Saturday, September 19, 2020
Home प्रमुख भारतमा कोरोनाबाट एकै दिनमा ९७ हजारभन्दा बढी संक्रमित

भारतमा कोरोनाबाट एकै दिनमा ९७ हजारभन्दा बढी संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या दिनप्रतिदिन वृद्धि हँुदै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९७ हजार ५७० जना सङ्क्रमित भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४६ लाखभन्दा बढी पुगेको देखिएको छ ।

संघीय (केन्द्रीय) स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल सङ्या अहिलेसम्म ७७ हजार ४७२ पुगेको छ । कुल मृतकमध्ये एक हजार २०१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि मन्त्रालयले शनिबार जनाएको छ ।

भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ४६ लाख ५९ हजार ९८५ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । ती मध्ये ३६ लाख २४ हजार १९७ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

अधिकारीहरूका अनुसार अरु नौ लाख ५८ हजार ३१६ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । भारतमा सवैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म कोरोनाकै कारणले २८ हजार जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस   सदनमा संविधान संशोधन विधेयक पेश

महाराष्ट्रमा अहिले पनि दुई लाख ६१ हजार ७९८ जना सक्रिय सङ्क्रमित अवस्थामै रहेको अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी आन्द्र प्रदेश दोस्रो धेरै प्रभावित प्रदेशमा पर्दछ । जहाँ अहिलेपनि ९७ हजार ३३८ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् भने चार हजार ७०२ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

कुल ४८ हजार ४८२ जना सक्रिय सङ्क्रमितहरु रहेको तमिल नाडु भारतको तेस्रो धेरै प्रभावित प्रदेशमा पर्दछ । नमिल नाडुमा मात्रै कोरोनाका कारण अहिलेसम्म आठ हजार १५४ जनाको मृत्यु भएको छ ।

त्यसपछि धेरै प्रभावित प्रदेशहरुमा कर्नाटक र दिल्ली प्रदेश रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

(Visited 50 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, १४४७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७...

उपत्यकामा मात्रै ६०० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा...

काँग्रेस महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो...

भर्खरै

जनकपुरमा संविधानको विरोध/समर्थन !

जनकपुरधाम । जनकपुरधाममा आज दुइ थरी दृश्य देखियो । जनता समाजवादी पार्टीले संविधानको विरोध गर्दै प्रदर्शन गरिरहेका थिए भने केही युवाहरुले जानकी चोकमा दिपावली...

पत्रकार घिमिरे र आचार्यलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार

मोरङ । विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम...

ठमेलमा टोलवासीको रात्रि सुरक्षागस्ती (फोटो फिचर)

काठमाडौं । ठमेलको पहिचानमा विकृति आउन नदिन र स्थानीयवासीको अमनचयनलाई कायम राख्न टोलीवासीले रात्रि सुरक्षागस्ती सुरु गरेका छन् । ठैटीदेखि गल्कोपाखासम्म राति ८ बजेदेखि...

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

धेरै पढिएका

भोटेकोशीमा आएको बाढीले दुई जनाको मृत्यु, १८ वेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले बगाउदा दुई जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् । बा-हबिसे नगरपालिका वडा नं ५...

रोटरी क्लब अफ काठमाडौंद्वारा प्रसूतिगृहमा कोरोना परीक्षणका निम्ती पीसीआर ल्याब निर्माण

काठमाडौं । परोपकांर प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीका निम्ती रोटरी क्लब अफ काठमाडौंले कोरोना परीक्षणका निम्ती पीसीआर ल्याब निर्माण गरेको...

विदेशबाट घर आउन चाहने सबैलाई फिर्ता ल्याऊ : काँग्रेस

काठमाडाैं । नेपाली काँग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग आग्रह गरेको छ । काँंग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले...

विद्युत् महसुल बढाउने प्रस्तावमा असहमति

काठमाडौं । विद्युत् नियमन आयोगले महसुल निर्धारणका लागि ई–हेयरिङ सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको विद्युत् महसुल निर्धारणसम्बन्धी सोमबार उद्योगी, व्यापारी,...

ई-पेपर

(Visited 63 times, 1 visits today)