सावधान ! तपाईले लगाउने स्यानिटाइजर नै तपाईको लागि खतरा हुन सक्छ

काठमाडौँ । कोरोना संक्रमणबाट बच्नका लागि भरपर्दो उपाय बनेको छ स्यानिटाइजर । नेपाल सरकारले विभिन्न सन्देश मार्फत सावुन पानीले हात धुन र स्यानिटाइजर लगाउन आग्रह समेत गरेको छ । सुरक्षित रहनका लागि प्रयोग गरिने स्यानिटाइजर नै स्वास्थ्यका लागि गम्भिर समस्या बन्ने सम्भावना छ । नेपाली बजारमा विषाक्त रसायनयुक्त स्यानिटाइजर भेटिन थालेपछी याे खतरा बढेकाे हाे ।

औषधि व्यवस्था विभागले मापदण्ड विपरीत स्यानिटाइजर उत्पादन गर्ने उद्योगलाई कारबाही गरेपछि विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन र बिक्री वितरण भएको सार्वजनिक भएको हो ।

काठमाडौँका हाइजिन सोप एण्ड केमिकल प्रालि, आधार केमिकल एण्ड फुड इन्डष्ट्री, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्स रहेका विषाक्त रसायन प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेका छन् । यसैगरी भक्तपुरमा रहेको कायाकल्प उद्योगबाट उत्पादित स्यानिटाइजर पनि विषाक्त रहेको छ

विभागले शनिबार काठमाडौं र भक्तपुरका पाँच वटा उद्योगहरुले विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गरेको पाएपछि कारबाही गरेको छ । औषधि व्यवस्था विभागको प्रयोगशालमा गरिएको परीक्षणमा काठमाडौंका चार र भक्तपुरका एक उद्योगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने केमिकल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको पाइएको विभागले जानकारी गरेको छ ।

विभागका अनुसार मापदण्ड विपरीत स्यानिटाइजर उत्पादन गर्ने उद्योगहरुमा चार वटा काठमाडौँका रहेका छन भने एउटा भक्तपुरको रहेको छ । काठमाडौँका हाइजिन सोप एण्ड केमिकल प्रालि, आधार केमिकल एण्ड फुड इन्डष्ट्री, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्स रहेका विषाक्त रसायन प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेका छन् । यसैगरी भक्तपुरमा रहेको कायाकल्प उद्योगबाट उत्पादित स्यानिटाइजर पनि विषाक्त रहेको छ ।

कुन कुन कम्पनीका छन् 

औषधि व्यवस्था विभागले पाँच उद्योगहरुबाट उत्पादित ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर ओरिजिनल’, ‘एडभान्स््ड ह्यान्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसिङ जेल’ र ‘सूर्यमुखी ह्याण्ड स्यानिटाइजर’ प्रयोग नगर्न भनेर सूचना समेत जारी गरेको छ । विभागले आम सर्वसाधारणलाई सचेत गर्न शनिबार सूचना जारी गरी सो उद्योगबाट उत्पादन भएको स्यानिटाइजर प्रयोग नगर्न जानकारी गराएको हो । विभागले सो उद्योगबाट उत्पादन गरेको स्यानिटाइजर उत्पादन र विक्री वितरण गर्ने बन्द गरेको जनाएको छ ।

विभागका अनुसार सो स्यानिटाइजरहरुमा विषाक्त रसायन मेथानोल मिसाएको छ । सो विषाक्त रसायन मेथानोलले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ । विभागका अनुसार स्यानिटाइजरमा इथानोल बाहेकका अन्य केमिकल प्रयोग गर्न पाइँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी