Thursday, September 24, 2020
Home प्रमुख भेन्टिलेटरको विकल्प ‘हाई फ्लो नेजल क्यानुला’

भेन्टिलेटरको विकल्प ‘हाई फ्लो नेजल क्यानुला’

काठमाडौं । नेपालमा १० माघमा पहिलोपटक कोरोना भाइरस संक्रमण पुष्टि भयो । सुरुवातको महिनामा संक्रमितलाई कुनै लक्षणपनि देखिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित मध्ये ९९ प्रतिशतलाई लक्षण देखिएको थिएन । तर, क्रमश लक्षणसहितका संक्रमितहरु देखिन थाले ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म २४ जना भेन्टिलेटरमा र एक सय ६० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । संक्रमितहरु मध्ये केहि दिन यता अक्सिजन थेरापी दिनुपर्ने कोरोना संक्रमितको संख्या दैनिक बढ्दो छ । अधिकांश संक्रमितहरुमा ज्वरो, रुघाखोकी, श्वासप्रश्वासमा समस्या लगायतका लक्षणहरु देखिएका छन् ।

यस्तै जटील संक्रमितहरुको उपचारका लागि ‘हाई फ्लो अक्सिजन नेजल कन्नुला’ वाट अक्सिजन दिने कार्यको थालनी भएको छ । चिकित्सकहरुका अनुसार अक्सिजन सीलिण्डर वा अक्सिजन भएको स्रोतदेखि व्यक्तिको नाकसम्म पु-याउने माध्यमलाई नेजल क्यानोला भनिन्छ । यो नाकबाट अक्सिजन दिने पाईप हो । कोभिड संक्रमितहरुलाई सास फेर्न गाह्रो भएकालाई नाकसम्म अक्सिजन पु-याउन नेजल कन्नुलाले मद्यत पु-याउँछ । सामान्य अक्सिजनमा एक मिनेटमा १४ देखि १५ लिटरसम्म विरामीलाई दिन मिल्ने चिकित्सकहरु बताउँछन् ।

‘हाई फ्लो नेजल कन्युुला’ बाट एक मिनेटमा ५० देखि ६० लिटरसम्म दिन मिल्ने बताइएको छ । यसले ५० प्रतिशत विरामीलाई भेन्टिलेटर जानवाट जोगाउने त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक एवं डा. सन्तकुमार दासले बताए ।

जटील संक्रमितहरुको उपचारका लागि ‘हाई फ्लो अक्सिजन नेजल कन्नुला’ वाट अक्सिजन दिने कार्यको थालनी भएको छ । चिकित्सकहरुका अनुसार अक्सिजन सीलिण्डर वा अक्सिजन भएको स्रोतदेखि व्यक्तिको नाकसम्म पु-याउने माध्यमलाई नेजल क्यानोला भनिन्छ

आइसियुमा भर्ना हुने अधिकांश संक्रमितलाई अक्सिजनको आवश्यक पर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण छाति रोग विशेषज्ञ डा.निरज बमको भनाई छ । कोरोना संक्रमितलाई सवैभन्दा धेरै अक्सिजन नै चाहिने गरेको डा.बमको भनाई छ ।
उनले भने, ‘अहिले संक्रमितहरु जटिल अवस्थामा अस्पताल पुग्ने गरेका छन् । आइसियुमा भर्ना भएका अधिकांशलाई अक्सिजनको आवश्यक पर्छ ।’ स्वास्थ्य मन्त्रालयको तथ्याकं केलाउँदा पनि लक्षणसहितका संक्रमित बढ्न थालेपछि अक्सिजन दिनुपर्ने संक्रमितहरुको संख्या बढ्दै गएको प्रमाणित हुन्छ । स्वास्थ्य विज्ञहरुले अक्सिजन थेरापीको सहायताले नै कोरोना संक्रमणबाट हुन सक्ने मृत्युको जोखिमलाई कम गर्न सकिने बताएका छन् । उनीहरुले अन्य देशहरुमा पनि संक्रमितहरुलाई बचाउन अक्सिजन थेरापीको प्रयोग बढ्दै गएको जानकारी दिए ।

यो पनि पढ्नुहोस   केन्द्रीय कारागारमा कैदीको शंकास्पद मृत्यु

गम्भिर खालका र सास फेर्न गाह्रो हुने संक्रमितहरुका लागि अक्सिजन थेरापीको आवश्यक पर्छ । संक्रमण पुष्टि भई श्वासप्रश्वासमा समस्या भएका र निमोनिया भएकाहरुमा अक्सिजनको आवश्यक पर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले बताए ।

चिकित्सकहरुका अनुसार शरिरमा अक्सिजनको मात्रा ९५ प्रतिशत भन्दा बढी भएकालाई सामान्य अवस्था मानिन्छ । डा. बमका अनुसार श्वासनली मार्फत श्वासप्रश्वासको माध्यमद्धारा फोक्सोको अन्तिम विन्दु अलभेवलाईमा कोरोना भाइरस प्रवेश गरी विभिन्न इन्फ्लामेटरी मेडियटर उत्पादन गरी फोक्सोमा तरल पदार्थ जम्मा गरी कोभिड निमोनियाको विकास गराउँछन् । तत्पश्चात् विरामीलाई शरीरमा अक्सिजन लिन र शरीरमा भएको कार्वोनडाइअक्साइड बाहिर फाल्ने प्रकृया अवरुद्ध हुन जान्छ । र, विरामीलाई सास फेर्न गाह््रो हुन थाल्छ ।

यस्तो अवस्थामा विरामीलाई सघन उपचार कक्षका साथै भेन्टिलेटरको पनि आवश्यकता पर्न सक्छ । यस्ता विरामीका लागि शरिरमा अक्सीजनको मात्रा कम हुन जान्छ । शरिरमा चाहिने अक्सिजन पु-याउने विभिन्न विधीलाई अक्सिजन थेरापी भनिन्छ ।

कोरोना भई लक्षण भएका ४० प्रतिशत संक्रमितमा माइल्ड अर्थात् हल्का लक्षण भएका (खोकी लाग्ने, ज्वरो आउने, गन्ध थाहा नपाउने आदि), ४० प्रतिशतमा मोडरेट खालको हुन्छ । लक्षण देखिएर सिकिस्त भएका बिरामीलाई मात्र अक्सिजनको आवश्यक पर्ने चिकित्सकहरु बताउँछन् । सिकिस्त भएकामध्ये ७५ प्रतिशत संक्रमितलाई अक्सिजन मात्र दिएर पनि बचाउन र बाँकीलाई मेकानिकल भेन्टिलेटरको आवश्यक पर्न सक्ने चिकित्सकहरुको भनाई छ ।

शरीरमा अक्सिजनको मात्रा ९० प्रतिशतभन्दा कम भए तत्काल अक्सिजन थेरापीको आवश्यक पर्ने गर्छ । त्रिवि शिक्षण अस्पताल कोभिड व्यवस्थापन समितिका संयोजक डा. दासले सास फेर्न अफ्ठेरो भएका सबै जसो विरामीलाई अक्सिजनको आवश्यक पर्ने बताए । उनले भने, ‘संक्रमण वढ्दैछ, श्वासप्रश्वासमा समस्या भएका संक्रमित अधिकांशलाई अक्सिजनको सहायता चाहिन्छ ।’

(Visited 80 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

बुटवल कोरोना अस्पतालमा दुई जना संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका...

नरायणगढ–मुग्लिन सडक खण्ड आज पनि अबरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार...

भर्खरै

अझै तीनदिन देशभर वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्य प्रदेशको...

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

‘भूकम्पले भन्दा डोजरले बढी पहिरो जोखिम निम्त्याएको छ’

काठमाडौँ । मुलुकका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीरपरूपले प्रश्न उठेको छ । हुम्ला जिल्लाबाट...

धेरै पढिएका

तत्काल शैक्षिक संस्था बन्द गर्न कलाकार सिम्खडाको माग

काठमाडौं । सामाजिक अभियन्ता एवं कलाकार श्रीकृष्ण सिम्खडाले तत्काल देशभरिका शैक्षिक संस्थाहरु बन्द गर्नुपर्ने माग गरेका छन् । आफूले यसअघिपनि कोरोनाबाट बच्नको लागि नेपाल...

कोलकतामा कोरोना संक्रमित आमाले स्वस्थ शिशु जन्माइन

एएनआई । भारतको पश्चिम बंगालस्थित एक अस्पतालमा एकजना कोरोना संक्रमित आमाले स्वस्थ बच्च जन्माएकी छिन् । उनी कोरोनाको संक्रमण भएपछि अस्पतालमा उपचाररत...

प्रेम प्रस्ताव राखेर वाक्क दिक्क पार्छन्

मोडल उषा सुवेदी नुवाकोट–२ पिपलकी हुन् । एभरेस्ट कलेजमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन्, उनी । म्युजिक भिडियो मोडलका रूपमा परिचित उषाले...

वाइड बडी जहाजले चीनबाट ल्याउँदैछ मेडिकल सामग्री

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजमार्फत चीनबाट मेडिकल सामग्री नेपाल ल्याइने भएको छ ।

ई-पेपर

(Visited 63 times, 1 visits today)