राष्ट्रिय बालदिवसको औचित्य

संयुक्त राष्ट्रसंघले सन १९८९ माजारी गरेको बालअधिकारसम्वन्धी माहासन्धीलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ अर्थात् २०४७ साल भाद्र २९ गते अनुमोदन गरेको थियो । सोही दिनलाई आधार मानेर नेपालमा हरेक वर्ष राष्ट्रिय बालदिवस मनाउदै आइएको छ । नेपालमा गणतन्त्र आएपछि नेपाल सरकारले हरेक वर्ष भाद्र २९ गतेलाई राष्ट्रिय बालदिवसको रुपमा मनाउने घोषणा गरेको थियो । नेपालमा गणतन्त्र घोषणा हुन अघि भाद्र ४ गतेलाई राष्ट्रिय बालदिवस मनाउने गरिन्थ्यो । तत्कालीन बडामहारानी रत्नराज्य लक्ष्मी शाहले बालबालिकाको हितमा गरेको योगदानलाई सम्झदै उहाँकै जन्मदिनलाई बालदिवसको रुपमा मनाइएको थियो ।

राष्ट्रिय बालदिवस २०७७को यस वर्षको नारा ‘विपद्मा बालअधिकारको सुनिश्चितता हामी सबैको साझा प्रतिबध्दता रहेको छ । कुनै पनिदिवस मनाउदा दिवससँग सम्बन्धित विषयमा सबैमा जनचेतना अभिबृध्दि गर्न, सरोकारबालाको ध्यानाकर्षण गराउने, महत्व बताउने गरिन्छ । यसको लागि छलफल, अन्र्तरक्रिया, -याली, परिसम्वाद, सांस्कृतिक कार्यक्रम आदि हुने गर्दछ ।

तर तर अहिले कोरोनाका कारणले उत्पन्न विषम परिस्थितिले गर्दा यो वर्षको राष्ट्रिय बालदिवसको कार्यक्रममा भौतिक रुपमा बाल सहभागिता शुन्यजस्तै हुनेछ । २०७६ चैत्र देखिको कोरोना प्रभावले गर्दा झण्डै ८० लाख बालबालिकाहरु विद्यालय आउन नपाई घरमै छन् । सहज अवस्थामा त बालबालिकाहरु धेरै पिडित भएको तथ्याङ्क विभिन्न अध्ययन प्रतिवेदनहरुबाट आइहेको अवस्थामा अहिलेको विषम परिस्थितिमा बालबालिकाहरु अझझन धेरै पिडित छन भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले यो वर्ष राष्ट्रिय बालदिवसको उपलक्षमा तय गरेको विपदमा बालअधिकारको सुनिश्चितता, हामी सबैको साझा प्रतिबध्दता नारा समय सान्दर्भिक छ ।

परिवारसँग बस्न पाउने बालबालिकाको अधिकार बालविकासका लागि निक्कै महत्वपूर्ण ठानिन्छ ।

यसै वरिपरिमा रहेर संयुक्त राष्ट्र संघले सन १९८९ मा जारी गरेको बालअधिकार सम्बन्धी माहासन्धीको भाग ३ को धारा ५४ मा उल्लेख गरिएको यस महासन्धिभित्रको मूल कुराहरु : बालबचाउ, बाल संरक्षण, बालबिकास र बाल सहभागितालाई थोरै भए पनि यस लेखमा उजागर गर्ने प्रयास गरिएको छ । मूलतः माथि उल्लेखित चार कुरा नै बालअधिकारको रुपमा हाल व्याख्या र कार्यन्वयन गर्ने प्रयास सबै पक्षहरुबाट गरिएको छ ।

नेपालको संविधानको धारा ३९ अन्तर्गत बालबालिकासम्बन्धी मौलिकहकको व्यवस्था गरेको छ । जसको १० वटा उपधाराहरुमा बालबालिकाको विकास, संरक्षण, सहभागितालगायतका हकको प्रत्याभूति गरेको छ ।
बालअधिकार भित्र निम्न कुराहरु रहेका छन् ।
१. बालबचाउ
२. बालविकास
३. बाल संरक्षण
४. बाल सहभागिता

बालबचाउ
१. गर्भमै सुरक्षित हुन पाउने अधिकार
२. पोषणयुक्त खाना खान पाउने अधिकार
३. विभिन्न सरुवा रोगबाट बच्नखोप लगाउन पाउने अधिकार

बालविकास
१. उचित शिक्षादीक्षा पाउने अधिकार
२. स्वस्थ मनोरञ्जन पाउने अधिकार
३. खेल्नपाउने अधिकार
४. व्यक्तित्व विकासको अवसर पाउने अधिकार

बाल संरक्षण
१. बालबालिकाले दुव्र्यवहार, हेला, उपेक्षा, श्रमशोषण, यौन शोषण, ओसारपसार, बेचबिखन र अरु हरेक किसिमको शोषणबाट संरक्षण पाउने अधिकार ।
२. परिवारसँग बस्न पाउने अधिकार
३. विभिन्न कारणले जोखिमपूर्ण अवस्थामा रहेका बालाबालिकालाई सुनिश्चित भविष्यको लागि स्थानीय तहबाट पुर्याइने विशेष संरक्षण पाउने अधिकार
४. बालबालिकालाई निजको बाबुआमा, संरक्षक, शिक्षक वा जोसुकैबाट हुने शारीरिक तथा मानसिक यातना र अमानवीय व्यवहारबाट संरक्षण प्राप्त गर्ने अधिकार

बाल सहभागिता
१. बालबालिकाले आफूसँग सम्बन्धित विषयमा स्वतन्त्र रुपले आफ्नो विचार व्यक्त गर्न पाउने अधिकार
२. आफ्नो जीवनसँग सम्बन्धित प्रत्येक निर्णयमा सहभागी हुन पाउने अधिकार
३. बालबालिकाको विचारको सुनुवाई र मान्यता हुन पाउने अधिकार
४. सूचना प्राप्त गर्ने अधिकार
५. संगठन बनाउने अधिकार
६. सिर्जनात्मक एवम् मनोरञ्जनात्मक कार्यक्रम संचालन गर्ने अधिकार
यस्ता धेरै बालअधिकारहरुको सुनिश्चितता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐनकानूनले गरे तापनि व्यवहारमा त्यो कति लागू भयो र बालबालिकाले ती अधिकारहरु कति उपभोग गरे र गरिरहेका छन् । आज राष्ट्रिय बालदिवस मनाइरहदा यसको समीक्षा गर्न आवश्यक रहेको छ ।

बालबालिकाको परिवारसँग बस्न पाउने अधिकार बालविकासका लागि निक्कै महत्वपूर्ण ठानिन्छ । राष्ट्रिय बालआधिकार परिषदले हालै प्रकाशित गरेको प्रगति प्रतिवेदन २०७७ को अनुसार नेपालमा ५१५ वटा बालगृह संचालनमा रहेको देखिन्छ । त्यसमध्ये कोरोनाको कारणले भएको बन्दाबन्दीमा ३५९ वटा बालगृहमा बालबालिकाको अवस्था बुझ्न सम्पर्क गर्न सफल भएको देखिन्छ । जस अनुसार ४ हजार ४ सय बालक (४९ प्रतिशत) र ४ हजार ५ सय ४२ बालिका (५१ प्रतिशत) गरी ८ हजार ९ सय ४२ बालबालिकाहरु बालगृहमा रहेका देखिन्छ । यी भनेका विविध कारणले परिवारबाट छुटिएका बालबालिका हुन ।

त्यसैगरी यो लकडाउनको समयमा १ सय ४३ जना बालबालिकाहरु हराएका रहेछन् । जसमा ३८ बालक र १ सय ५ जनाबालिका रहेको उक्त प्रगति प्रतिवेदनमा उल्लेख छ । यीमध्ये ४० जना भेटिएका थिए । साथै यो अवधिमा १३ जना बालबालिका वेवारिसे भेटिए । परिषदले यो अवधिमा ३८ जना सडक बालबालिकालाई उद्दार गरी एक जनालाई पारिवारिक मिलन गराएको छ ।

देशमा संचालनमा रहेका ८ वटा बाल सुधार गृहमा रहेका ९ सय ४४ बालबालिकामध्ये २ सय ३३ जनालाई परिवारको जिम्मामा पठाइएको छ भने अझै ७ सय ११ जना बालबालिका सुधार गृहमै रहेका छन् ।

यी माथिको तथ्याङ्क छोटो अवधिमा गरिएको हो । यसलाई समय लगाएर गर्ने हो भने ठुलो तथ्याङ्क आउने संभावना रहेको छ । यसरी बाल बिछोड बढिरहेको देखिन्छ । यसका धेरै कारणहरु छन् । सरोकारबाला लगायत हामी सबैले कारण पत्ता लगाउनु पर्छ, रोक्नु पर्छ । नत्रभने यसले बालबालिका शारीरिक, मानसिक, बौद्धिक र विभिन्न किसिमका असर पर्दछन् ।

यसले भोलि हाम्रो समाज ठुलो रुप लिदा समाज नै दुषितहुन सक्छ । ’cause आजका बालबालिका नै भोलि देश र समाज संचालन गर्ने नागरिक हुन् । अनि मात्र हामीले राष्ट्रिय बालदिवस मनाको औचित्य रहन्छ ।अन्तमा राष्ट्रिय बालदिवसको उपलक्षमा सबै बालबालिकाको उन्नति, प्रगतिको हार्दिक मङ्गलमय शुभकामना ।
लेखक बालअधिकारकर्मी हुन ।

तपाइको प्रतिक्रिया
(Visited 581 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शिक्षक आन्दोलनले शिक्षालाई ठुलो क्षति पुर्‍याउँछ: कांग्रेस महामन्त्री थापा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इलामको सन्दकपुरकाे अध्यक्षमा नेपाली कांग्रेसका तुलाराम गुरूङ विजयी