हुम्लाका वडाध्यक्षको निधन

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्षको निधन भएको छ । वडाध्यक्ष लोकजन हमालको बिहीबार नेपालगञ्जबाट रिफर गरी उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा नवलपरासीमा मृत्यु भएको खार्पुनाथ गाउँपालिकाका लेखा शाखा प्रमुख विशाल बोहराले बताए ।

वडाध्यक्ष हमाल गाउँमा एक्कासि लडेपछि उनको कम्मरदेखि तलको भाग चल्न सकेको थिएन । आज खार्पुनाथ गाउँपालिकाका सम्पूर्ण सरकारी कार्यालय बन्द हुने गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए।

तपाइको प्रतिक्रिया
(Visited 165 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरपालिका: स्थापित र सिंहको मत परिणाम जोड्दा पनि बालेनकै धेरै