बारामा २ थान बन्दुक बरामद

बारा । सशस्त्र प्रहरी रतनपुरीको गस्ती टोलीले २ नाल घरेलु भरुवा बन्दुक बरामद गरेको छ । बाराको निजगढ नगरपालिका वडा नम्वर १० पर्ने फास्टट्रायकको जङ्गलमा सशस्त्र प्रहरी नायव निरिक्षक नरायण प्रसाद अधिकारीको कमाण्डमा खटेको टोलीले बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक रोविज राज कर्णजितले जानकारी गराएका छन् ।

सहायक नायव निरिक्षकको कमाण्डमा खटेको टोलीले दैनिक जङ्गलमा गस्ती गर्ने समयमा जङ्गलको बिच भागमा दुई जना अपरिचित व्यक्तिको गतिविधि माथि शंका लाग्दा त्यस तर्फ जादा २ नाल घरेलु भरुवा बन्दुक फालेर भाग्न सफल भएको प्रहरी उपरिक्षक कर्णजितले बताए ।

बरामद गरिएको घरेलु भरुवा बन्दुक नियन्त्रण्मा लिई आवश्यक कारवाहिको लागि जिल्ला प्रहरी कार्यलय बारालाई बुझाएको उनले बताएका छन् । बन्दुकको लम्बाई ५५ ईन्च र अर्कोको ४५.५ ईन्च रहेको थियो ।

सशस्त्र प्रहरी उपरिक्षक कर्णजितका अनुसार घरेलु भरुवा बन्दुक जङ्गलको बिच भागमा वन्यजन्तुको शिकार गर्न आएको हुन सक्ने अशंका रहेको बताएका छन् । विगतमा बन्य जन्तुको शिकार गरी ओसारपसार गर्ने काम बढेको छ । केहि दिन पहिला निजगढबाटै २ जना बाबु छोरालाई पनि जङ्गलबाट बन्दुकसहित पक्राउ गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 152 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजदूत अनुमोदन अन्योलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कतै शपथ, कतै परिणामकै प्रतीक्षा