जनकपुरमा फोहोर फ्याँकेको विषयमा झडप हुँदा २० बढी घाइते

जनकपुरधाम । धनुषाको एक शिव मन्दिरमा फोहोर फ्यालेको विषयलाई लिएर आइतबार झडप भएको छ । झडपमा कम्तीमा २ दर्जनभन्दा बढी व्यक्ति घाइते छन् । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ७ स्थित नवटोली टोलमा सो झडप भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको अलग अलग टोलीले गस्ती गरिरहेका छन् । स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

झडपमा विनय कुमार यादव, राकेश यादव, कृष्णा यादव, सरोज यादव, संजय साफी, मकेश यादव, निभा ठाकुर, जुमैदा खातुन, मैमुन खातुन, मोबारक नदाफ, गुलाम नदाफ, तस्लिम नदाफ, हसिना खातुन, हस्मत खातुन, मुमताज नदाफ, जमाहिर नदाफ, समसुद्दिन नदाफ लगायतका घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहको छ ।

नवटोलीमा रहेको दुधहा पोखरीको छेवैमा रहेको नवनेश्वरनाथ महादेव मन्दिर शिलान्यास स्थलमा मुस्लिम समुदायले फोहोर फ्यालेको विषयलाई लिएर विवाद भएको हो । पोखरीको डीलमा मन्दिर निर्माण गर्न नदिने मुस्लिम समुदायले अडान लिएपछि विवाद सिर्जना भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवार टुंगाे लगाउन एमालेलाई सकस