Wednesday, September 22, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश २आपत्तिजनक अवस्थामा समातिए प्रहरी हवल्दार

आपत्तिजनक अवस्थामा समातिए प्रहरी हवल्दार

,
sharethis

जनकपुरधाम । एक महिलासँग आपत्तिजनक अवस्थामा धनुषाका एक प्रहरी हवल्दारलाई गाउँलेले समातेका छन् । धनुषाको शहिदनगर नगरपालिका ३ यदुकोहामा आइतबार राति प्रहरी हबल्दार प्रेम नेपालीलाई एक स्थानीय महिलासँग आपतिजनक अवस्थामा गाउँलेले समातेर कुटपिट समेत गरेका हुन् ।

आइतवार राति १० बजे ईलाका प्रहरी कार्यालय यदुकोहामा कार्यरत प्रहरी हबल्दार नेपालीलाई महिलासँग उनको शौचालयमा देखेपछि स्थानीयले आवश्यक कारबाहीका उनलाई यदुकोहाका प्रहरी निरिक्षक दिपक बाबु केसीको जिम्मा लगाएका छन् ।

प्रहरी निरिक्षक केसीले भने, ‘हबल्दार नेपाली राति करिब १० बजे मदिरा सेवन गरी त्यहि बाटोबाट फर्किरहेको बेला महिलाको गेट ढकढकाउँदै उनलाई बाहिरको शौचालय खोल्दिन भनेका थिए । त्यतिकैमा स्थानीय केही व्यक्तिले उनीहरुलाई हेरेपछि हबल्दारलाई कुटपिट गर्दै यदुकोहा प्रहरी कार्यालयको जिम्मा लगाए ।’ महिलाले आफुसँग हबल्दार नेपालीले कुनै किसिमको अभद्र व्यवहार नगरेको कुरा समेत प्रहरीलाई जानकारी दिएको निरिक्षक केसीले बताए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सर्पदंशले दिदीभाइको ज्यान गयो

उनले मदिरा सेवन गरि प्रहरी हबल्दार नेपालीले महिलाको घरमा रातिको समयमा गएकाले विभागीय कारबाही गरिने बताए । यता, प्रहरीमा जिम्मा लगाएपनि कारबाहीका लागि प्रहरी हबल्दार र ती महिलालाई मेडिकल नगराई घटना मिलाउन खाजेको स्थानीयवासीको आरोप रहेको छ ।

‘हवल्दार राति ती महिलाको घरमा पुगेपछि स्थानीयले चोर भनेर समातेको र अहिले दुबैजना प्रहरीको नियन्त्रणमा छन् । हामीले घटनाको अनुसन्धान गरिरहेका छौं’, प्रहरी निरीक्षक केसीले भने ।

तपाइको प्रतिक्रिया

(Visited 488 times, 2 visits today)

आजको समाचार

राजनीतिमा व्यक्तिको होइन, कार्यशैलीको महत्व हुन्छ

राजनीतिमा व्यक्तिको होइन कार्यशैलीको महत्व हुन्छ भने कुरा अहिले होइन प्राग, ऐतिहासिक कालबाटै मान्य हुँदै आएको हो । पूर्ववैदिक युगकै समयमा ठूलाले सानालाई बलियोले...

परराष्ट्र कांग्रेसको भागमा, खड्का मन्त्री बन्दै

काठमाडौं । सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्काे आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने भएका...

रूपा सुनारलाई काेठा भाडामा नदिने सरस्वतीसंग १ लाख १५ हजार धराैटी माग

  काठमाडाैं ।  दलितलाई कोठा भाडामा नदिएर जातीय विभेद गरेको आरोप लागेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानसँग जिल्ला अदालत काठमाडौंले १ लाख १५ हजार रुपैयाँ धरौटी...

बेलायतमा एकै दिन ३१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

लन्डन । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचारअनुसार मंगलबार मात्र बेलायतमा...

कांग्रेस पदाधिकारी बैठक बस्दै, खड्काकाे बारेमा थप छलफल हुने

काठमाडाैं ।  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति...

साताका लोकप्रिय समाचार

तक्मा राजनीतिः संसद् विघटन मुद्दामा परमादेश दिने न्यायाधीशदेखि विपक्षीमा बहस गर्नेसम्म विभूषित

  काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा परमादेश दिने सर्वोच्च अदालतका न्यायाधीशदेखि विपक्षीमा बहस गर्ने अधिवक्तासम्मलाई सरकारले विभूषण गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा विघटनका मुद्दामा...

लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्याटलाइट इमेज विधिद्वारा जनगणना

  काठमाडौं । बुधबारदेखि १२औँ राष्ट्रिय जनगणनाको घर तथा घरपरिवार सूचीकरण सुरु भएको छ । जनगणनामा ७ जेठ २०७७ मा सरकारले जारी गरेको नयाँ नक्सामा समावेश...

इन्द्रजात्रा सुरु, हनुमान ढोकामा इन्द्रध्वजोत्थान सम्पन्न

काठमाडौं । काडमाडौंमा प्रसिद्ध इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज बिहान ६:५१ बजेको शुभ...

‘बिपी पुष्पलालसँग नमिल्दा पञ्चायत आयो, मदन भण्डारीले गणेशमान र किसुनजीलाई कन्भिन्स गरेर पञ्चायत ढाले’

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसकै कारण राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लाद्न पाएको दाबी गरेका छन् । श्वेतशार्दूल (मदन भण्डारी) पुस्तक...

कोरोना महामारीबीच धमाधम थपिँदै ठूला मल

  काठमाडौं । कोरोना महामारीबीच अहिले धमाधम होटल, रेस्टुरेन्टदेखि ठूला ठूला मलमा लगानी बढ्न थालेका छन् । कोरोना महामारीको प्रभावले पर्यटन उद्योगलगायत धेरै क्षेत्रमा असर...

ट्रेन्डिङ

चक्रपथ विस्तारको दोस्रो चरणलाई गति दिँदै सरकार

काठमाडौं । सरकारले दोस्रो चरणको चक्रपथ विस्तारअन्तर्गत कलंकी—महाराजगन्ज धोबीखोला खण्ड विस्तार कार्यलाई तीव्रता दिने तयारी गरेको छ । केही समययता कोरोना भाइरसलगायतका कारण विस्तारमा...

सरकारको आश्वासन : उपभोग्य वस्तुको अभाव हुन दिदैँनौँ

काठमाडौं । चीनबाट फैलिएको कोभिड–९१ (कोरोना) भाइरसले विश्वका अधिकांश मुलुकलाई नराम्ररी प्रभावित तुल्याइरहेको अवस्थामा सरकारले कोरोनाका कारण आपूर्ति व्यवस्थामा पर्न सक्ने प्रभावप्रति सचेत रहेको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)