Thursday, April 22, 2021
Home अर्थ निर्यात अनुदान अवधि एक महिना थपियो

निर्यात अनुदान अवधि एक महिना थपियो

अब व्यवसायीले २४ असोजसम्म निवेदन दिन पाउने

,

काठमाडौं । विश्व महामारी कोरोना प्रभाव मध्येनजर गर्दै सरकारले निर्यातमा अनुदान समय एक महिना थपेको छ ।
चुलिँदो व्यापार घाटा न्यूनीकरण र स्वदेशी उत्पादन वृद्धि लक्ष्य लिएको सरकारले निषेधाज्ञा खुलेको पहिलो दिन बिहीबारबाट एक महिनासम्म अनुदानका लागि निवेदन दिने समय थप गरेको हो ।

यो सुविधा लिन अब व्यवसायीले आगामी २४ असोजसम्म उद्योग विभागमा निवेदन दिन सक्ने छन् । एक महिनामा बाटो म्याद समावेश गरिएको छैन । यसअघि, विभागले लकडाउनपछि एक महिनासम्म निवेदन दिनसक्ने व्यवस्था गरेको थियो । तर, सरकारले लकडाउन खुला गरेको एक महिना नबित्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि समय अपुग भएको भन्दै सरकारले पुनः समय थप गरिदिएको हो ।

यसमा सहभागी हुनेले ‘निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि–२०७५’को दफा ४ बमोजिमको मालवस्तु निर्यात गरी अनुदानका लागि मूल्य अभिवृद्धि प्रमाणीकरण गर्नुपर्नेछ । २०७६ चैतअघि नै म्याद गुज्रिसकेको हकमा भने यो व्यवस्था लागू हुने छैन ।

विभागका निर्देशक विनोदबहादुर खड्काले निषेधाज्ञाका कारण घरबाट निस्कन नपाएका व्यवसायीका लागि सरकारले केही राहत दिन अवसर प्रदान गरेको बताए ।

सरकारले निर्यातलाई प्रोत्साहन गर्न कार्यविधि बनाई व्यवसायीलाई अनुदान अवसर उपलब्ध गराउँदै आएको छ । अनुदान प्राप्त गर्न वस्तु निर्यात गरेबापत विदेशबाट पैसा प्राप्त भएपछि आफूले कारोबार गरेको बैंकमा सम्पर्क गर्नुपर्नेछ ।

प्रक्रिया पूरा भएका सबैले सोही बैंकमार्फत अनुदान रकम प्राप्त गर्ने व्यवस्था ‘निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि–२०७५’ ले गरिदिएको छ । स्वदेशी उत्पादन प्रवद्र्धन गरी निर्यातमा नगद अनुदान बढाउने सम्बन्धमा सरकारले दुई वर्षअघि कार्यविधि पारित गरेको थियो ।

त्यसको केही महिनापछि कार्यविधि कार्यान्वयनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायत सरोकारवाला निकायलाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार राष्ट्र बैंकले कार्यविधि जारी गरेको थियो  । यसका लागि सरकारले एक महिनाअघि निर्यातमा दिंदै आएको नगद अनुदान सीमा बढाएर पाँच प्रतिशतसम्म पु-याएको थियो ।

पछिल्लोपटक उच्च र न्यून निर्यातका कारण व्यापारघाटा चुलि“दै गएको भन्दै सरकारले निर्यातबापत नगद अनुदान सीमा बढाएको हो । कार्यविधि कार्यान्वयनमा ल्याएर स्थानीय घरेलु उत्पादन बढाएर निर्यात प्रोत्साहन उद्देश्यले सरकारले अनुदान सीमा बढाएको छ । यसअघि, एकदेखि दुई प्रतिशतसम्म नगद अनुदान पाउने व्यवस्था थियो ।

सोही व्यवस्थाअनुसार निर्यातकर्ताले तोकिएका विभिन्न २६ प्रकारका वस्तु निर्यातमा तीनदेखि पाँच प्रतिशतसम्म नगद अनुदान पाउँदै आएका छन्  । यस्ता वस्तु औद्योगिक र अन्य उत्पादन गरी दुई प्रकारमा वर्गीकरण गरिएको छ ।
औद्योगिक उत्पादन सूचीमा परेका १५ प्रकारका वस्तु निर्यातमा सरकारले ५ प्रतिशत नगद अनुदान दिँदै आएको छ ।

यसैगरी, अन्य उत्पादन सूचीमा रहेका ११ प्रकारका वस्तु निर्यातमा तीन प्रतिशत अनुदान प्रदान गरिँदै आएको छ । जसका कारण घरेलु उत्पादन बढ्ने र नयाँ रोजगारी सिर्जना हुने सरकारको अपेक्षा छ ।

सरकारले १४ माघ २०७५ मा राजपत्रमा प्रकाशित गरी जारी गरेको निर्यातमा अनुदान प्रदानसम्बन्धी कार्यविधि पुनः ३ साउन २०७६ मा संशोधन गरेको थियो । संशोधित कार्यविधिअनुसार अहिले निर्यातकर्ताले यस्तो अवसर पाएका हुन् ।

(Visited 128 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपाल र नेदरल्यान्ड्स फाइनलमा

काठमाडौं । मलेसिया र नेदरल्यान्ड्सले बराबरी खेलसँगै घरेलु टोली नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । वर्षाले प्रभावित खेलमा मलेसियालाई जितका...

सबै सिनेमा हल फेरि बन्द

काठमाडौं । नेपालका फिल्म हल सञ्चालक यतिबेला फेरि निराश भएका छन् । नेपालमा कोभिड–१९ को दोस्रो लहर बढेपछि सरकारले सबै सिनेमा हल बन्द गर्ने...

ओली र नेपालबीच आज दोस्रो वार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो वार्ता आज पनि हुँदैछ । होटल मेरियटमा दिउँसो...

विद्यार्थीमा कोरोना संक्रमण भएपछि धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द

धनकुटा । विद्यार्थीमा कोरोना भइरसको संक्रमण देखिएकाले धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको वुधवार...

संक्रमित बढेकाे बढ्यै, मास्क समेत लगाउन मान्दैनन् स्थानिय

बझाङ । बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विहीबार दिउसो जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ बर्षिया पुरुषको मृत्यु भएको...

साताका लोकप्रिय समाचार

सिटी र टोटनह्याम विजयी

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान सिटीले एस्टन भिल्लालाई...

मेलम्ची पानीले खाल्डाखुल्डी

काठमाडौं । राजधानीमा ल्याइएको मेलम्ची पानीको उचित व्यवस्थापन कमजोरीका कारण ठाउँठाउँका सडक खाल्डाखुल्डी परेका छन् । पुरानो प्रणालीबाट पानी वितरण गरिँदा ३ सय स्थानसम्म चुहावट...

भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

 एजेन्सी ।  भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२...

स्कुले बालबालिका रुघाखोकी र ज्वरोले ग्रसित

कर्णाली ।  पछिल्लो समयमा रुघाखोकी र ज्वरोले विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित हुन थालेका छन् । रुघाखोकी, ज्वरो आएर बान्ता गर्ने, ढल्ने अवस्था भएपछि ग्रामीण...

ओली दम्भको पहिलो धक्का पत्रकार महासंघको निर्वाचन : नेपाल

काभ्रेपलाञ्चोक । ओली दम्भको पहिलो धक्का पत्रकार महासंघको निर्वाचनमा पाएको एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् । नेपाल पक्षीय नेता कार्यकर्तालाई लक्षित गर्दै...

ट्रेन्डिङ

बच्चाको झै झगडालाई लिएर कुटाकुट, एक महिलाको मृत्यु

सर्लाही । बच्चाको झै–झगडालाई लिएर कुटाकुटा हुँदा सर्लाहीमा एक महिलाको मृत्यु भएको छ । सर्लाहीको हरिपुर्वा–८ वसन्तपुरमा कुटाकुटा हुँदा ३५ वर्षीया सैदुन खातुनको मृत्यु...

ब्राजिलमा कोभिडबाट एकै दिन १ हजार २०० भन्दा बढीको मृत्यु

एजेन्सी । ब्राजिलमा कोभिड १९ को संक्रमणबाट एकै दिनमा एक हजार २९० जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार...

भिडियोमा भूपेन्द्रको नयाँ गजल

काठमाडौं । यसअघि २०५९ सालमा एकल गजल एल्बम बुलबुल श्रोतामाझ ल्याएका गजलकार तथा गीतकार भूपेन्द्र खड्काले यतिबेला अर्को गजल श्रोता र दर्शकमाझ ल्याएका छन्...

क्वारेन्टाइनबाट भागेका युवक मोटरसाइकल दुर्घटनामा घाइते

तुलसीपुर । मावि सेन्टर स्कुल तुलसीपुरको क्वारेन्टाइनमा बसेका भनिएका युवक डोक्रेनामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् । मावि सेन्टर स्कुलको क्वारेन्टाइनबाट हिजो साँझ भागेका...

एस बैंकका ग्राहकमा अन्योल, पैसा झिक्न बैंकमा भीड

मुम्बई। भारतको केन्द्रीय रिजर्भ बैंक (आरबीआई)ले मुम्बई क्षेत्रमा निकै लोकप्रिय ‘यस बैंक’बाट एक महिनासम्म सीमित रकम मात्र झिक्न पाउने आकस्मिक निर्णय गरेपछि निराश बैंकका...

स्टेगेन बार्सिलोनामै रहने

मड्रिड । क्याटलान क्लब बार्सिलोनाका पहिलो रोजाइका जर्मन गोलरक्षक मार्क आन्द्रे टेर स्टेगेनले क्लबसँगको सम्झौता नवीकरण गर्न सहमत भएका छन् । स्टेगनले कम्तीमा पनि...

पिसिआर परिक्षण दायरा नबढाउँदा जोखिम बढ्ने खतरा

बर्दिया । केहिदिन यता भारतबाट घर फर्कनेहरुको लर्को छ । भारतसँग सीमा जोडिएका जिल्लाका विभिन्न नाका तथा नेपालगंज जमुनाहा नाकाबाट दिनहँ सयौँ मानिसहरु जिल्ला...

बेसहाराको सहारा बन्दै ‘भोर जनकपुर’

सर्लाही । सर्लाहीमा रहेको एक गैर सरकारी संस्था बेसाहारा परिवारको सहारा बन्दै गएको छ । ‘भोर जनकपुर’ नामक संस्थाले १ सय ५०...

अब पिसीआर परीक्षणको शुल्क दुई हजार मात्र

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को पिसीआर परीक्षण शुल्क रु दुई हजार तोेकेको छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा...

कर्णाली नदीमा पुल बनेपछि भुलुबासी हर्षित

दैलेख । बर्षोदेखि कर्णाली नदी वारपार गरेर जोखिम यात्रा गर्दै आएका अछाम तुर्माखाँद गाउँपालिका २ भुलुबासीको जोखिम यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । दैलेखको...

‘लुम्बिनी आउन धेरै चिनियाँ आतुर छन्, तर पूर्वाधार भएन’

काठमाडौँ । “लुम्बिनी एक दुई दिन या एक हप्तामात्र घुम्ने ठाउँ होइन । लुम्बिनी आउने कुनै पनि देशका पर्यटकले दुई चार दिनमात्र घुमेको सुनाउँछन्,...

स्वास्थ्यमन्त्रीज्यू, तपाईं चुकेकै हो ?

स्वास्थ्य मन्त्रीज्यू नमस्कार नमस्कार ! यो महामारीको समय छ, केही बोलिदिनुस् न ? मन्त्रीः अहिले छोडिदिनुस, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति ज्यूसँग...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)