३ सय ९ किलो गाँजासहित ट्रक नियन्त्रणमा

सर्लाही । सर्लाही प्रहरीले ठुुलो परिमाणमा लागुुऔषध गाँजा बरामद गरेको छ । सर्लाही जिल्लाको पूर्वी ग्रामिण ईलाका हुँदै लागूऔषध नेपाल-भारत ओसारपसार हुँदै आएको विशेष सूचनाको अधारमा गएराति जिल्ला प्रहरी कार्यालय सर्लाहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर आफैं गस्तीमा जाँदा ३ सय ९ किलोग्राम गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको सर्लाही प्रहरीले जनाएको छ ।

सर्लाही प्रहरी प्रमुख राठौरको कमाण्डमा खटिएको अनुगमन टोलीले अनुगमन गर्दै जाने क्रममा राति सवा ९ बजेको समयमा पर्सा गाउँपालिका वडा न.५ डोमोवा टोलमा रहेको चिरान मिल स्थित सडकमा एकान्त ठाउँमा आउने जाने सवारी साधन तथा व्यक्तिहरुको चेकजाँच गर्ने क्रममा प्रहरी चेकिङलाई देखेर सुक्नाहा तर्फबाट पर्सा तर्फ आइरहेको ना.४ ख ७७४८ न.को ट्रक चालु अबस्थामा बाटोमा नै रोकी केही बेर ट्रक अगाडी नबढेको देखेपछि शंका लागि चेकजाँच गर्दा उक्त परिमाणमा लागुुऔषध गाँजासहित ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजुु कुुर्मीले जानकारी दिए ।

त्यस्तै ट्रक नजिक प्रहरी पुुग्दा चालक भने फरार भएको र ट्रकको ढाला मा ११ वटा गाँजाका पोकाहरु फेला परेको थियो । ११ वटा पोकाहरुमा मध्ये ९ वटा पोकामा प्रति पोका ३१ के.जी. का दरले जम्मा २ सय ७९ के.जी. र २ वटा पोकामा १५ के.जी.को दरले जम्मा ३० के.जी. गरी जम्मा ३सय ९ के.जी.गाँजा र ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याएको प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक कुर्मीले जानकारी दिए ।

त्यस्तै फरार रहेको ट्रक चालकलगायत लागू औषध गाँजा कारोबारमा संलग्न अन्य मानिसहरुको पहिचान तथा खोजतालस गर्ने लगायतको कार्य तथा थप अनुसन्धान भई रहेको प्रहरी प्रवक्ता कुर्मीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ललितपुर महानगरमा पुरानै उम्मेद्वार, जित्नेमा दुवै ढुक्क