पीएसजी लेन्ससँग स्तब्ध

पेरिस । अघिल्लो सिजनको लिग वान च्याम्पियन तथा यूईएफए च्याम्पियन्स लिगको उपविजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) नयाँ सिजनको पहिलो खेलमै लेन्ससँग स्तब्ध बनेको छ । कोरोना संक्रमणका कारण पहिलो रोजाइका ७ खेलाडीबिनै मैदान उत्रिएको पीएसजी नयाँ सिजनको पहिलो खेलमा यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको लेन्ससँग १–० ले स्तब्ध बन्न पुगेको हो ।

पीएसजीलाई स्तब्ध बनाउन इग्नाटियस गनागोले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । पीएसजीका गोलरक्षक मर्सिन बुल्काको गल्तीमा गुनागोले गोल गरेका थिए । पहिलो रोजाइका ७ खेलाडी नेयमार, केलियन एमबाप्पे, एन्जल डि मारिया, केलर नाभास, मार्किन्हस, मोउरो इकार्डी र ड्यानियल पाराडेसलाई कोरोना संक्रमण पुष्टि भएपछि पीएसजी दोस्रो रोजाइका खेलाडी लिएर खेल्नुपरेको थियो । बिहीबार राति भएको खेलमा लेन्सले खेलको १७औं मिनेटमा आक्रमण बुनेको थियो । इग्नाटियस गनागोको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो ।

पीएसजीको सिनियर टोलीबट डेब्यु खेल खेलिरहेका केज रुइज एटिलले २२औं मिनेटमा गरेको प्रहार लेन्सका गोलरक्षकले विफल पारे । २८औं मिनेटमा युवा खेलाडीहरू एटिल र अर्नाउड कालिमुइन्डो मुइंगाको समन्वयमा मिलेको पासमा एन्डर हेरेरा चुक्दा पीएसजीले अग्रता लिने अवसर गुमायो । दोस्रा हाफमा पनि पीएसजीले घरेलु टोली लेन्सलाई दबाबमा राखे पनि गोलरक्षकको गल्तीमा ५७औं मिनेटमा गोल खान पुग्दा खेलमा १–० ले पछि प¥यो । डिफेन्डरले दिएको ब्याक पासमा गोलरक्षक बुल्काले रिलिज गरेको बललाई गुनागोले नियन्त्रणमा लिँदै गोल गर्न सफल भएका थिए । ६२औं मिनेटमा पीएसजीका गोलरक्षक बुल्काले अर्काे सुन्दर बचाउ गर्दै अर्काे गोल टारे ।

क्लेमेन्ट मिचेलिनलाई दिएको पासलाई गुनागोले क्रस गरेपछिको प्राप्त सिमोन बान्जाको हेडरलाई बुल्काले ब्लक गरेका थिए । दोस्रो रोजाइको टोलीले लेन्सविरुद्ध ७८ प्रतिशत बल पोजेसन बनाए पनि फिनिसिङमा चुक्दा पहिलो खेलमै १–० ले स्तब्ध बन्न पुग्यो । पीएसजीको अग्रपंक्ति युवा खेलाडी रुइज एटिल, अर्नाउड कालिमुइन्डो मुइंगा र पाब्लो सारावियाले सम्हालेका थिए । मिडफिल्डमा मार्काे भेराट्टी, एन्डर हेरेरा, इड्रिसा गाना गुआइ, रहँदा डिफेन्समा जुआन बेर्नाट, प्रेसनेल केम्पेम्वे, थिलो केरहर र लेभिन कुर्जावा रहेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 155 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यस्ताे छ भरतपुरकाे ताजा अपडेट, रेणुकाे अग्रता कायमै