रम प्रस्तोताको हटसिटमा सहभागी हुनेछन् र भन्ने छन् ‘मैले नेपालमा रेल कुदाउन खोजेँ तर, विकास बिरोधीले दिएनन् ।’

ठेक्का प्रकरणमा सरकारको नियत खराब थियो भन्ने विषय पुष्टि भैसक्यो । त्यस विषयमा त्यति नबोल्लान् तर, रेल आएपछि नेपालमा हुनसक्ने चामत्कारिक विकास’bout लामै टिप्पणी गर्न सक्नेछन् । यदि नेपालमा रेल कुदायो भने झापाको नरिवल धनगढीका मान्छेले खान पाउछन्, जुम्लाबाट नेपालगञ्ज आइपुगेको सिमी, स्याउ वा मार्सीधान पूर्वेलीको भान्सामा पुग्छ । रेल चलेपछि हुनसक्ने सहजता’bout व्याख्या गरेपछि उनले भन्नेछन्, ‘नेपालमा एकथरी मान्छे छन्, जो विकासको खाका कोरेको देख्नै सक्दैनन् ।’ नाम भन्दैनन् केही मिडियाले खेदो गरेको कुरा प्रत्येक पटकको सम्बादमा जाहेर गर्ने गरेका छन् ।

त्यसो त प्रधानमन्त्री ओलीलाई नेपाली मिडिया उती मन पर्दैन । मिडियाले प्राय जनताले चुनाब हराएका मान्छेलाई राष्ट्रियसभा लैजानु सरकारको क्रान्तिकारी कदम हो भनेर बोल्दैनन् लेख्दैनन् । लकडाउनले रोजगारी गुमेपछि घरको चुल्हो बलेन भन्दै एक पेट भात खान पाइने आशमा काखे बच्चा च्यापेर कोटेश्वरदेखि टुँडिखेलमा लाइन लाग्न आउनेहरु नालायक हुन् भनेर बोल्दैनन् लेख्दैनन् । सरकारले गरेका र गर्न खोजेका नितीगत भ्रष्टाचारहरु ठिकै हुन् भनेर पनि लेख्दैनन् । १७ किलो युरिया मलका लागि आधा रातमै मलको डिपो अगाडी आएर लाम लाग्ने किसानको कुरा लेख्नेहरु प्रधानमन्त्रीलाई मिडिया दुश्मन जस्तै लाग्नु स्वभाविक हो ।

किनकी प्रधानमन्त्रीको निवास बालुवाटारमा छ, कार्यालय सिंहदरबारमा । बालुवाटार र सिंहदरबार ’round न एक छाक भात खान नपाएर छट्पट्एिका मान्छे देखिन्छन् त न त मलका लागि लाइन बस्ने किसान नै । कहिले काँही त प्रधानमन्त्री ओलीलाई यस्तो पनि लाग्दो हो, ‘मैले बंगलादेशबाट पैंचोमा मल ल्याउने कुरा पक्का गरिसकेँ । यस्तोमा कोहि लाइन् बस्छन् मलका डिपो अगाडी मान्छेका लाइन बास्तविक फोटो नै हैन । यो त मिडियाले ‘इन्फोग्राफिक्स’ बनाएका हुन् सरकारको बदनाम गर्नका लागि ।’

प्रधानमन्त्री ओलीलाई नेपाली मिडिया उती मन पर्दैन । मिडियाले प्राय जनताले चुनाब हराएका मान्छेलाई राष्ट्रियसभा लैजानु सरकारको क्रान्तिकारी कदम हो भनेर बोल्दैनन् लेख्दैनन् । लकडाउनले रोजगारी गुमेपछि घरको चुल्हो बलेन भन्दै एक पेट भात खान पाइने आशमा काखे बच्चा च्यापेर कोटेश्वरदेखि टुँडिखेलमा लाइन लाग्न आउनेहरु नालायक हुन् भनेर बोल्दैनन् लेख्दैनन्

‘आफु पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न’ ओलीले प्रधानमन्त्री भएदेखि लाउन थालेको नारा हो । वास्तवमै प्रिय छ यो नारा । सुन्दा आकर्षक पनि लाग्छ । मेरो कोही छैन मैले कसका लागि भ्रष्टाचार गर्ने ? प्रधानमन्त्री आफैं प्रश्न समेत गर्छन् । कुरा सुन्दा गज्जब लाग्छ । तर, उनको काम गर्ने शैली भने पञ्चायतकालीन मन्त्री वा प्रधानमन्त्रीको भन्दा फरक देखिएन ।

अरु कुरा छाडौं । कोरोना नियन्त्रणकै सन्दर्भमा सरकारले गरेको मध्ये गज्जब केलाई भन्ने । आठ अर्ब खर्च भएकोमा गज्जब भन्ने कि ? ओम्नीलाई ठेक्का दिएकोमा गज्जब भन्ने कि । पाँच महिनासम्म क्वारेन्टिन नबनाउने जनप्रतिनिधीलाई गज्जब भन्ने कि । क्वारेन्टिनमा ओच्छ्याएको तन्ना र लामखुट्टे नियन्त्रण गर्ने धुपमा कमिशन खाने जनप्रतिनिधीलाई ।

प्रधानमन्त्री कपी शर्मा ओलीलाई पाँच वर्ष शासन गर्नका लागि जनताले म्याण्डेट दिएकै हुन् त्यसमा कुनै शंका छैन । तर, शासन कसरी गर्नुपर्छ भनेर हामीले सिकाइरहनु पर्ने होइन । राणा शासन पढेका, पञ्चायतकाल भोगेका, बहुदलिय प्रजातन्त्र पूर्नस्थापनमा भुमिका खेलेका र ‘जनयुद्ध’ भोगेका पाका व्यक्तिलाई शासन कसरी गर्ने पक्कै थाहा छ ।

कोरोना कहरको बेला राम मन्दिर निर्माणका लागि निर्देशन दिनु, हातमुख जोर्ने उपाए नभएपछि खाडीमा पुगेका नेपाली नागरिकलाई ‘अहिले त्यसै बस तिमेरु आयौ भने हामीलाई संक्रमण हुन्छ’ भनेर उर्दी जारी गर्नु कत्तिको लोकतान्त्रिक चरित्र हुन्छ ? एकपटक मनन गर्ने पो हो कि ? सामाजिक सञ्जालमा प्रधानमन्त्रीको उछित्तो काढ्नेहरु बढेका बढ्यै छन् । यो भएन त्यो भएन, उता बिग्रियो, यता भत्कियो भन्नेहरुलाई प्रधानमन्त्री ओलीले ‘दुश्मन’ देख्न थालेका छन् । सरकारले गरेका गलत कदमका ’boutमा प्रश्न उठाउनेहरुलाई विकास विरोधी । तपाईले मान्नै पर्छ भन्ने छैन । प्रधानमन्त्री ज्यु तपाईं नेतृत्वका सरकारले गरेका बद्मासीका ’boutमा बोल्ने र लेख्नेहरु तपाईंका दुश्मन होइनन् । दुश्मन ती हुन्, जो तपाईंका सरकारले गरेका बद्मासी थाहा पाएर पनि तपाईंलाई खुसी पार्ने नियतले भन्छन् ‘वाहा प्रधानमन्त्री ज्यु क्या कमाल गर्नु भो ।’

कोरोना कहरको पर्वाह नगरी कामका लागि भारत जान ताँती लागेका वा युएइमा अलपत्र परेपछि ‘केपी ओली मुर्दावाद’ भन्नेहरु तपाइका दुश्मन होइनन् । दुस्मन ती हुन् जो विदेशमा अलपत्र दुःखी र सिमामा लाइन लागेकाहरु तपाईंका दुश्मन हुन् भनेर तपाईंलाई जाहेर गर्छन् । वामदेव गौतम र नारायणकाजीलाई राष्ट्रिय सभामा किन ? भनेर प्रश्न गर्नेहरुलाई तपाईंका हनुमानहरुले जवाफ दिने गरेका छन् ‘१५ सालमा पनि त चुनाब हारेका कृष्णप्रसाद भट्टराईलाई सभामुख बनाइएको थियो ।’ १५ सालकै वा १७ सालकै जस्तै शासन व्यवस्थाका लागि हो त नेपाली जनताले तपाईंलाई दुई तिहाई मत दिएका ?

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लालबन्दीको मेयर उपमेयर दुबै पदमा काँग्रेस उम्मेदवार विजयी