Thursday, May 6, 2021
Home बिचार नेकपा र पार्टी सञ्चालन : नीति एवं विधिका कुरा

नेकपा र पार्टी सञ्चालन : नीति एवं विधिका कुरा

,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता र एकीकरण नटुंगिदै पार्टीभित्र नीति र विधिका सवालमा बहस, विवाद र अन्तरसंघर्ष उत्कर्षमा पुग्यो । अन्तरसंघर्षको विषय पार्टी विभाजनको स्थितिमा पुगेको भन्दै प्रचार पनि भयो । कतिपयले बहसको विषय मात्र भनी खिसिट्युरी पनि गरे । तर, कम्युनिस्ट पार्टीले गतिलिने र एकताबद्ध हुने विचार संघर्षबाटै हो । लामो समयको छलफल र बहसपछि असार १० गतेदेखि लम्बिएको स्थायी समिति वैठक झन्डै अढाइ महिनापछि पार्टीलाई नीति र विधिबाट सञ्चालन गरिने निष्कर्षका साथ सम्पन्न भएको छ । यसले प्रतिक्रियावादीको क्याम्पमा निन्द्रा हराम भएको छ । साथै, देशी–विदेशी प्रतिक्रियावादी शक्तिलाई तिल्मिलाउने बनाएको छ ।

नेकपालाई नीति र विधिबाट सञ्चालन गर्ने सैद्धान्तिक एवं वैचारिक फ्रेमवर्कमा कार्यदलले तयार गरेको प्रतिवेदनका आधारमा तयार गरी बैठकमा प्रस्तुत अध्यक्षद्वयको १५ बुँदे प्रस्तावमाथि छलफल भएको छ । बैठकमा छलफल गरी प्राप्त सुझावका आधारमा समृद्ध बनाउँदै आगामी केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने भएको छ ।

पार्टी र संस्थागत प्रणालीलाई सुदृढ गर्ने र एक व्यक्ति एक मुख्य जिम्मेवारीको व्यवस्था अनुरूप दुई जना अध्यक्षको कार्य विभाजन र अधिकारलाई स्पष्ट पारेको छ । सरकारको नेतृत्व गर्ने अध्यक्षले सरकारका काममा केन्द्रित हुने र अर्को अध्यक्षले कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुनेगरी निर्णय गरिएको छ । राजनीतिक एवं संगठनात्मक क्षेत्रका कामअन्तर्गत पार्टी एकता र एकीकरणका काम असोज महिनाभित्र सम्पन्न गरिसक्ने पार्टीभित्र गुटगत गतिविधिलाई अन्त्य गर्ने निर्णय गरेको छ । यस्तै, पार्टीको एकता महाधिवेशन आगामी चैत २५÷३० मा आयोजना गर्ने, महाधिवेशन प्रयोजनका लागि सदस्यता नवीकरण, अभिलेखीकरण, प्रतिनिधि छनोट विधि, स्थानीय, जिल्ला र प्रदेशको अधिवेशनको विधि, कमिटी संख्या, महाधिवेशनमा छलफल गरिने सिद्धान्त, विचार र कार्यदिशाको राजनीतिक डकुमेन्ट मस्यौदाको तयारीलगायतका कामको ठोस योजना बनाउने निर्णय गरेको छ ।

यस्तै, तीन तहका सरकारका कामको भूमिकालाई प्रभावकारी ढंगबाट सञ्चालन गर्ने, पार्टीको संसदीय दललाई प्रभावकारी बनाउने, नेपालको सीमा समस्यालाई भारत सरकारसँग वार्ता गरी समाधान गर्ने, शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पु-याउने, एमसीसी सम्झौतालाई संशोधन गरी अनुमोदन गर्ने, पार्टी निकटका विभिन्न प्रतिष्ठानलाई नियमन गरी गुटगत गतिविधि नियन्त्रण गर्ने, कोभिड–१९ र बाढीपहिरोमा पीडितको उद्धार, उपचार, राहत, पुनःस्थापनको व्यवस्थापनमा सरकारको भूमिका बनाउने यस काममा पार्टीको सिंंगो पंक्ति परिचालित हुुने निर्णय गरेको छ ।

नेकपाको एकता र एकीकरणको प्रक्रियामा देखापरेको गत्यावरोध र अन्तरविरोधलाई अन्त्य गरी पार्टी स्थायी समितिको बैठकले नयाँ सन्देश प्रवाह गरेको छ

पार्टी काम र सरकारका काममा उत्कृष्ट ढंगले कार्य सम्पादन गर्न, पार्टीभित्र शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन कायम राख्न ‘एक व्यक्ति एक प्रमुख जिम्मेवारी’को अवधारणालाई अब केन्द्र, प्रदेश र जिल्ला तहमा कार्यान्वयन गर्दा पार्टी र सरकारको काममा गतिशीलता, उत्कृष्टता आउनका साथै काम र जिम्मेवारीको सन्तुलित ढंगबाट विन्यास हुने स्थिति सिर्जना हुन्छ । यस्तै, पार्टीका कामको अनुगमन र मूल्यांकन गर्न का साथै तीनवटैै तहका सरकारले गरेका कामको वस्तुनिष्ठ समीक्षा गरेर सरकारका कामलाई उपलब्धिको रूपमा जनसमक्ष पार्टी पंक्तिबाट प्रचारप्रसार गरेर पार्टी जनता बीचको सम्बन्धलाई सजीव बनाउन जरुरत छ । यस्तै, पार्टीभित्र हुर्किरहेको गुटबन्दी, गैरसर्वहारावादी सोच, चिन्तन र भ्रष्ट मनोवृत्तिविरुद्ध शुद्धीकरण अभियान र वैचारिक प्रशिक्षणको अभियान घनीभूत रूपमा सञ्चालन गर्न जरुरी छ ।

सरकारका काममा पार्टीबाट सहयोग र समन्वय गर्ने हिसाबले तीनवटै तहको सरकार सञ्चालनमा पार्टीको संयन्त्र बनाउने कामले नै पार्टी र सरकारका काममा समन्वय हुनेछ । गुटका आधारमा गुटनजिकका व्यक्ति तथा आफ्नो निर्वाचन क्षेत्र बलियो बनाउने आधारमा आत्मकेन्द्रित सोचबाट बिना मापदण्ड पार्टीको संस्थागत निर्णय बिना राजकीय क्षेत्रमा गरिएका विवादास्पद राजनीतिक नियुक्तिले पनि पार्टीमा समस्या उत्पन्न गरेको छ । यस्तो स्थितिको अन्त्य गर्न राजकीय क्षेत्रमा योग्यता, क्षमताका आधारमा अवसरको वैज्ञानिक तवरले वितरण हुनेगरी स्पष्ट मापदण्डअनुसार संस्थागत सिफारिसमा पार्टीको निर्णयबाट राजनीतिक नियुक्तिका लागि सरकारलाई सिफारिस गर्ने, यसरी नियुक्त व्यक्तिहरू पार्टीप्रति जवाफदेही बन्ने, उनीहरूले सम्पादन गरेको कामको पार्टीमा रिपोर्टिङ हुने र पार्टीले उनीहरूको काममा सहयोग, समन्वय र मूल्यांकन गर्ने परिपाटीको थालनीले मात्रै राजकीय क्षेत्रमा उत्कृष्ट एवं पारदर्शी तवरले कार्य सम्पादन हुने आधार तयार हुनेछ ।

राज्य सञ्चालनका क्रममा आर्थिक अनुशासन, मितव्ययिता र पारदर्शिता कायम गर्नु, गराउनुु पार्टीको महत्वपुर्ण अभिभारा हो । यसले नै पार्टी र सरकारको लोकप्रियता बढेर जानेछ । तसर्थ, माथिदेखि तलसम्म स्पष्ट आचारसंहिता बनाएर त्यसलाई सरकार संचालनका क्रममा पालना गर्ने गराउने, त्यसको अनुगमन गर्ने, राजकीय निकायमा रहेर काम गरिरहेका पार्टी प्रतिनिधिका बारेमा जनस्तरबाट हुने गुनासो, आलोचना र टिप्पणीबारे पार्टीले अनुसन्धान, छानबिन, निगरानी राखेर आवश्यकताअनुसार पार्टीले आफ्नो तर्फबाट दृष्टिकोण स्पष्ट पारि भ्रम, अन्यौल, आरोप, टिप्पणीको खण्डनमण्डन गरेर राजकीय निकायमा गएका पार्टी प्रतिनिधिलाई स्वच्छ र पारदर्शी बनाउन भूमिका निर्वाह गर्न जरुरी हुन्छ । यस्तै, पार्टीभित्र गुटगत गतिविधि र अनुशासनहीन गतिविधिलाई नियन्त्रण गर्न पार्टीको अनुशासन आयोगलाई पूर्णता प्रदान गरी यसको भूमिकालाई सक्रिय र प्रभावकारी बनाउन जरुरी छ ।

पुँजीवादी क्रान्तिको सफलतापछि समाजवादी क्रान्तिको थालनी गरेर समाजवादको आधार निर्माण गरी समाजवाद स्थापना गर्ने पार्टीका सामु ऐतिहासिक एवं युगीन अभिभारा छ । पार्टी सरकारमा गएको बेला लागू गर्ने समाजवादी आर्थिक–सामाजिक कार्यक्रमको स्पष्ट कार्यक्रमिक रूपरेखा यतिबेला आवश्यक छ । समाजवादी शिक्षा र स्वास्थ्य नीति, प्राकृतिक स्रोतसाधन, वनजंगल, खनिज, खानी उत्खनन र परिचालन तथा ऊर्जा, जलविद्युत् उत्पादनमा तथा आपूर्ति र वितरणमा व्यक्ति, कम्पनी र बहुराष्ट्रिय निगमको एकाधिकार र वर्चस्व हुने नवउदारवाद र दलालपुँजीवादको बिगबिगीलाई अन्त्य गरी राज्य र समुदायको स्वामित्व र वर्चस्व हुनेगरी सरकारबाट नीति कार्यक्रम लागू गर्न पनि यतिबेला नेकपाले ठोस नीति र कार्यक्रम बनाउनुपर्नेे आवश्यकता देखिएको छ ।

यस्तै, एमसीसीकोे वर्तमान सम्झौता राष्ट्रिय हित र सुरक्षामा आँच पुग्नेगरी सम्झौता भएको छ । इन्डोप्यासिफिक रणनीतिको एक महत्वपूर्ण कार्यक्रमको रूपमा अगाडि सारिएको एमसीसी कम्प्याक्ट सम्झौतालाई अमेरिकन सरकार हुबहु लागू गर्न दबाब दिन उद्धत रहेको छ । यस्तो स्थितिमा राष्ट्रिय हितमा प्रतिकूल उक्त सम्झौता अनुमोदन हुन सक्ने स्थिति नै छैन । देशभित्र उत्पादित विद्युत् आन्तरिक रूपमा उपभोग गरेर सदुपयोग गर्ने र देशलाई आत्मनिर्भर बनाउने नीतिविपरीत अमेरिकीबाट तयार गरिएको एमसीसी सम्झौताअन्तर्गत विद्युत् प्रसारण लाइन निर्माण र सडक विस्तारका नाममा विदेशी हस्तक्षेप बढाउने र नेपाललाई रणभूमि बनाउने साम्राज्यवादीहरूका चालबाजीलाई यतिबेला नेकपाले गम्भीरतापूर्वक विश्लेषण गरेर ठोस निष्कर्ष निकाल्न जरुरी छ । महाकाली सम्झौताका बखत पनि पार्टी विभाजन भएको तीतो यथार्थतालाई स्मरण गरेर पनि यस्तो विवादास्पद सम्झौतालाई अस्वीकार गरेर नै पार्टी एकता कायम गर्न र राष्ट्रिय हित र सुरक्षालाई मजबुद बनाउन सकिन्छ ।

अन्त्यमा, नेकपाको एकता र एकीकरणको प्रक्रियामा देखापरेको गत्यारोध र अन्तरविरोधलाई अन्त्य गर्न पार्टीको स्थायी समितिको वैठकले नयाँ सन्देश प्रवाह गरेको छ । अब पार्टीलाई नीति र विधिको पद्धतिबाट सञ्चालन गर्न नेतृत्वका बीचमा हार्दिकता, एकता र उन्नतस्तरको समझदारी कायम गरी पार्टी र सरकारलाई सञ्चालन गर्न आवश्यक छ । साथसाथै, अब शीघ्र पार्टी एकता र एकीकरणलाई टुंगोमा पु-याएर पार्टी संगठनलाई जनस्तरसम्म विकास र विस्तार गर्ने, कोरोना महामारी नियन्त्रणमा सचेतनता अभियान सञ्चालन गर्न सिंगो पार्टी पंक्ति परिचालन गर्ने, राष्ट्रियतामा विद्यमान चुनौतीको समाधान गर्ने र पार्टीको महाधिवेशनको तयारीमा जुट्ने योजनाका साथ अगाडि बढ्न सक्दा नेकपाभित्र अझ एकताको भाव सिर्जना भई सुदृढ र एकताबद्ध पार्टीको रूपमा रूपान्तरण हुने विश्वास लिन सकिन्छ ।

(Visited 180 times, 1 visits today)
Loading comments...

आजको समाचार

देउवाले ओलीलाई भने ‘हामी तपाइलाई विश्वासको मत दिन सक्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत...

स्वास्थ्यमा समस्या भएपछि चैनपुरका मेयरलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका मेयर भरत खत्रीलाई स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाण्डौं लगिएको छ । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि चैनपुरका मेयर...

ह्वाटमोर श्रीलंका प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर मंगलबार श्रीलंका प्रस्थान गरेका छन् । दोस्रो लहरको कोरोना महामारीले क्रिकेट गतिविधि ठप्प भएपछि...

घरकाले थाहा पाउछन्, हाम्रो फोटो नखिच्नुस् (फोटोफिचर)

काठमाडौं । निजी अस्पतालले कोरोना शीर्षकमा सर्वसाधारणसंग सर्वस्व लुटिरहेको बेला बीर अस्पतालको नयाँ भवनमा आइसोलेशन बेड तयार हुँदैछ भन्ने कुराले पक्कै पनि केही सकारात्मक...

कोरोना खोप ल्याउने विषयमा उपप्रधानमन्त्रीले गरे बैठक आह्वान

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका...

साताका लोकप्रिय समाचार

नागरिकलाई ढाडस दिनुपर्ने बेलामा बेड छैन भन्नु सरकार गैह्रजिम्मेवार : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले कोरोना संक्रमित विरामीका लागि अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारीपन भएको बताएको छ । महामारीको समयमा सरकारले नागरिकलाई ढाडस र सहयोग...

श्रमिकलाई कोरोना भए सामाजिक सुरक्षा कोषले उपचार खर्च बेहोर्ने

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकलाई कोरोना भाइरस संक्रमण भएमा उनीहरूको उपचार खर्च कोषले नै बेहोर्ने भएको छ । अन्य...

बिहेको भोज खाँदा तनहुँमा ३५ जना बिरामी

तनहुँ ।  व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी...

निफमा अनुराग कश्यपले अनुभव शेयर गर्ने

काठमाडौं । नेपाल अन्तराष्ट्र्रिय चलचित्र महोत्सब,निफको चौथो संस्करणमा प्रसिद्ध भारतिय निर्देशक अनुराग कश्यपले नेपाली फिल्मकर्मी र दर्सकहरुको लागि आफ्नो अनुभब शेयर गर्ने भएका छन्...

इजरायली प्रधानमन्त्री नेतन्याहू बहुमत सिद्ध गर्न असफल, नयाँ सरकार गठनमा अन्यौल कायमै

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धन सरकार निर्माण असफल हुनु भएको छ । नयाँ गठबन्धन सरकार निर्माणका लागि प्रधानमन्त्री नेतन्याहूलाई मङ्गलबार मध्यरातको समयसीमा...

ट्रेन्डिङ

नेपाली कांग्रेस एक ढिक्का भएर सरकार विरूद्ध लाग्नु पर्छ : महत

  काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डा.प्रकाश शरण महतले सरकारले आफू अनुकुल नभएकाहरुलाई दुख दिने काम गरेकाे आरोप लगाएका छन्। आज बिहान...

२० जेठसम्म लकडाउन थप

काठमाडौं । सरकारले २० जेठसम्मका लागि लकडाउन थाप गरेको छ । उच्चस्तरीय समितिले १० दिनका लागि म्याद थप गर्न सुझाव दिएकोमा सरकारले १५ दिन...

‘सुरक्षाको ग्यारेन्टी नभए अध्यापन गराउँदैनौं’

इटहरी । निजी कलेजले लकडाउनको समयको समेत शुल्क लिएको विरुद्धमा उत्रिएको आन्दोलनले उग्ररूप लिएको छ । विद्यार्थीले आन्दोलनमा उत्रिएर कलेज तोडफोड नै गर्ने स्थिति...

बोर्ड अध्यक्षका लागि दयाराम, भुवन र राजेशबीच प्रतिस्पर्धा

काठमाडौं । विगत ६ महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्षको चयन अन्तिम चरणमा पुगेको छ । यो प्रतिस्पर्धाका लागि अन्तर्वार्ता दिएका १० जनामध्ये...

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का आफ्नै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । शाहीलाई संसदीय दलको नेताबाट हटाउन...

पूर्वमन्त्री बाँस्कोटालाई काेराेना सङ्क्रमण

काठमाडाैं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण भएको छ । पिसिआर परीक्षणका क्रममा आज पत्नी तारा मानन्धरसँगै आफूलाई...

बायोपिक फिल्ममा तापसी पन्नु

मुम्बई । लकडाउन बीच पनि बलिउड अभिनेत्री तपसी पन्नु एक फिल्मसँग जोडिएकी छिन् । उनले यसपटक नयाँ पायोपिक जनराको फिल्ममा अभिनय गर्दैछिन् । महाराष्ट्र...

एउटै कार्यालयका चार कर्मचारीको दुर्घटनामा निधन भएपछि प्रशासन पाँच दिनका लागि बन्द

गुल्मी । प्युठानमा जीप दुर्घटनामा परी कर्मचारीको निधन भएपछि गुल्मीको जिल्ला प्रशासन कार्यालय पाचँ दिनका लागि बन्द हुने भएको छ । बुधबार जीप दुर्घटना...

१३ बर्षीया बालिका आमा बनिन्, काकाको छोरा बिरुद्ध बलात्कार गरेको अभियोग

लमजुङ । लमजुङ सदरमुकाम बेसीशहरकी १३ बर्षीया बालिका आमा बनेकी छन् । बालिकाले आफू आमा बनेपछि आफ्नै गाउँका एक आफन्त (नाता पर्ने) युवकका विरुद्द...

छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड दिएका...

बहुमुल्य काईनेटिक पत्थरसहित दैलेखमा एक जना पक्राउ

दैलेख । बहुमुल्य काईनेटिक पत्थर सहित दैलेखमा अवैध कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ...

सामुदायिक प्रसारण संघका निर्वाचित प्रतिनिधिहरु हरिपुरमा सम्मानित

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा सामुदायिक प्रसारण संघका निर्वाचित प्रतिनिधिहरु सम्मानित भएका छन ।नेपाल प्रेस युनियन र मुनाल सामुदायिक संस्थाको संयुक्त आयोजना तथा नेपाल...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)